Biratnagar City

Biratnagar City Biratnagar City - From the people of Biratnagar.
(2)

चुनावको पहिलो सभामा बोल्दा बालेनले भनेकै थिए:- “हम भाषण देवेबला आदमी नै छी, हम काम करेबला आदमी छी।” फेरि बोलेनन् भनेर के...
14/05/2026

चुनावको पहिलो सभामा बोल्दा बालेनले भनेकै थिए:-

“हम भाषण देवेबला आदमी नै छी, हम काम करेबला आदमी छी।”

फेरि बोलेनन् भनेर के को रोइलो हो 😂😂😂

अध्यादेशको यत्रतत्र विरोध सुने! के रहेछ भनेको त विभिन्न निकायमा भएका सबै राजनीतिक नियुक्ति एकैपटक खारेज हुने भएछ!  करिब ...
30/04/2026

अध्यादेशको यत्रतत्र विरोध सुने! के रहेछ भनेको त विभिन्न निकायमा भएका सबै राजनीतिक नियुक्ति एकैपटक खारेज हुने भएछ! करिब १५०० पदाधिकारी हटाउन अध्यादेश लागू भएमा यो नेपालको प्रशासनिक इतिहासकै ठुलो ‘राजनीतिक शुद्धीकरण’ हुनेछ।

नेताको भक्त, सालो, मन्त्रीको केटाकेटीलाई ट्युसन पढाउने शिक्षिका को श्रीमान, मन्त्रीको दलको प्रमुख नेताको भतिजा, मन्त्रीको हुण्डी मार्फत जाने पैसाको लण्डनमा जोहो गरेर राखिदिने नजिकको व्यक्ति को साढुदाई, ज्वाई, भदा, आदी सबै नाताहरु अब सकिए! गत ३० वर्ष देखि मैले यस्तै मात्र देखेको थिए! पदमा बस्न नपाउनेहरुलाई र राजनैतिक ढल्काई नभएका तर योग्यहरु लाई “लिङ्ग” नछुटिएको भनेर हेप्ने गरिएको थियो! संम्झिदा पनि आङ सिरिङ्ग हुन्छ! कस्तो घिनलाग्दो शासन सहेर बसिएको थियो! 😞!

Source: Samajik Sanja

बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री (B***ndra Shah – Prime Minister / Defense Minister)• स्वर्णिम वाग्ले – अर्थ...
27/03/2026

बालेन्द्र शाह – प्रधानमन्त्री / रक्षामन्त्री (B***ndra Shah – Prime Minister / Defense Minister)
• स्वर्णिम वाग्ले – अर्थमन्त्री (Swarnim Wagle – Finance Minister)
• सोविता गौतम – कानुनमन्त्री (Sobita Gautam – Law Minister)
• शिशिर खनाल – परराष्ट्रमन्त्री (Shishir Khanal – Foreign Minister)
• विराजभक्त श्रेष्ठ – ऊर्जा तथा जलस्रोत मन्त्री (Biraj Bhakta Shrestha – Energy and water resource minister)
• सुदन गुरुङ – गृहमन्त्री (Sudan Gurung – Home Minister)
• अमरेश सिंह – उद्योगमन्त्री (Amaresh Singh – Industry Minister)
• प्रमिला रावल – सामान्य प्रशासनमन्त्री (Pramila Rawal – General Administration Minister)
• गीता चौधरी – कृषिमन्त्री (Gita Chaudhary – Agriculture Minister)
• विक्रम तिमिल्सिना – सञ्चारमन्त्री (Vikram Timilsina – Communication Minister)
• दिपक साह (महोत्तरी) – श्रममन्त्री (Dipak Sah (Mahottari) – Labour Minister)
• सस्मित पोखरेल – शिक्षामन्त्री (Susmit Pokharel – Education Minister)
• खड्क (गणेश) पौडेल – पर्यटनमन्त्री khadak(Ganesh)Paudel – Tourism Minister)
• सिता वादी – महिला, बालबालिकामन्त्री (Sita Badi – Women and Children Minister)
• निशा मेहता – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री (Nisha Mehta – Health and Population Minister)

