05/08/2026
घटनास्थलबाट ग्यास सिलिन्डर र पिकअप भ्यानसमेत नियन्त्रणमा लिइएको छ। ग्यास सिलिन्डर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ।। - बागलुङमा खाना पकाउने ग्यास सिलिन्डर लुकाइछिपाई बढी मूल्यमा बिक्री गर्दै आएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका-१३ का ४३ वर्षीय भूपति जैसी रहेका छन्। प्रहरीले बागलुङ नगरपालिका-१ रामरेखा क्षेत्रमा जाँचका क्रममा उनले पिकअप भ्यानमा गृहलक्ष्मी एलपीजी ग्यास सिलिन्डर राखेर बजार मूल्यभन्दा बढी रकम लिई सर्वसाधारणलाई बिक्री गरिरहेको फेला पारेको जनाएको छ।