इनरुवा भित्रकाे खबर

इनरुवा भित्रकाे खबर Knowledge is power. Information is liberating. Education is the premise of progress, in every society

04/06/2025

हाम्रो इनरूवाकाे अवस्था पनि ठ्याक्कै यस्तै छ भने जनप्रतिनिधिसमेत ठेकेदार जस्तै छन । हामी इनरूवावासीले अब आउने चुनावमा दुईचार जना यस्तै वडाअध्यक्ष जिताउन आवश्यक छ ।

29/05/2025

इनरुवामा मेयर केदार भण्डारी र जिसस प्रमुख राजन मेहताले आज छुट्टाछुट्टै गणतन्त्र दिवस मनाएपछि वडाअध्यक्ष अनिल पाेखरेलकाे भनाइ जस्ताको त्यस्तै ।। सुनसरीका प्रहरी प्रमुख र जिल्ला प्रशासन प्रमुखनै गणतन्त्रका ठेकेदार मार्फत सुनसरी आउनु भएको छ । तर वाहाहरुनै आजको गणतन्त्रबादीहरुका बिरुद्ध राजधानीमा भएको आन्दोलनमा सहयोग पुग्ने गरी जिल्लामा गणतन्त्र दिवस मनाउन दलहरु फुटाउन लागेको तितो अनुभव भयो आज। यो कुरा गणतान्त्रिक नेतृत्व गर्ने सुनसरीका केन्द्रिय नेताले कसरी लिनु भएको छ? बाकी २०८४ ले निर्णय गर्नेछ।
अनिल पाेखरेल
वडाअध्यक्ष इनरूवा नगरपालिका
५ नम्बर वडा कार्यालय सुनसरी
Pokharel Anil

24/05/2025

इनरूवा नगरपालिका गाउपालिका भन्दा खत्तम अवस्थामा जादैछ।। इनरूवावासीले सधै एउटामात्र पार्टीलाई राेज्ने गरेको परिणाम ।। इनरूवा वरपरका सवै गाउपालिकामा इनरूवा भन्दा ७० गुणा विकास भएको छ । यहाँ जनप्रतिनिधि र कर्मचारी मिलेर भ्रष्टाचार गर्दै ठसक छ । अब आउने चुनावमा परिवर्तन राेजाै ।। भिडियो शंकरनाथ माहाजु

14/05/2025

इनरूवा ६ नम्बर वडा झकनझाेडामा धारामा पानी नआएको ३ दिन भयाे ट्युबवेल कलमा पानी कहिले पनि आउदैन । अहिले १७० घरपरिवार काकाकुल बनेका छन मेयर वडाअध्यक्षलाई ठुला कुरा गर्दै फुर्सद छैन तिर्खाकाे पीडा

सार्वजनिक सुनवाई नै अपारदर्शी इनरूवा नगरपालिकाले २०८२ बैशाख २२ गतेदेखि गरिरहेको सार्वजनिक सुनवाई कार्यक्रम स्थलमा कार्यक...
06/05/2025

सार्वजनिक सुनवाई नै अपारदर्शी
इनरूवा नगरपालिकाले २०८२ बैशाख २२ गतेदेखि गरिरहेको सार्वजनिक सुनवाई कार्यक्रम स्थलमा कार्यक्रममा हुने वा भएको खर्च विवरण सवै सहभागीले देख्ने गरि राख्नुपर्ने कानुनी नियम मान्यता रहेको छ ।
नगरपालिकाकाे कार्यविधिमा समेत उक्त कुरा उल्लेख्य गरिएको छ । तर अहिलेसम्म भएको कार्यक्रममा उक्त खर्च विवरण सार्वजनिक गरिएको छैन ।
साथै हालका मेयर केदार भण्डारीकाे कार्यकालमा एउटै सस्था र व्यक्तिलाई सहजकर्ता र प्रतिवेदनकाे जिम्मेवारी दिएको छ । पत्रकारले पारिश्रमिक लिएर नगरपालिकाकाे सार्वजनिक सुनवाई गरिरहदा नगरपालिका भित्र भएको भष्ट्राचार, अनियमितता लगायतका सेवाग्राहीकाे समस्या कस्ले लेख्छ कस्ले बाेल्छ ?
नगरपालिकाकाे सेवा सुविधा लिने व्यक्ति नगरपालिकाकाे कर्मचारी र जनप्रतिनिधि प्रति जवाफदेही हुने हुदा अहिले इनरुवामा भैरहेको याे कार्यक्रम मात्रै हाेइन ।
सवै कुरामा यस्तै मिलाेमताे छ भनेर आशंका गर्न र प्रश्न उठाउन सकिने प्रशस्त आधारहरू छन ।
इनरूवावासी याे बिषयमा के भन्नु हुन्छ ?