आजैका दिन ५१ वर्षअघि राजा वीरेन्द्रले राखेको शान्तिक्षेत्रको प्रस्ताव र भारतीय असहयोग एकाउन्न वर्षअघि १२ फागुन (२०३१) मा...
25/02/2026

आजैका दिन ५१ वर्षअघि राजा वीरेन्द्रले राखेको शान्तिक्षेत्रको प्रस्ताव र भारतीय असहयोग

एकाउन्न वर्षअघि १२ फागुन (२०३१) मा राजा वीरेन्द्रको शुभ–राज्याभिषेक सम्पन्न भएको थियो। राज्याभिषेकमा निम्त्याइएका विदेशी पाहुनाहरु आआफ्नो मुलुक फर्कनुअघि नारायणहिटी राजदरवारमा आयोजित विशेष समारोहमा राजा वीरेन्द्रले विश्वसामु नेपाललाई शान्तिक्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राखेका थिए।

हनुमानढोकास्थित नासलचोकमा आयोजित राज्याभिषेक कार्यक्रमका लागि विश्वका सबैजसो मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुखहरुलाई निम्तो दिइएको थियो। नेपालको निम्तो स्वीकार गर्दै विभिन्न ६० मुलुकले शीर्ष प्रतिनिधिहरुलाई नेपाल पठाएका थिए।

नेपाल आइपुग्ने शीर्ष पाहुनाहरुमा अस्ट्रेलियाली गभर्नर जनरल सर जोन कभर्ट कर, पाकिस्तानी राष्ट्रपति फजल इलाही चौधरी, श्रीलंकाली राष्ट्रपति विलियम गोपल्लवा, बर्मेली प्रधानमन्त्री उ सियन वीन थिए।

यसैगरी जनवादी गणतन्त्र चीनको तर्फबाट उपप्रधानमन्त्री चेन सी लियान, भारतीय उपराष्ट्रपति बासप्पा बानप्पा जत्ती, फिलिपिनो राष्ट्रपति फर्डिनान्ड मार्कोसकी पत्नी इमेल्दा मार्कोस पनि थिए।

सोभियत संघको ‘सुप्रिम सोभियत प्रेसिडियम’ का उपाध्यक्ष तुरावाई कुलातोभ, बंगलादेशी उपराष्ट्रपति सैयद जनरुल इस्लाम, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर) का उपराष्ट्रपति काङ र्याङ उकले पनि आ–आफ्नो मुलुकको प्रतिनिधित्व गर्दै राज्याभिषेक कार्यक्रममा सहभागिता जनाएका थिए।

नेपाल आएका अन्य विदेशी शीर्ष पाहुनाहरुमा सिक्किमका राजा पाल्देन थोण्डुप नाम्ग्याल, बेलायतका प्रिन्स अफ वेल्स चाल्र्स, जापानका युवराज अकिहितो, डेनमार्कका अधिराजकुमार हेनरिक, थाइल्यान्डका अधिराजकुमार भानुबन्धु, इरानका राजकुमार गुलाम रेजा पहल्वी, लाओसका युवराज भोंगसभाङ थिए।

नासलचोकमा आयोजित राज्याभिषेक को भोलिपल्ट (१३ फागुन) मा राजा वीरेन्द्रले उच्चपदस्थ विदेशी अधिकारीहरुका लागि नारायणहिटी राजदरबारमा विशेष ‘विदाई समारोह’ आयोजना गरे।

राज्याभिषेकको अवसरमा राजा वीरेन्द्रले विशेष घोषणा गर्दैछन् भन्ने चर्चा काठमाडौँमा केही दिनअघिदेखि व्याप्त थियो। तर, त्यो ‘विशेष घोषणा’ के हुनेछ, राजा वीरेन्द्र र दरबारका सीमित अधिकारी बाहेकलाई जानकारी थिएन।

खासमा त्यो विशेष घोषणा ‘नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस्’ भन्ने प्रस्ताव थियो।

