Koshi Online

Koshi Online The OFFICIAL page of Koshionline.com. Koshionline.com is officially registered news portal Koshi Online is live to present you latest news and updates.
(326)

Koshionline.com is officially registered news portal by Republic Herald Media & Publications Pvt. Ltd.

12/08/2026

मिठो कुरा गरेर चोख्याउन खोजिएको भन्दै खगेन्द्र सुनारद्वारा समिति बैठक बहिष्कार

युवा भविष्य मात्र होइनन्, वर्तमानका मुख्य नेतृत्वकर्ता हुन्: सांसद क्षितिज थेबे                                         ...
12/08/2026

युवा भविष्य मात्र होइनन्, वर्तमानका मुख्य नेतृत्वकर्ता हुन्: सांसद क्षितिज थेबे
नेकपा (एमाले) का सांसद क्षितिज थेबेले युवाहरू देशको भविष्य मात्र नभई वर्तमानका मुख्य नेतृत्वकर्ता भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले युवालाई राज्यको नीति निर्माणको तहमा पूर्ण सहभागी गराउनुपर्नेमा जोड दिए।
युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले नै युवा मन्त्रालय, राष्ट्रिय युवा परिषद् र युवा नीति निर्माण गरिएको उनले बताए। अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा बोल्दै सांसद थेबेले भने, "युवाको परिभाषालाई उमेरमा मात्र सीमित गर्न मिल्दैन। संयुक्त राष्ट्रसंघले १६ देखि ४० वर्षलाई युवा माने पनि राजनीतिक र सामाजिक रूपमा यसको अर्थ अझ व्यापक छ।"
२०६२/६३ को जनआन्दोलनपछि युवाबारेको भाष्य फेरिएको उल्लेख गर्दै उनले भने, "युवालाई अब 'भविष्यका कर्णधार' भन्दा 'वर्तमानका कर्णधार'का रूपमा स्वीकार्नुपर्छ।"
थप स्पष्ट पार्दै उनले भने, "राजनीतिक रूपमा युवा हुनु भनेको उमेरसँगै जोश, भिजन र क्षमता हुनु हो। इमान्दारिता, नैतिकता र सक्रियताका साथ राज्यलाई नेतृत्व दिन सक्ने व्यक्ति नै वास्तविक युवा हो।" युवाहरूले आत्मसम्मान र निष्ठाका साथ राज्य सञ्चालन गर्न आफूलाई सक्षम बनाउनुपर्ने उनको भनाइ छ।

सार्वजनिक लेखा समितिको बैठक रास्वपा सांसद सुनारद्वारा बहिष्कार                                                          ...
12/08/2026

सार्वजनिक लेखा समितिको बैठक रास्वपा सांसद सुनारद्वारा बहिष्कार
प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिको बुधबारको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बहिष्कार गरेका छन्। भ्रष्टाचारसम्बन्धी उजुरीको छानबिन प्रक्रिया र आरोपितको पक्षपोषण भएको भन्दै उनले बैठक छाडेका हुन्।
बैठकमा सुनारले भने, "पीडितले बेनामी उजुरी दिएका छन्, तर यहाँ आरोपितको संरक्षण गर्ने र प्रश्न उठाउने सांसदमाथि खनिने काम भइरहेको छ। भ्रष्टाचार विरुद्ध बोल्दा अपमानित हुनुपर्छ भने म समितिमा बस्दिनँ।" उनले आफू पिछडिएको वर्ग, दलित र म्यादी प्रहरीको पक्षमा उभिएको बताउँदै समितिको गरिमा घटेको आरोप लगाए।
सुनार बाहिरिएपछि सांसद वर्षमान पुनले समितिमा कसैले आरोप लगाएर भाग्न नपाउने बताए।
समितिको काम मर्यादित बनाउन दुई पटक रुलिङ गरिसकेको स्मरण गराउँदै सभापति भरतबहादुर खड्काले भने, "समितिमा बोलाइएका सरकारका सचिव र प्रहरी महानिरीक्षक लगायतका पदाधिकारीहरूलाई मर्यादित व्यवहार गरिनुपर्छ। कानुनी रूपमा प्रमाणित नभएसम्म कसैलाई दोषी करार गर्न मिल्दैन। यो प्राकृतिक न्यायको सिद्धान्त र संविधानको मर्म विपरीत हुन्छ। राज्य संयन्त्रलाई निरुत्साहित होइन, प्रोत्साहित गर्नुपर्छ।" सभापति खड्काले समितिलाई 'मिनी पार्लियामेन्ट' भन्दै सबैलाई संसदीय मर्यादा कायम राख्न निर्देशन दिएका छन्।

कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरियो, मन्त्रीहरूको सामूहिक राजीनामा                                            ...
12/08/2026

कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरियो, मन्त्रीहरूको सामूहिक राजीनामा
नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। बुधबार अपरान्ह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगरमा मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।
पछिल्लो राजनीतिक अदलाबदलीसँगै एमालेको गठबन्धन नेपाली कम्युनिष्ट पार्टीसँग जोडिएपछि कांग्रेस सत्ताबाट बाहिरिने निर्णयमा पुगेको हो। राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।
एमाले र कांग्रेसबीच २०८१ मा भएको सहमतिअनुसार गत वर्ष भदौमा गठबन्धन सरकार बनेको थियो। पछि मन्त्रिपरिषद् पुनर्गठन हुँदा गत वर्ष पुस २२ गते कांग्रेसका मन्त्रीहरूले जिम्मेवारी सम्हालेका थिए।

देउवाको वरिपरी बसेर पार्टी र राज्य सत्ता सुबिधामा दोहन गरेकाहरूले देउवालाई मोहरा बनाएर कांग्रेस कमजोर पार्ने खेल खेलीरहे...
12/08/2026

देउवाको वरिपरी बसेर पार्टी र राज्य सत्ता सुबिधामा दोहन गरेकाहरूले देउवालाई मोहरा बनाएर कांग्रेस कमजोर पार्ने खेल खेलीरहेका छन - महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्रको एक पक्षले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्वलाई दुरुपयोग गर्दै पार्टीलाई कमजोर बनाउने खेल खेलिरहेको आरोप लगाएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै उनले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै अर्को पक्षले आफ्नो राजनीतिक अस्तित्व जोगाउन देउवालाई मोहरा बनाएको बताए।
उपचारका क्रममा विदेशमा रहेका देउवाको स्वास्थ्यलाभको कामना गर्दै घिमिरेले उनलाई केन्द्रमा राखेर भइरहेका गुटगत भेला र गतिविधिप्रति तीव्र आपत्ति जनाए। विगतमा देउवाकै नेतृत्वमा विभिन्न राजकीय र पार्टीगत सुविधा उपभोग गरेका नेताहरूले अहिले आफ्नै सामर्थ्यमा काम गर्न नसकेर देउवाको ओत खोज्नु राजनीतिक कमजोरी भएको उनले उल्लेख गरे। लगातार ४८ दिनसम्म केन्द्रीय समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी हुन नसक्नु दु:खद् रहेको उनको भनाइ थियो।
पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको बचाउ गर्दै घिमिरेले कांग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको स्पष्ट पारे। वर्तमान सत्ता विचार र सिद्धान्तभन्दा प्रतिशोधको भावनाबाट सञ्चालित भएको टिप्पणी गर्दै उनले अबको कांग्रेसको संघर्ष लोकतन्त्रको रक्षा र नयाँ पुस्ताको उज्ज्वल भविष्यका लागि हुने दृढता व्यक्त गरे।

'आईजीपीको घरबाटै ३ करोड चोरी, स्रोत के हो ?' : गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै खगेन्द्र सुनार गर्जिए              ...
12/08/2026

'आईजीपीको घरबाटै ३ करोड चोरी, स्रोत के हो ?' : गृहमन्त्री र आईजीपीको राजीनामा माग्दै खगेन्द्र सुनार गर्जिए
नेपाल प्रहरीभित्र सामान खरिदमा अनियमितता भएको र प्रहरी महानिरीक्षक (आईजीपी) को निवासमा भएको चोरी घटना ढाकछोप गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले गम्भीर आरोप लगाएका छन्। बुधबार आयोजित सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले प्रहरी प्रशासनभित्र मौलाएको अनियमितता र ठेकेदारहरूसँगको अस्वाभाविक सम्बन्धमाथि उच्चस्तरीय छानबिनको माग गरे।
आईजीपीको निवासमा भएको चोरी प्रकरणबारे प्रश्न उठाउँदै सांसद सुनारले भने, “आईजीपीको घरमा चोरी भएको हो कि होइन? यदि चोरी भएको हो भने त्यो रकमको स्रोत के हो, उहाँले सार्वजनिक गर्नुपर्छ।”
प्रहरीका लागि आवश्यक सामग्री खरिदमा भएको धाँधलीबारे आपत्ति जनाउँदै उनले थपे, “भाटा खरिदमा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण छ। विपन्न वर्गका छोराछोरी प्रहरीमा भर्ना भएर देशको सेवा गरिरहेका छन्, तर उनीहरूले प्रयोग गर्ने सामग्रीको खरिदमा माथिल्लो निकायबाट ब्रह्मलुट भइरहेको छ।”
छानबिन प्रभावित पार्न नहुने स्पष्ट पार्दै उनले भने, “बर्दी लगाएर वा पदमा बसेर आफूमाथिको छानबिनलाई प्रभावित पार्न पाइँदैन। सार्वजनिक खरिदमा हुने अनियमिततालाई फौजदारी अभियोगका रूपमा अगाडि बढाउनुपर्छ।” छानबिनलाई निष्पक्ष बनाउन उनले गृहमन्त्री, गृह सचिव र आईजीपीको राजीनामा वा निलम्बनको माग राखे।
अनुसन्धानको प्रक्रियाबारे जोड दिँदै सुनारले भने, “विगत १८ वर्षदेखि सुरक्षा बिटमा पत्रकारिता गरेको अनुभवका आधारमा भन्दैछु, ठेकेदार र प्रहरी अधिकारीहरूको कल डिटेल र मोबाइल नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान गरिनुपर्छ। भ्रष्टाचारका ठूला काण्डहरूलाई सामसुम पार्ने प्रवृत्ति अन्त्य हुनुपर्छ र दोषीलाई कठघरामा उभ्याइनुपर्छ।” उनले यस विषयमा तत्काल संसदीय वा अन्य उपयुक्त छानबिन समिति गठन गर्न सभापतिसमक्ष आग्रह गरे।

