03/10/2025
पत्रकार तथा समाजसेवी अनीश शेखले देखाएको पहल साँच्चै अनुकरणीय छ। उनले मृगौला पीडित सदाम मंसुरीको उपचारका लागि व्यक्तिगत फेसबुक आइडीमार्फत सुरु गरेको अभियानले केवल चार दिनमै रु. १,९८,१०१ (एक लाख अन्ठानब्बे हजार एक सय एक) संकलन गर्न सफल भएको छ।
छोटो समयमा यति ठूलो सहयोग जुटाउन सक्नु अनीश शेखको समाजप्रतिको संवेदनशीलता, भरोसायोग्य छवि र सक्रियताकै परिणाम हो। उनले पत्रकार मात्र नभई एक जिम्मेवार समाजसेवीका रूपमा देखाएको योगदान प्रशंसनीय र प्रेरणादायी छ। Jasus Khabar