नेपालले लामो समयदेखि अंगाल्दै आएको असंलग्न परराष्ट्रनीतिको सन्दर्भसहित राजा वीरेन्द्रले स्वदेश फर्कन लागेका शीर्ष विदेशी पाहुनाहरुसमक्ष यसरी शान्तिक्षेत्रको प्रस्ताव राखेका थिए ‘असंलग्नताको नीतिलाई हामीले अंगाल्नुको कारण विश्वशान्तिको सम्भावना देखेर हो। हामी आफ्नो सुरक्षाका लागि शान्ति चाहन्छौँ भने आफ्नो स्वतन्त्रता र विकासको निम्ति पनि शान्ति नै चाहन्छौँ।’

राजा वीरेन्द्रको थप भनाई थियो, ‘हाम्रा जनता आफ्नो मुलुक, छरछिमेक र विश्वमा जताततै हृदयदेखि नै शान्ति चाहने भएकाले हामीले शान्तिलाई सर्वोपरि स्थान दिएका हौँ। शान्तिलाई संस्थागत गर्ने त्यही उत्कट अभिलाषाले प्रेरित भएर नै म मेरो मुलुक नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राख्दैछु।’ ​

राजा वीरेन्द्रको प्रस्तावप्रति पाकिस्तानी राष्ट्रपति चौधरी र चिनियाँ उपप्रधानमन्त्री चेनले आ–आफ्नो मुलुकको तर्फबाट तत्काल औपचारिक समर्थन जनाए। त्यसपछि विस्तारै प्रस्तावको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुट्दै गयो।

२०४६ मा बहुदलीय व्यवस्थाको पुनर्स्थापना अघिसम्म ‘नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस्’ भन्ने प्रस्तावको पक्षमा ११६ राष्ट्रले समर्थन जनाएका थिए।

खासमा त्यो थियो, शीतयुद्ध चरमोत्कर्षको समय। र, शीतयुद्धबाट सिर्जित द्वन्द्वको चपेटाबाट नेपाललाई जोगाउन राजा वीरेन्द्रले शान्तिक्षेत्रको प्रस्ताव राखेका थिए।

सोभियत संघ–चीनबीच उसुरी नदीमा भएको सीमायुद्ध (१९६९) लगत्तै अमेरिकाले कम्युनिस्ट चीनसँग सम्बन्धको हात अघि बढाइसकेको थियो। एसियामा आफूलाई ‘काउन्टर’ दिन अमेरिकाले चीनसँग सम्बन्ध स्थापित गरेपछि सोभियत संघले पनि चीनको चीर प्रतिद्वन्द्वी भारतसँग २० वर्षे रक्षा सम्झौता गरेको थियो।

सोभियत संघ–भारतबीचको रक्षा सम्झौताका कारण साना दक्षिण एसियाली राष्ट्रहरुसँग भारतीय व्यवहार थप आक्रामक बन्न थाल्यो। सन् १९७१ (२०२८) मा पाकिस्तान–बंगलादेशको विभाजन यसैको उपज थियो। बंगलादेश निर्माणका लागि भारतले पाकिस्तानमाथि सैन्य हस्तक्षेप नै गरेको थियो।

सोभियत संघसँगको रक्षा सम्झौताका कारण सोभियत संघबाट भरपर्दो साथ–समर्थन प्राप्त हुने भएपछि हौसिएकी भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले त्यसपछिको निसाना सिक्किमलाई बनाइन्। बंगलादेश निर्माणको चार वर्ष बित्दानबित्दै सिक्किमलाई भारतमा विलय गराइयो।

सिक्किमपछि इन्दिरा गान्धीको निसानामा नेपाल पर्न सक्ने सम्भावना थियो। भारतीय गुप्तचर संस्था ‘रअ’ का पूर्वअधिकारी आर.के. यादवले आफ्नो पुस्तक ‘मिसन रअ’ मा सिक्किम विलयपछि इन्दिरा गान्धीले नेपालको तराईलाई विभाजन गर्ने योजना बनाएको दाबी गरेका छन्।

शीतयुद्ध चरमोत्कर्षमा रहेका बेला क्षेत्रीय भूराजनीतिक स्थिति जसरी अगाडि बढ्दै थियो, त्यसबाट नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा असर पर्न सक्थ्यो। त्यही खतरा टार्न राजा वीरेन्द्रले नेपाललाई शान्ति क्षेत्रको रुपमा घोषणा गर्ने प्रस्ताव राखेका थिए।

