08/10/2026
नेपाली कांग्रेस १५औँ महाधिवेशन : युवा खुलातर्फ उम्मेदवार मदन भण्डारीको भेटघाट तीव्र
सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैँचाका युवा तथा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेश युवा खुला (३५ वर्षमुनि) तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार मदन भण्डारीले पार्टीका नेता तथा विभिन्न तहका प्रतिनिधिहरूसँग भेटघाटलाई तीव्रता दिएका छन्।
महाधिवेशनको तयारीसँगै भण्डारीले नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँग भेटघाट गरेका छन्। भेटका क्रममा उनले आफ्नो उम्मेदवारीबारे जानकारी गराउँदै पार्टी संगठन, युवा सहभागिता तथा आगामी नेतृत्वमा युवाको भूमिकाका विषयमा छलफल गरेका छन्।
भण्डारीले महाधिवेशन प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गर्न तथा कोशी प्रदेश युवा खुला (३५ वर्षमुनि) तर्फ केन्द्रीय सदस्य पदमा आफूलाई मत दिन आग्रह गर्दै आएका छन्।
पार्टीको नेतृत्व तहमा युवाको सहभागिता र प्रतिनिधित्व बढाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको बताउँदै भण्डारीले महाधिवेशन प्रतिनिधिहरूसँगको भेटघाटलाई प्राथमिकतामा राखेका छन्। विभिन्न नेता तथा प्रतिनिधिसँगको भेटघाटका क्रममा उनले आफ्नो राजनीतिक यात्रा, संगठनप्रतिको प्रतिबद्धता र युवालाई नेतृत्वमा स्थापित गर्ने विषयमा समेत धारणा राख्दै आएका छन्।