News Biratnagar

News Biratnagar न पक्ष, न बिपक्ष, मात्र निष्पक्ष, समाचारको लागि आजै फलो गर्नुहोस् || News Biratnagar लाई

📰 नेपालका ७५ भन्दा बढी स्थानमा सीमा मिचिएको तथ्य सार्वजनिक !नेपाल–भारत सीमासम्बन्धी नक्सामा देखाइए अनुसार, भारतले नेपालक...
19/09/2025

📰 नेपालका ७५ भन्दा बढी स्थानमा सीमा मिचिएको तथ्य सार्वजनिक !

नेपाल–भारत सीमासम्बन्धी नक्सामा देखाइए अनुसार, भारतले नेपालको विभिन्न भूभागमा निरन्तर अतिक्रमण गरिरहेको छ ।
👉 पश्चिममा काली नदी–लिपुलेक, कालापानी, लिम्पियाधुरा देखि पूर्वमा मेचीनदी आसपास झापा सम्म ७५ भन्दा बढी स्थान विवादित छन् ।

📍 मुख्य विवादित क्षेत्रहरू :

कालापानी–लिम्पियाधुरा–लिपुलेक (३०,००० हेक्टर)

सुस्टा (२,२२ हेक्टर)

महाकाली नदी किनार

लालबन्दी, पर्सा, बाराको केही भूभाग

सिराहा, सप्तरी र झापा का सीमावर्ती बस्तीहरू

🇳🇵 नेपालले संविधानपछि प्रकाशित आधिकारिक नक्सामा सम्पूर्ण भूमि स्पष्ट रूपमा देखाएको छ । तर भारतले सशस्त्र बल तैनाथ गरेर कालापानी–लिपुलेक क्षेत्रमा स्थायी कब्जा जमाइरहेको छ भने, तराईका सीमाक्षेत्रहरूमा वर्षेनी नक्सा धकेल्दै आएको छ ।

⚠️ यो किन गम्भीर छ ?

स्थानीय नेपाली किसानले खेतीपाती गर्न पाउँदैनन् ।

सीमा स्तम्भहरू भारतीय पक्षले भत्काउने वा सार्ने गरेको प्रमाण भेटिएको छ ।

सीमाक्षेत्रका नेपाली नागरिकमाथि दुव्र्यवहार हुने घटना बढ्दो छ ।

📌 समाधानका लागि आवश्यक कदम :

1. नेपाल सरकारले भारतसँग उच्चस्तरीय वार्ता गर्ने ।

2. संयुक्त सीमा सर्वेक्षण र स्तम्भ मर्मत तुरुन्त सुरु गर्ने ।

3. नेपाली जनता एकताबद्ध भई राष्ट्रको भू–सार्वभौमिकता बचाउन दबाबमूलक अभियान सञ्चालन गर्ने ।

✍️ तपाईंको विचारमा – सीमा विवाद समाधानका लागि नेपाल सरकारले कुन प्राथमिकता अघि बढाउनुपर्छ ?

---

#सीमा_विवाद #नेपाल #राष्ट्रवाद

बाबा जितवहन काे मुर्ति विसर्जन गर्न गइरहेको बेला काे केही तस्वीरहरु सप्तरी पोर्ताहा फोटो:- अभिनन्दन मिश्र
16/09/2025

बाबा जितवहन काे मुर्ति विसर्जन गर्न गइरहेको बेला काे केही तस्वीरहरु सप्तरी पोर्ताहा
फोटो:- अभिनन्दन मिश्र

राष्ट्रपति रामचन्द्र पाैडेलकाे नयाँ प्रधानमन्त्री नियुक्ति र संसद विघटन बारेमा धारणा आजकाे विज्ञपति मार्फत
13/09/2025

राष्ट्रपति रामचन्द्र पाैडेलकाे नयाँ प्रधानमन्त्री नियुक्ति र संसद विघटन बारेमा धारणा आजकाे विज्ञपति मार्फत

संसद विघटन असंवैधानिक : ८ दलीय गठबन्धनको संयुक्त विज्ञप्तिकाठमाडौं । भाद्र २८ – हालै प्रतिनिधि सभा विघटन गरिएको कदमलाई अ...
13/09/2025

संसद विघटन असंवैधानिक : ८ दलीय गठबन्धनको संयुक्त विज्ञप्ति

काठमाडौं । भाद्र २८ – हालै प्रतिनिधि सभा विघटन गरिएको कदमलाई असंवैधानिक र अस्वीकार्य भन्दै ८ दलीय गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

विज्ञप्तिमा संविधानको धारा ७६ को दुरुपयोग गरी गरिएको प्रतिनिधि सभा विघटनले जनताको लोकतान्त्रिक अधिकारमाथि प्रहार भएको उल्लेख गर्दै तत्काल राष्ट्रपतिको निर्णय फिर्ता लिन माग गरिएको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रतिनिधि सभा पुनःस्थापना नगरे जनआन्दोलनमा उत्रिने चेतावनी दिइएको छ।