इतिहासदेखि नै नेपाल स्वतन्त्र राष्ट्र भए पनि नेपाल–भारतबीचको १९५० को सन्धि र त्यससँगै आदान–प्रदान भएको पत्राचारलाई आधार बनाउँदै भारतीय अधिकारीहरु नेपाल–भारतबीच विशेष सम्बन्ध रहेको उल्लेख गर्ने गर्थे। भारतीयहरुले व्याख्या गर्ने ‘विशेष सम्बन्ध’ को उदेश्य अन्तर्राष्ट्रिय मामिलामा निर्णय गर्दा नेपालले भारतीय सुझाव अनुसार गरोस् भन्ने थियो।

नेपाल–भारतबीच गहिरो सांस्कृतिक सम्बन्ध छ भन्नेमा राजा वीरेन्द्र सहमत थिए। तर, १९५० को सन्धिलाई आधार बनाएर नेपाल–भारतबीच विशेष सम्बन्ध छ भन्ने भारतीय व्याख्याप्रति उनको असन्तुष्टि थियो। यस्तो व्यवहारबाट नेपाललाई मुक्त पार्ने प्रयास र योजनामा उनी थिए।

तत्कालिन भूराजनीतिक अवस्था र त्यसले नेपाललाई पार्ने असरबारेको जानकारहरुका भनाईमा, शान्तिक्षेत्रको प्रस्तावको भित्री उदेश्य नै भारतीय प्रभावबाट नेपाललाई मुक्त गराउने थियो। त्यतिबेलाको पेचिलो भूराजनीतिक परिस्थिति मध्यनजर गर्दै उनले राज्याभिषेकका बेला शान्ति क्षेत्रको त्यो प्रस्ताव अघि सारे।’

बंगलादेश र सिक्किम मामिलामा भारत जसरी अघि बढ्दै थियो, नेपालमा पनि त्यसैगरी अघि बढ्दा चीन चुप नरहन सक्थ्यो। त्यसो हुँदा नेपाल प्रत्यक्ष–परोक्ष रुपमा अन्तर्राष्ट्रिय महाशक्तिहरुको भीडन्तस्थल बन्न सक्थ्यो।

राजा वीरेन्द्रले शान्तिक्षेत्रको प्रस्ताव राख्ने क्रममा यो सम्भावनाको पनि संकेत गरेका थिए। विश्वमा ‘समझदारीको ठाउँ भ्रमले र मेलमिलापको ठाउँ आपसमा लडाईं–झगडाले लिन थालेको’ मा चिन्ता व्यक्त गर्दै उनले ‘अन्तर्राष्ट्रिय राजनीतिमा चलेको यस्तो हावाले नेपालको स्वतन्त्रता र स्वाधीनतामा कुनै आँच ल्याउन नपाओस् भन्ने चाहनाका साथ शान्ति क्षेत्रको प्रस्ताव राखिएको’ उल्लेख गरेका थिए।

दक्षिण एसियामा प्रदर्शित भारतको आक्रामक रवैयाका कारण राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव राखेका हुन् भन्ने नयाँदिल्लीले नबुझ्ने कुरा थिएन। त्यसैले, राजा वीरेन्द्रको यो प्रस्तावले कहिल्यै पनि भारतको समर्थन प्राप्त गरेन। बरु सोभियत संघलाई शान्ति क्षेत्रको प्रस्तावबाट फिर्ता गराउन भारतीय भूमिका रह्यो।

राज्याभिषेकमा सहभागी ‘सुप्रिम सोभियत प्रेसिडियम’ का उपाध्यक्ष कुलातोभले १४ फागुन (२०३१) मा शान्तिक्षेत्रको प्रस्तावप्रति सोभियत संघको समर्थन जनाएका थिए।

राज्याभिषेक सम्पन्न भएको तेस्रो दिन १४ फागुन (२०३१) मा ‘सुप्रिम सोभियत प्रेसिडियम’ का उपाध्यक्ष कुलातोभको सम्मानमा काठमाडौँमा आयोजित कार्यक्रममा पठाएको लिखित भाषणमार्फत् सोभियत संघको समर्थन रहेको उल्लेख गरिएको थियो।

