News Biratnagar

News Biratnagar न पक्ष, न बिपक्ष, मात्र निष्पक्ष, समाचारको लागि आजै फलो गर्नुहोस् || News Biratnagar लाई

13/06/2026

एक सब्दमा के भन्न चाहानुहुन्छ।

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयको प्रतिकाररूपन्देही–पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित सीम...
12/06/2026

सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयको प्रतिकार
रूपन्देही–पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित सीमा नजिक भारतीय सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली क्षेत्रमा गस्ती गर्न आएको भन्दै स्थानीयले विरोध गरेका छन्।
स्थानीयका अनुसार सुरक्षाकर्मीहरू नेपाली भूभागतर्फ प्रवेश गरेपछि उनीहरूलाई आउनुको कारण सोधिएको थियो। तर स्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भएर प्रतिकारमा उत्रिएका थिए। त्यसक्रममा केही समय विवादको स्थिति सिर्जना भएको र स्थानीयको विरोधपछि भारतीय सुरक्षाकर्मीहरू फर्किएको बताइएको छ।
यसअघि पनि भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको भन्दै स्थानीयले गुनासो गरेका थिए।

12/06/2026

अब यिनीहरूलाई कुन शब्दले सम्बोधन गर्ने हो ?

12/06/2026

नेपाल-भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव
पूर्वी परासीस्थित सुस्ताको नेपाली भूमितिर पसेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती बढाएपछि आज स्थानीयले प्रतिकार गरेका छ्न् । त्यस क्षेत्रमा बिहानैदेखि तनाव छ । स्थानीय प्रशासनमाथि भने यस प्रकरणमा बेखबर बनेको गुनासो छ ।

रौतहटमा महिलाको हत्या, गहना लुटिएको आशंकारौतहटको परोहा नगरपालिका–७ नरकटियाकी एक महिलाको हत्या भएको छ। आज बिहान करिब ७ बज...
12/06/2026

रौतहटमा महिलाको हत्या, गहना लुटिएको आशंका

रौतहटको परोहा नगरपालिका–७ नरकटियाकी एक महिलाको हत्या भएको छ। आज बिहान करिब ७ बजे खेतबारी हेर्न गएकी श्री दीपनारायण राउत कुर्मीकी श्रीमती मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन्।
अज्ञात व्यक्तिले गहना लुटपाट गरी घाँटी थिचेर हत्या गरेको आशंका गरिएको छ। घटनापछि स्थानीयवासी शोकमा रहेका छन् भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

🏏 आसिफ शेखको रोजाइ: जनकपुरपछि कुन टोली ?एनपिएलका चर्चित खेलाडी Aasif Sheikh लाई एक अन्तर्वार्तामा सोधिएको थियो— "जनकपुर ...
11/06/2026

🏏 आसिफ शेखको रोजाइ: जनकपुरपछि कुन टोली ?
एनपिएलका चर्चित खेलाडी Aasif Sheikh लाई एक अन्तर्वार्तामा सोधिएको थियो— "जनकपुर बोल्ट्स बाहेक एनपिएलको कुनै एउटा टिममा अनुबन्ध हुनुपरे कुन टिम रोज्नुहुन्छ?"
जवाफमा उनले हाँस्दै भने: "यो वर्षपछि भनौँ, अहिले जनकपुरसँग एक वर्षको कन्ट्र्याक्ट छ, अहिले नै रिलिज गरिदेला फेरि!" 😄
पछि मनपर्ने टोलीबारे सोध्दा आसिफले सुदूरपश्चिम रोयल्स प्रति आफ्नो रुचि व्यक्त गर्दै भने: "फेबरेट मलाई सुदूरपश्चिम नै लाग्छ। उनीहरू राम्रो छन्, उनीहरूको टिम राम्रो छ, माहोल राम्रो छ।"
🏏 आसिफको यो अभिव्यक्तिपछि क्रिकेट समर्थकमाझ नयाँ चर्चा सुरु भएको छ। के भविष्यमा उनी सुदूरपश्चिमको जर्सीमा देखिएलान् त?
📌 तपाईंको विचारमा एनपिएलमा आसिफ शेख कुन टोलीका लागि सबैभन्दा उपयुक्त खेलाडी हुन्?
🏏🇳🇵

"अर्थमन्त्रीज्यू,एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गर्नुस्!" : ज्ञानेन्द्र शाही
11/06/2026

"अर्थमन्त्रीज्यू,एकपटक सरकारी अस्पतालको लाइनमा बसेर उपचार गर्नुस्!" : ज्ञानेन्द्र शाही

📰 उपसभामुख रुबी कुमारी ठाकुर : “मैथिली मेरो मातृभाषा, मेरो पहिचान”उपसभामुख रुबी कुमारी ठाकुर ले आफ्नो मातृभाषा मैथिलीप्र...
11/06/2026

📰 उपसभामुख रुबी कुमारी ठाकुर : “मैथिली मेरो मातृभाषा, मेरो पहिचान”
उपसभामुख रुबी कुमारी ठाकुर ले आफ्नो मातृभाषा मैथिलीप्रति गर्व व्यक्त गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षण आवश्यक रहेको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मैथिली आफ्नो मातृभाषा र मधेश आफ्नो जन्मभूमि भएको उल्लेख गरेकी छन्। शुद्ध नेपाली बोल्न निरन्तर प्रयासरत रहे पनि आफ्नो बोली, लवज र अभिव्यक्तिमा मैथिलीको मिठास झल्किनु स्वाभाविक रहेको उनको भनाइ छ।
उनले मातृभाषा केवल संवादको माध्यम मात्र नभई पहिचान, संस्कृति, सभ्यता, इतिहास र आत्मासँग जोडिएको अमूल्य सम्पदा भएको बताउँदै यसलाई गर्वका साथ अपनाउने र सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
✍️ “मातृभाषा हाम्रो पहिचान हो, यसलाई सम्मान गरौं।”

11/06/2026

Tapai aafno pratikiriya dinu hos

सहयोग गरिदिनुहुन अनुरोध             स.४ प ४८४२ नं. पलेट को मोटर साईकल सप्तरी जिल्ला राजबिराजको मालपोत कार्यालयको दक्षिणत...
11/06/2026

सहयोग गरिदिनुहुन अनुरोध
स.४ प ४८४२ नं. पलेट को मोटर साईकल सप्तरी जिल्ला राजबिराजको मालपोत कार्यालयको दक्षिणतिरको गेटबाट करिब १२/ १बजेदेखि हराइरहेको हुनाले कुनै महानुभावलाई फेला परेमा मोबाइल नम्बर ९८०३०८१६५० मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद
9811752633

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when News Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Biratnagar:

Share