यस्तै, लोकतान्त्रिक गणतन्त्र, संविधान र जनअधिकारको रक्षा गर्न सबैलाई सचेत र संगठित रहन अपिल गरिएको छ।

---

#संसदविघटन #संविधानरक्षा #८दलीयगठबन्धन #लोकतन्त्र #जनअधिकार

📰 धनगढी अपडेट:धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रथम महिला प्रधानमन्त्री बनेको अव...
13/09/2025

📰 धनगढी अपडेट:
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रथम महिला प्रधानमन्त्री बनेको अवसरमा बधाई दिनु भएको छ।

साथै मेयर हमालले एक हप्ताभित्र भ्रष्टाचारीहरूलाई अभियोगसहित उनीहरूको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्ने र मुद्दा चलाएर जेल हाल्नुपर्ने माग समेत राख्नुभएको छ।

#धनगढी #प्रधानमन्त्री #सुशीला_कार्की #भ्रष्टाचार #राष्ट्रियकरण

📢 बुटवलमा शिक्षक निष्कासन!कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिवशङ्कर शुक्लालाई निष्कासन गरेको छ।प्राचार्य दिने...
13/09/2025

📢 बुटवलमा शिक्षक निष्कासन!

कालिका मानवज्ञान माध्यमिक विद्यालयले शिक्षक शिवशङ्कर शुक्लालाई निष्कासन गरेको छ।

प्राचार्य दिनेश थापाका अनुसार, भदौ २४ गते जेनजी आन्दोलनको क्रममा शिक्षक शुक्लाले भाटभटेनी सुपर मार्केट, सुख्खानगरमा अनियमिततामा संलग्न भएको देखिएका थिए। विद्यालयको आचरण संहिता उल्लङ्घन गरेको ठहर गर्दै आजैबाट निष्कासन गरिएको छ।

विद्यालयले नियम र अनुशासन कडाइका साथ पालना गरिने स्पष्ट पारेको छ।

News Biratnagar

📌 रौतहटमा खोलाले बगाउँदा १० वर्षीया बालिकाको मृत्युरौतहट, भदौ २८ – रौतहटको गौर नगरपालिका–६ स्थित लालबकैया खोलामा आफ्नै आ...
13/09/2025

📌 रौतहटमा खोलाले बगाउँदा १० वर्षीया बालिकाको मृत्यु

रौतहट, भदौ २८ – रौतहटको गौर नगरपालिका–६ स्थित लालबकैया खोलामा आफ्नै आमासँग नुहाउने क्रममा अन्दाजी १० वर्षीया बालिकाको मृत्यु भएको छ।

घटनापछि रौतहट पुरेनवा स्थित नारायणदल गणबाट खटिएको नेपाली सेनाको उद्धार टोलीले अन्य सुरक्षा निकायसँगको समन्वयमा बालिकालाई मृत अवस्थामा फेला पारेको हो।

उद्धारपछि शवलाई आवश्यक प्रक्रिया पूरा गर्न प्रहरीलाई बुझाइएको छ।

🙏 शोकाकुल परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना।

नव नियुक्त अन्तरीम प्रधानमंत्री सुशीला कार्की ले सपथ ग्रहण गर्नु भएको मा सफल कार्यकाल काे हार्दिक मंगलमय सुभकामना व्यक्त...
12/09/2025

नव नियुक्त अन्तरीम प्रधानमंत्री सुशीला कार्की ले सपथ ग्रहण गर्नु भएको मा सफल कार्यकाल काे हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ। News Biratnagar

अब केही छिन मा सुशीला कार्की काे सपथ ग्रहण हुनेछ।राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति ...
12/09/2025

अब केही छिन मा सुशीला कार्की काे सपथ ग्रहण हुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको माग अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति गरेका हुन् ।

कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिले संविधानको धारा ६१ लाई टेकेका छन् । उक्त धाराको उपधारा ४ मा राष्ट्रपतिले टेकेका छन् । ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ । ‘संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ’ भनिएको छ । त्यस्तै उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ भनिएको छ । यी दुवै धारालाई आधार बनाउँदै कार्की मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको छ ।

नेपाल प्रहरीले आन्दोलनका क्रममा घटेका विभिन्न घटना, आग"जनी, लुट"पाट, घटनाहरुसंग सम्बन्धित तस्बिर, भिडियो र सामाजिक सन्जा...
12/09/2025

नेपाल प्रहरीले आन्दोलनका क्रममा घटेका विभिन्न घटना, आग"जनी, लुट"पाट, घटनाहरुसंग सम्बन्धित तस्बिर, भिडियो र सामाजिक सन्जालको link हरु [email protected] मा send गर्न भनेको छ!

12/09/2025
12/09/2025

Update from President Office: ९ बजेलाई बोलाइएको वार्ता शीतल निवासमा अहिले सम्म सुरु भएको छैन!

Sushila Karki team is waiting for the call as the meeting may happen anytime today! Hope, we get something positive today!

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when News Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Biratnagar:

Share