कुलातोभको सम्मानमा ‘नेपाल–सोभियत मैत्री संघ’ र ‘मित्र कुञ्ज’ नामक संस्थाको तर्फबाट १४ फागुनमा कार्यक्रम आयोजना गरिएको थियो। बिमारी भएका कारण कुलातोभ सो कार्यक्रममा सहभागी भएनन्। तर, उनले पठाएको लिखित भाषण त्यहाँ बाचन गरियो, जसमा शान्ति क्षेत्रको प्रस्तावप्रति सोभियत संघको समर्थन रहेको उल्लेख थियो।

तर, आफ्नो मुलुकका यति शीर्ष अधिकारीले जनाएको समर्थनलाई पछि सोभियत संघले फिर्ता लियो। ‘उपाध्यक्ष कुलातोभले व्यक्तिगत तवरमा समर्थन जनाएको’ प्रष्टीकरण सोभियत संघले दियो। र, आफ्नो मुलुकको तर्फबाट ‘औपचारिक समर्थन गर्न बाँकी छ’ भन्ने उल्लेख गर्यो।

खासमा सोभियत संघले औपचारिक तबरबाट कहिल्यैपनि शान्तिक्षेत्रको प्रस्तावको समर्थन गरेन। अनौपचारिक तबरबाट गरेको समर्थनसमेत भारतीय दबाबका कारण फिर्ता लियो। भारतसँगको रक्षा सम्झौताका कारण नेपाल मामिलामा सोभियत संघमाथि भारत हावी भएकाले यस्तो भएको थियो।

वीरेन्द्रको प्रस्तावप्रति अमेरिकाले बिसं २०४० मात्र समर्थन गर्यो। राजा वीरेन्द्रको विसं २०४० मंसिर १९–२४ (५–१० डिसेम्बर १९८३) मा भएको राजकीय भ्रमणका क्रममा राष्ट्रपति रोनाल्ड रेगनले ‘शान्तिक्षेत्र प्रस्तावको लक्ष्यप्रति अमेरिकी समर्थन रहेको’ उल्लेख गरेका थिए।

तर, उनले पनि ‘शान्ति क्षेत्रको भावनालाई वास्तविकतामा परिणत गर्न नेपालले छरछिमेकसँग मिलेर काम गनुपर्ने’ सुझाव दिएका थिए। उनको संकेत शान्तिक्षेत्रले मूर्तरुप प्राप्त गर्न भारतीय समर्थन अत्यावश्यक छ भन्ने थियो।

अर्थात् ‘भारतले शान्ति क्षेत्रको प्रस्तावको समर्थन नगरेकाले राष्ट्रपति रेगनले छरछिमेकसँग मिलेर काम गर्नुपर्छ’ भन्ने सुझाव दिएका थिए।

जानकाहरुका भनाईमा, नेपालले ‘शान्तिक्षेत्र’ को रुपमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेमा नेपालमाथिको प्रभाव गुम्ने भयले भारत शान्ति क्षेत्रको प्रस्तावको समर्थन नगरेको हो। नेपाल शान्ति क्षेत्र घोषणा भएमा नेपालमाथि सैनिक हस्तक्षेप वा अन्य दबाब सिर्जना गर्ने स्थिति रहँदैनथ्यो।

भारतबाटै समर्थन प्राप्त नभएपछि यो प्रस्तावले कहिल्यै मूर्तरुप पाएन। जब २०४६ मा नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो, त्यसपछि यो विषय त्यसै बिलाएर गयो। जबकि यसले विश्वका ११६ मुलुकको समर्थन प्राप्त गरिसकेको थियो।
(प्रस्तुत तस्वीर राजा वीरेन्द्रले शान्तिक्षेत्रको प्रस्ताव राखेपछि विदेशी शीर्ष पाहुनाहरुलाई विदाई गर्दाको बेलाको हो।)

॥ ॐ नमः शिवायः ॥
14/02/2026

॥ ॐ नमः शिवायः ॥

राजा महेन्द्रको शासनकालमा कस्ता कस्ता कार्यहरू भए ?वि.सं. २०१२ - २०१४: राष्ट्रियता र पहिचान• २०१२ चैत २२: संयुक्त राष्ट्...
13/02/2026

राजा महेन्द्रको शासनकालमा कस्ता कस्ता कार्यहरू भए ?

