e pathari

e pathari पथरिशनिश्चरे नगरपालिका पर्बर्धनका हेतु

यो पेज पथरी–शनिश्चरे र वरिपरिका क्षेत्रका स्थानीय समाचार, कार्यक्रम, घटना र जानकारीहरू साझा गर्न समर्पित छ। हाम्रो उद्देश्य समुदायलाई सशक्त बनाउनु र समयमै महत्वपूर्ण अपडेटहरू पुर्‍याउनु हो।

20/09/2025
19/09/2025

दुहबी स्थित 132kV line को जम्पर जलेको हुदा विद्युत अवरुद्ध भएको ब्यहोरा जानकरी गराइन्छ । अहिले कोसी प्रदेशको धेरै स्थानमा लाइन छैन

15/09/2025

नवनियुक्त मन्त्री कुलमान घिसिङले सुरक्षा बाहेक कुनैपनि सुविधा नलिने र आफ्नो तलबभत्ता शहिद परिवारको नाममा स्थापना हुने कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

15/09/2025

सुदन गुरुङको हामी नेपाल नामक समूह जेन-जी आन्दोलनकारीहरूको माग अनुरूप बनेको सुशीला कार्की नेतृत्वको सरकार विरुद्ध उत्रिएको छ ।

14/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गर्ने, उनीहरूका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचारको निर्णय गरेकी छिन् ।

14/09/2025

जेन-जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । जसमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन् । विभिन्न अस्पतालमा १९१ जनाको उपचार भइरहेको छ ।

-नेपाल सरकारका मुख्य सचिव

14/09/2025

यस्तो रमाइलो सायद हाम्रा पुस्ताले अब नदेख्ला
कर्फ्युमा एक युवा डान्स क्लास गएर आएको भनेसी 😊

अनि आन्दोलन को उपलब्धि के नि? उहीँ पुरानै दल,उहि सम्बिधान उहीँ प्रणाली उहि ब्याबस्था
13/09/2025

अनि आन्दोलन को उपलब्धि के नि? उहीँ पुरानै दल,उहि सम्बिधान उहीँ प्रणाली उहि ब्याबस्था

संसद् विघटन प्रति नेकपा माउवादी (केन्द्र) को गम्भीर असहमति ।
12/09/2025

संसद् विघटन प्रति नेकपा माउवादी (केन्द्र) को गम्भीर असहमति ।

12/09/2025

राष्ट्रपतिका प्रेस सल्लाहकारका अनुसार सुशीला कार्कीले अहिले राति ९ बजेपछि प्रधानमन्त्रीको शपथ लिँदै छिन् । राष्ट्रपति कार्यालयले अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश कार्कीलाई शपथ गराउने तयारी गरेको हो । शपथसँगै प्रतिनिधि सभा विघटन, सङ्कटकाल घोषणालगायतका विषय पनि अघि बढ्ने राष्ट्रपति कार्यालयले जनाएको छ । आन्दोलनकारी जेन-जीसँग संसद् विघटन लगायतका मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेल सहमत भएसँगै सरकार विहीनता अन्त्य हुने भएको हो ।

Address

Pathari
Biratnagar
56600

Website

Alerts

Be the first to know and let us send you an email when e pathari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to e pathari:

Share