बागमती एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता                                                     ...
12/08/2026

बागमती एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता
नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने प्रक्रिया अघि बढेको छ। बुधबार संसदीय दलको कार्यालयमा थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
पार्टी नेतृत्वको निर्देशन अनुसार थपलियालाई हटाएर पूर्व स्वास्थ्यमन्त्री किरण थापालाई नयाँ दलको नेता बनाउने तयारी छ। यसका लागि बहुमत प्रदेश सभा सदस्यहरूको हस्ताक्षर संकलन भएको स्रोतको दाबी छ। बागमती सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरण थप जटिल बनेका बेला एमालेले आफ्नै संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाएको हो।

"पार्टी जगले धान्नेभन्दा ठूलो भयो कि भनेर सोच्न बाध्य हुन्छु" : रवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापत...
12/08/2026

"पार्टी जगले धान्नेभन्दा ठूलो भयो कि भनेर सोच्न बाध्य हुन्छु" : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी जगले धान्नेभन्दा ठूलो आकारको बनेको स्वीकार गरेका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीको स्थायी संरचना बन्नुअघि नै विशाल जनसमर्थन प्राप्त भएकाले यसलाई सुरक्षित रूपमा अड्याउने दायित्व आफूहरूकै रहेको स्पष्ट पारे।
पार्टीका आन्तरिक चुनौतीबारे बोल्दै लामिछानेले भने, “हाम्रो बलियो संरचना बन्नुभन्दा पहिले नै धेरै तल्लाको पार्टी बन्यो। जगले धान्नुभन्दा ठूलो आकारको बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु। तर बनिसकेपछि यसलाई सुरक्षित ढंगले जहाँ-जहाँबाट टेको दिनुपर्छ, त्यहीँबाट अड्याउन हामी तयार हुनुपर्छ।” देशमा तीव्र परिवर्तनको चाहना र युवाको आशाका कारण पार्टीले अपेक्षाभन्दा चाँडो ठूलो रूप लिएको उनको भनाइ छ।
गत फागुन २१ को निर्वाचनमा दुई तिहाइ नजिकको बहुमत हासिल गरेपछि रास्वपाले एकल सरकार गठन गरेको थियो। यद्यपि, एकल नेतृत्वमा रहेको सरकारको चार महिनाको कार्यकाल विवादमुक्त भने हुन सकेको छैन।
यसैबीच राजनीतिमा युवा सहभागिताबारे बोल्दै लामिछानेले पुराना भाष्य चिर्नुपर्नेमा जोड दिए। उनले भने, “युवाहरू आलाकाँचा हुन्छन् र अनुभवबिना राजनीति चल्दैन भन्ने भाष्यले अर्को युगका युवालाई नेतृत्वमा आउन रोक्छ। त्यसैले हामीले इमानदार भएर कर्मबाटै युवा सक्षम छन् भन्ने कुरा प्रमाणित गर्नुपर्छ।””

चितवनको सौराहामा बुधबार आयोजित हात्तीको वनभोज । १५ औँ विश्व हात्ती दिवसको अवसरमा आयोजित कार्यक्रममा हात्तीलाई उखु, गाजर,...
12/08/2026

चितवनको सौराहामा बुधबार आयोजित हात्तीको वनभोज । १५ औँ विश्व हात्ती दिवसको अवसरमा आयोजित कार्यक्रममा हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन फ्रुट, स्याउ, केरा, भुईंकटहर, फर्सीलगायत फलफूल–तरकारी दिइएको थियो ।

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी

12/08/2026

सौराहामा हात्तीको वनभोज

Address

Shanihat Biratnagar
Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Koshi Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koshi Online:

Shortcuts

Share