वि.सं. २०१२ - २०१४: राष्ट्रियता र पहिचान
• २०१२ चैत २२: संयुक्त राष्ट्र संघ (UN) को सदस्यता प्राप्त
• २०१२ साल: नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय गानलाई संवैधानिक मान्यता।
• २०१३ वैशाख ४: नेपाल प्रहरी ऐन र आधुनिक प्रहरी संगठनको स्थापना।
• २०१३ वैशाख १४: नेपाल राष्ट्र बैंकको स्थापना र नेपाली मुद्राको अनिवार्य चलन।
• २०१३ साल: पहिलो पञ्चवर्षीय योजनाको सुरुवात।
• २०१४ असार ९: नेपाल एकेडेमी (प्रज्ञा प्रतिष्ठान) को स्थापना।

वि.सं. २०१५ - २०१७: शिक्षा र कुटनीति
• २०१५ साल: त्रिभुवन विश्वविद्यालयको स्थापना।
• २०१६ असार १: शाही नेपाल वायुसेवा निगम (RNAC) को स्थापना।
• २०१६ साल: नेपाल टेलिकम र हुलाक सेवाको विस्तार।
• २०१६ साल: वन राष्ट्रयकरण ऐन मार्फत प्राकृतिक स्रोतमा राज्यको अधिकार।
• २०१७ वैशाख: चीनसँगको सीमा सम्झौता र सगरमाथा नेपालकै हो भन्ने अन्तर्राष्ट्रिय पुष्टि।
• २०१७ साल: असंलग्न परराष्ट्र नीतिको कडाइका साथ कार्यान्वयन।

वि.सं. २०१८ - २०१९: प्रशासनिक र सामाजिक संरचना
• २०१८ वैशाख १: नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन।
• २०१८ वैशाख १: महेन्द्र राजमार्गको शिलान्यास।
• २०१८ साल: साझा यातायातको स्थापना।
• २०१८ साल: राष्ट्रिय नाचघरको स्थापना।
• २०१९ पुस १: नेपालको संविधान २०१९ जारी।
• २०१९ साल: कर्मचारी सञ्चय कोष र नेपाल स्काउटको स्थापना।

वि.सं. २०२० - २०२४: औद्योगिक र सैन्य कूटनीति (विशेष घटना)
• २०२० भदौ १: नयाँ मुलुकी ऐन लागू (जातपात र छुवाछुतको अन्त्य)।
• २०२१ साल: भूमिसुधार ऐन लागू (जमिन्दारी प्रथा अन्त्य)।
• २०२१ - २०२३ साल: जनकपुर चुरोट, वीरगन्ज चिनी, बाँसबारी छाला जुत्ता र कृषि औजार कारखानाको स्थापना।
• २०२२ माघ १०: राष्ट्रिय वाणिज्य बैंकको स्थापना।
• २०२४ साल: अरनिको राजमार्ग सम्पन्न।
• २०२४ पुस १: राष्ट्रिय बिमा संस्थानको स्थापना।

विशेष थप: विदेशी सेना (भारतीय पोस्ट) हटाउने घटना (२०२६ साल)
नेपालको उत्तरी सीमाका १८ वटा ठाउँमा सन् १९५० देखि नै भारतीय सैन्य पोस्टहरू बसेका थिए। राजा महेन्द्रले यसलाई नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेप मानेका थिए।

• २०२६ असार ९: राजा महेन्द्रको निर्देशनमा तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले नेपालको उत्तरी सिमानामा रहेका १८ वटा भारतीय सैन्य चेकपोस्टहरू र काठमाडौँमा रहेको भारतीय सैन्य मिशन तुरुन्त हटाउनुपर्ने औपचारिक माग राखे।

• २०२६ - २०२७ साल:
कडा कुटनीतिक पहलपछि राजा महेन्द्रले भारतीय सेनालाई नेपालको सिमानाबाट पूर्ण रूपमा हटाउन सफल भए। यो नेपालको इतिहासमा विदेशी सेना फिर्ता पठाइएको सबैभन्दा ठूलो राष्ट्रिय उपलब्धि मानिन्छ।

