The Shabda Express

The Shabda Express "सत्यको परिप्रेषण, तथ्यको विवेचन"
(2)

10/09/2026

भोटेकोशी बाढीपीडितका लागि नेत्रज्योति संघले दियो १ करोड ४१ लाख सहयोग

10/09/2026

एप्पलको पहिलो फोल्डेबल आईफोन ‘डुओ’ सार्वजनिक, मूल्य १ हजार ९९९ डलरदेखि

10/09/2026

प्रतिनिधि सभा बैठक, २०८३ भदौ २५ गते, बिहीबार

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ। त्यस्त...
10/09/2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६४ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७०, तनहुँमा ३८ जनाको शव भेटिएको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।मन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाह...
10/09/2026

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।
मन्त्री यादवले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।
मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिको ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।
अभिव्यक्तिलाई लिएर विवाद चर्किएपछि मन्त्री यादवले राजीनामा दिएको बताइएको छ।

खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीमाथि कडा कदम च...
10/09/2026

खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीमाथि कडा कदम चाल्नुपर्ने बताएकी छन्।
मन्त्री यादवले ग्यासको आपूर्ति सहज बनाउन उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ निष्कर्ष सुनाउँदै नेपाल आयल निगमको स्वामित्वमा कम्तीमा एउटा ग्यास उद्योग हुनुपर्ने प्रस्तावसमेत अघि सारेकी छन्।
आजको सम्बोधनका क्रममा मन्त्री यादवले देशभरका ५८ वटा ग्यास उद्योग निजी क्षेत्रलाई लाइसेन्स दिएर सञ्चालन गर्न दिइएको तर नेपाल आयल निगमको आफ्नै एउटा पनि ग्यास उद्योग नरहेकोप्रति प्रश्न उठाइन्।
उनका अनुसार काठमाडौंमा दैनिक करिब ३ हजार सिलिन्डरका दरले ५८ वटै उद्योगले ग्यास पठाउने हो भने अहिले देखिएको अभाव नआउने थियो। तर उद्योगीहरूले पर्याप्त मात्रामा ग्यास नपठाउँदा समस्या बल्झिएको उनको दाबी छ।

‘५८ वटा ग्यास उद्योग छन्। हरेकले ३ हजारको दरले हरेक दिन काठमाडौंमा सिलिन्डर पठाइदिएको भए आज यो स्थिति आउने थिएन,’ मन्त्री यादवले भनिन्, ‘तर कसैले पठाइदिँदैन।’

10/09/2026

ओमानमाथि नेपालको शानदार जित//The Shabda Express//TSE

गृहमन्त्री सुधन गुरुङको अराजक कार्यशैलीले मुलुकको शासन प्रणालीकै वजन घटाएको भन्दै मानव अधिकारकर्मी तथा कानून व्यवसायीहरू...
10/09/2026

गृहमन्त्री सुधन गुरुङको अराजक कार्यशैलीले मुलुकको शासन प्रणालीकै वजन घटाएको भन्दै मानव अधिकारकर्मी तथा कानून व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।

हालै सार्वजनिक मञ्चबाट गृहमन्त्री गुरुङले पत्रकारप्रति गरेको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै उनीहरूले गम्भीर चासो र चिन्ता व्यक्त गरेका हुन्। गृहमन्त्रीले आफ्नो पदीय मर्यादा, संयम र गाम्भीर्यता नबुझेको अनुभूति आफूहरूलाई भएको उनीहरूको ठहर छ।

उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा देशमा शान्ति तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारीमा रहेका र विपद् व्यवस्थापनको अभिभारा बोकेका गृहमन्त्रीका अराजक शैली र अभिव्यक्तिले बेलाबखत मुलुकको शासन प्रणालीकै वजन घटाएको उल्लेख गरिएको छ।

10/09/2026

आज २४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह//The Shabda Express//TSE

प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थाप...
10/09/2026

प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएकी छन्।

उपसभामुख रुबी कुमारीले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संघीय संसद् सचिवालयको प्रशासन शाखालाई निर्देशन दिएकी हुन्। बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पारिश्रमिक सहयोग गर्न लागेको उनको सचिवालयले जनाएको छ।

यसअघि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले समेत आफ्नो तलबबाट निश्चित रकम बाढीपीडितलाई सहयोग गर्न संसद् सचिवालयलाई पत्राचार गरेका थिए।

Address

Biratnagar-09 Hospital Chowk
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when The Shabda Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Shabda Express:

Shortcuts

Share