Jasus Khabar

Jasus Khabar jasuskhabar.com "सत्य तथ्य र निष्पक्ष पत्रकारीता, जासुस खबरको प्रतिबद्धता"
(4)

30/10/2025

निर्वाचन आयोगले पछिल्लो पटक मतदाता नामावली संकलन सुरु गरेको ३६ दिन भयो । यसबीच देशै भरमा ८५ हजार १०७ मतदाता थपिएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार सुनसरीबाट २ हजार ६३३ जना मतदाता थपिएका छन् ।
Jasus Khabar

वडाध्यक्ष सुमन प्रकरण: पीडितको आक्रोश : “कानुन केवल गरिबका लागि हो र?”
30/10/2025

वडाध्यक्ष सुमन प्रकरण: पीडितको आक्रोश : “कानुन केवल गरिबका लागि हो र?”

सुनसरी । सवारी दुर्घटनामा अङ्गभङ्ग भएका पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सुनसरीप्रति असन्तुष्टि जनाएका छन्....

सुनसरी प्रहरीले सवारी दुर्घटनासम्बन्धी मुद्दामा संलग्न इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाको खोजी तीव्र पारेको जना...
30/10/2025

सुनसरी प्रहरीले सवारी दुर्घटनासम्बन्धी मुद्दामा संलग्न इनरुवा नगरपालिका-६ का वडाध्यक्ष सुमन थापाको खोजी तीव्र पारेको जनाएको छ। थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनी हालसम्म सम्पर्कविहीन रहेका छन्।

इनरुवा । सुनसरी प्रहरीले सवारी दुर्घटनासम्बन्धी मुद्दामा संलग्न इनरुवाका वडाध्यक्ष सुमन थापाको खोजी तीव्र पार...

सरकार,राजनीतिक दल र जेन–जी प्रतिनिधिबिच बालुवाटारमा त्रिपक्षीय संवाद। Jasus Khabar
29/10/2025

सरकार,राजनीतिक दल र जेन–जी प्रतिनिधिबिच बालुवाटारमा त्रिपक्षीय संवाद।
Jasus Khabar

29/10/2025

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
Jasus Khabar

पारस अस्पतालले फर्जना खातुनको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। घोषणा भएलगत्तै उपचार सुरु गरेका छन्। Jasus Khabar
28/10/2025

पारस अस्पतालले फर्जना खातुनको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। घोषणा भएलगत्तै उपचार सुरु गरेका छन्।
Jasus Khabar

28/10/2025

मनाङको तिलिचो ताल घुम्न गएका काठमाडौ महानगरपालिका–३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाईलीको लेक लागेर बेहोस अवस्थामा उद्धार गर्दै पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको सुरक्षा फौज ।
Jasus Khabar

28/10/2025

पारस हस्पिटल फर्जना खातुनलाई निःशुल्क उपचार गर्दै।

सुनसरी, हरिनगर गाउँपालिका – भुटाहा निवासी २६ वर्षीया फर्जना खातुन गम्भीर रोगसँग लड्दै सहयोगको अपिल सहित केहि दिन अगाडी जासुस खबरमा भिड्यो सम्प्रेषण गरेको थियो।

सुनसरीको हरिनगर गाउँपालिका–७, भुटाहाकी २६ वर्षीया फर्जना खातुन पछिल्लो केही समयदेखि गम्भीर रोगसँग जुधिरहेकी छन्। आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ आइरहेको परिवारले जनाएको छ।

सुनसरी हरिनगर गाउँपालिका–१, भुटाहा निवासी २६ वर्षीया फर्जना खातुन, जो लामो समयदेखि गम्भीर रोगसँग संघर्ष गर्दै आएकी थिइन्, अब उनको उपचार विराटनगर स्थित पारस हस्पिटलमा निःशुल्क रूपमा भइरहेको छ।

पारस हस्पिटलका प्रतिनिधिहरूले फर्जनाको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सम्पूर्ण उपचार खर्च आफैंले व्यहोर्ने घोषणा गरेका हुन्। अस्पतालका अनुसार फर्जनाको उपचार सुरु भइसकेको आवश्यक औषधि तथा उपचार सेवा पनि पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने समेत पारस हस्पिटलमा निःशुल्क घोषणा गर्नु भयो ।

२६ वर्षीया फर्जना खातुनको नाममा भएको ४० हजार पैसा संकलन बलड खाना एम्बुलेन्स भाडा लगायतमा खर्च हुने ।
उपचार सफल भइसके पश्चात सम्पूर्ण हिसाब सार्वजनिक गर्ने।
Jasus Khabar Paras Hospital-Biratnagar Paras Hospital - Biratnagar

सुनसरी जिल्ला सप्तकोशी नदि बाट आज शिब चन्द्रवंशीले करिब १२ किलो जतिको माछा मारेका छन् । सप्तकोशी नजिकै घर भएका शिब ले फु...
28/10/2025

सुनसरी जिल्ला सप्तकोशी नदि बाट आज शिब चन्द्रवंशीले करिब १२ किलो जतिको माछा मारेका छन् । सप्तकोशी नजिकै घर भएका शिब ले फुर्सद को समय सदुपयोग गर्दै सप्तकोशीमा माछा मार्दै आएका छन् । उनले सामान्यतया मारेका माछाहरू घरमा खान तथा बेचेर आम्दानी पनि गर्ने गरेको बताए।
Jasus Khabar

सुनसरी जिल्लाको कोशी गाऊँपालिका ८ भण्टाबारी स्थित रहेको नहर किनारमा छठघाट सजाइएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्ती...
27/10/2025

सुनसरी जिल्लाको कोशी गाऊँपालिका ८ भण्टाबारी स्थित रहेको नहर किनारमा छठघाट सजाइएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले छठघाट परिसरलाई सजाइएको हो

तस्बिर:- देवराज यादव सुनसरी
Jasus Khabar

नेपाल मुस्लिम ईतेहाद संगठन, तेस्रो दूहबी नगर अधिवेशन सम्पन्नसुनसरी । नेपाल मुस्लिम सुनसरी जिल्ला ईतेहाद संगठनको तेस्रो द...
27/10/2025

नेपाल मुस्लिम ईतेहाद संगठन, तेस्रो दूहबी नगर अधिवेशन सम्पन्न

सुनसरी । नेपाल मुस्लिम सुनसरी जिल्ला ईतेहाद संगठनको तेस्रो दूहबी नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा प्रमुख अथिति जगदीश प्रसाद कुस्यत विशिष्ट अथिति टैयब अहमद इतिहाद संगठन सुनसरी जित्ला इन्चार्ज तुफेल अहमद स्थानीय मुस्लिम समुदायका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका नेतागण तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा संगठनको विगतका गतिविधिको समीक्षा गर्दै आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। अधिवेशनले संगठनलाई अझ सशक्त, एकताबद्ध र जनमुखी बनाउने संकल्प पनि गरेको छ।

कार्यक्रमका मुस्लिम इतिहाद संघटन सुनसरी जिल्ला इन्चार्ज तुफेल अहमद मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र सहअस्तित्वका मुद्दामा संगठनको भूमिकालाई प्रशंसा गर्दै निरन्तर सक्रिय रहन आग्रह गरेका थिए।
Jasus Khabar

Address

Biratnagar
44213

Alerts

Be the first to know and let us send you an email when Jasus Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jasus Khabar:

Share