•वि.सं. २०२५ - २०२८: अन्तिम योगदानहरू
• २०२५ साल: सिद्धार्थ राजमार्ग (सुनौली-पोखरा) सम्पन्न।
• २०२६ साल: नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी (कलकत्तामा नेपाली सामानको सुरक्षाका लागि)।
• २०२७ साल: राष्ट्रिय शिक्षा पद्धति योजना (२०२८) को तयारी।
• २०२८ साल: ट्रली बस सञ्चालनका लागि चीनसँग सम्झौता।
• २०२८ साल: कृषि विकास बैंक र ग्रामीण विकासका साना आयोजनाहरूको विस्तार।

त्यसै गरी शैक्षिक क्षेत्रमा योगदान:
राजा महेन्द्रको पालामा स्थापित र विकसित प्रमुख शिक्षण संस्थाहरू
१. विश्वविद्यालय र उच्च शिक्षा (कलेजहरू)
• त्रिभुवन विश्वविद्यालय (२०१५ वि.सं.): नेपालको पहिलो र जेठो विश्वविद्यालयको स्थापना उनकै पालामा भयो। यसले नेपालमा उच्च शिक्षाका लागि विदेश जानुपर्ने बाध्यतालाई कम गर्‍यो।
• नेपाल कमर्स कलेज (२०२१ वि.सं.): व्यवस्थापन शिक्षा (Commerce) को विकासका लागि ललितपुरमा यसको स्थापना गरियो।
• पद्म कन्या कलेज (विकास र विस्तार): महिला शिक्षालाई प्रोत्साहन दिन यो कलेजलाई सरकारी स्तरबाट थप सुदृढ बनाइयो।
• अमृत साइन्स कलेज (ASCOL): विज्ञान शिक्षाको प्रवर्द्धनका लागि यो कलेजलाई विशेष प्राथमिकता दिइयो।
२. प्राविधिक र व्यावसायिक शिक्षा
• इन्जिनियरिङ संस्थान (२०२३ वि.सं.): पुल्चोकमा प्राविधिक जनशक्ति उत्पादन गर्न यसको जग बसालियो।
• राष्ट्रिय व्यावसायिक प्रशिक्षण केन्द्र (२०२४ साल): दक्ष कामदार र सीपमूलक शिक्षाका लागि सानोठिमीमा यसको स्थापना गरियो।
• वन विज्ञान अध्ययन संस्थान (Institute of Forestry): हेटौँडामा वन संरक्षण र व्यवस्थापनका जनशक्ति उत्पादन गर्न यसको सुरुवात गरियो।
३. विद्यालय स्तरको शिक्षा (स्कुलहरू)
• बुढानीलकण्ठ स्कुल (२०२८ साल): नेपालमा गुणस्तरीय र आवासीय शिक्षाको मोडलका रूपमा बेलायत सरकारको सहयोगमा यसको स्थापना गर्ने निर्णय र प्रक्रिया सुरु भयो।
• सैनिक आवासीय महाविद्यालय (२०२७ साल): सैनिक र सर्वसाधारणका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन यसको अवधारणा ल्याइयो।
• ल्याबोरेटरी स्कुल (२०१३ साल): कीर्तिपुरमा आधुनिक शिक्षण विधिको अभ्यास गर्न यसको स्थापना गरियो।

शिक्षा क्षेत्रमा गरिएका अन्य महत्त्वपूर्ण नीतिगत सुधारहरू
1. राष्ट्रिय शिक्षा पद्धति योजना (२०२८): नेपालभरि एकै प्रकारको पाठ्यक्रम र शिक्षा प्रणाली लागू गर्न यो योजना ल्याइयो। यसले "शिक्षालाई उत्पादनसँग जोड्ने" लक्ष्य राखेको थियो।
2. प्राथमिक शिक्षा निःशुल्क: उनले आफ्नो शासनकालमा धेरै ठाउँमा प्राथमिक शिक्षालाई निःशुल्क बनाउने घोषणा र कार्यान्वयन गरेका थिए।
3. शिक्षक तालिम: शिक्षकहरूको क्षमता विकासका लागि तालिम केन्द्रहरूको स्थापना गरियो।
4. छात्रवृत्ति कार्यक्रम: जेहेन्दार र आर्थिक रूपमा विपन्न विद्यार्थीहरूका लागि सरकारी छात्रवृत्तिको सुरुवात गरियो।
राजा महेन्द्रको कार्यकालमा साक्षरता दर मात्र ५% बाट बढेर करिब १४% पुगेको थियो र देशभर करिब ७,००० भन्दा बढी प्राथमिक विद्यालयहरू स्थापना भएका थिए।

अन्य साना योगदानहरू:
• नेपाली टोपी र पोशाक: सरकारी कार्यालयमा नेपाली पोशाक अनिवार्य गरी राष्ट्रिय पोशाकको सम्मान बढाएको।
• रेडियो नेपालको विस्तार: दुर्गम गाउँसम्म रेडियोको पहुँच पुर्‍याएको।
• पशु स्वास्थ्य: देशभर पशु चिकित्सालयहरूको स्थापनाको जग।

बिर्सनै नहुने सल्लाहकार बिसे नगर्ची ! बिसे नगर्ची र पृथ्वीनारायण शाहको संवाद(महेन्द्रमाला–शैली)पृथ्वीनारायण शाह:बिसे, रा...
13/01/2026

बिर्सनै नहुने सल्लाहकार बिसे नगर्ची !
बिसे नगर्ची र पृथ्वीनारायण शाहको संवाद
(महेन्द्रमाला–शैली)

पृथ्वीनारायण शाह:
बिसे, राज्य विस्तारको काम ठूलो हुँदै गइरहेको छ।
सेना चाहिन्छ, हतियार चाहिन्छ, तर धनको अभाव छ।
यो कार्य कसरी अघि बढाउने?

बिसे नगर्ची:
महाराज, यो देश तपाईंको मात्र होइन।
यो गोरखा र सम्पूर्ण नेपालका जनताको देश हो।
यदि प्रत्येक घरले आफ्नो सामर्थ्यअनुसार
एक–एक मोहर सहयोग गरे भने
राज्य विस्तारको काम सहजै अघि बढ्न सक्छ।

पृथ्वीनारायण शाह:
जनताले यस्तो सहयोग गर्लान् त, बिसे?

बिसे नगर्ची:
गर्छन् महाराज।
किनकि तपाईंको उद्देश्य
देश टुक्र्याउनु होइन,
देश जोड्नु हो।
जब उद्देश्य पवित्र हुन्छ,
जनता पछि हट्दैन।

पृथ्वीनारायण शाह:
तिमीले ठीक भन्यौ, बिसे।
जनताको साथ पाए
यो अभियान सफल हुन्छ।
आजदेखि यो अभियान
राजाको मात्र होइन,
सम्पूर्ण जनताको अभियान हुनेछ।

" यो देशको एकिकरणमा बिसे नगर्चीको अतुलनिय भुमिका छ "

Agreement between Rabi & B***n: १. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद...
28/12/2025

Agreement between Rabi & B***n:
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

06/12/2025

पञ्चमुखी हनुमान मन्दिरको सप्ताहा पुराण बिराटनगर–१”

नेपलिमा उल्था 🫣😂 👇पख् अमेरिकापख् इण्डियापख् चाइनापख् एमालेपख्  कांग्रेसपख् रास्वपापख् राप्रपापख् माओवादीतिमीहरु मिलेर पन...
02/11/2025

नेपलिमा उल्था 🫣😂 👇

पख् अमेरिका
पख् इण्डिया
पख् चाइना
पख् एमाले
पख् कांग्रेस
पख् रास्वपा
पख् राप्रपा
पख् माओवादी

तिमीहरु मिलेर पनि केही गर्न सक्दैनौ

(रजनिसका ठूला फ्यान रहेछन। बुझ्नु भएन भने तलको लिंक हेर्नुहोला 😂) via Tanka dai

Address

Biratnagar
44601

Website

Alerts

Be the first to know and let us send you an email when Biratnagar City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share