05/05/2025

विकासमा जिराे भाषणमा हिराे
विकासमा सुनसरीमा सवै भन्दा पछि परेको नगरपालिक एकपटक इनरूवा घुमेर हेर्नुस् । मेयर केदार भण्डारीले भने अनुसार केही पनि भेटिदैन ।

इनरूवा बलाहा गडन खाेलादेखी उत्तर खाेला भित्र ७ वटा जेसिभी र २५ वटा टिपर लगाएर गडनकाे डिल र ढिम्कीकाे माटो काटेर टिपरमा म...
30/04/2025

इनरूवा बलाहा गडन खाेलादेखी उत्तर खाेला भित्र ७ वटा जेसिभी र २५ वटा टिपर लगाएर गडनकाे डिल र ढिम्कीकाे माटो काटेर टिपरमा माटाे बाेकीरहेछ । गडन भित्र माटो काटन इनरूवाका मेयरले आफ्ना भाञ्जा र भतिजाहरूलाई लगाउनु भएको छ । अहिलेसम्म तीन महिना भयाे माटो खन्न थालेको १० हजार टिपर भन्दा धेरै माटो निकाल्ने काम भएको छ । आज पनि माटो निकाल्ने काम हुदैछ । गडनमा बसेकाे पुलिसले पनि आखा चिम्लिएकाे छ । अख्तियारमा उजुरी दिने काेही हुनुहुन्छ भने याे उजुरी हालिदिनु हाेला । मेयर सर अहिले विदेशी एकेडेमीमा पढदै हुनुहुन्छ रे विदेशका मेयरहरूलाई खाेलाकाे माटो बेचेर नगरपालिका चलाउदै छु भनेर अनुभव पनि सुनाइदिनु हाेला । शुभकामना शुभकामना शुभकामना

22/04/2025

इनरूवा नगरपालिकामा जागिर खाएको १० वर्ष नपुग्दै ५ जना कर्मचारीले बिराटनगरमा ५ कराेड बढीको जग्गासहित आलिसान महल बनाएकाे फेला परेको छ । प्रतीक्षा गर्नुस घरको फाेटाेसहित विस्तृत आउदै छ।

21/04/2025

इनरूवामा राम्रो नेता भएको भए ।
निर्वाचित जनप्रतिनिधिहरुले राम्रो काम गर्दिएको भए ।
इनरूवा नगरपालिकाका कर्मचारीहरू जनताप्रति इमानदार र राज्यप्रति जवाफदेही भएको भए ।
इनरूवाका जनप्रतिनिधि र कर्मचारी कमिसन घुसखाेर, भ्रष्टाचारी नभएको भए ।
सरकारी बजेटबाट गुणस्तरीय काम भएको भए ।
काम गर्ने ठेकेदार र कामको मुल्यांकन गर्ने इन्जिनियर पेसा प्रति इमान्दार भएको भए ।
इनरूवाबासिहरुले जहिल्यै विकासमा पछि पर्नु पर्दैन थियाे हाेला ।
इनरूवामा शिक्षा, स्वास्थ्य क्षेत्रमा भएको बिकृतीले गर्दा यस्तो दु:ख खेप्नु पर्दैन्थ्यो कि ???
मेयर, वडाअध्यक्षले शासक नभएर सेवक भएको भए ।
कर्मचारीले भ्रष्टाचारी र कामचाेर नभएर राष्ट्र सेवक भएको भए ।
इनरूवामा धेरै क्षेत्रमा विकास हुने थियोे हाेला ?
इनरूवासीहरू के भन्नू हुन्छ ?

मधेशावासीलाई सहयोग गरेको  कि बिक्री गरेको हाे ? इनरूवा ६ मधेशामा एउटा व्यापारी सस्था प्राक्टिकल नेपाल र नामसालिङले सरकार...
18/04/2025

मधेशावासीलाई सहयोग गरेको कि बिक्री गरेको हाे ?
इनरूवा ६ मधेशामा एउटा व्यापारी सस्था प्राक्टिकल नेपाल र नामसालिङले सरकारी अनुदान लिएर विधुतिय इन्डक्सन चुलाे बिक्री गर्न सफल भयाे ।
बजारमा ब्राण्डेड कम्पनीको १४ वाडकाे कम बिजुली उठने इन्डक्सन चुलो ३ हजार रूपैयाँमा ग्यारेन्टीसहित फालाफाल पाईन्छ । यसैगरी बजारमा ब्राण्डेड कम्पनीको स्टिलकाे थ्री लियर कुकर, कराई १५ सय देखि २ हजारसम्म उच्च गुणस्तरीयकाे नै पाईन्छ । राम्रो कम्पनीले यसरी कुनैपनि सामान बिक्री गर्दैन । उस्काे मुल्य फिक्स नै हुन्छ । यहाँ बिक्री गरिएको कम्पनीको सामान कुनै ब्रान्डको गुणस्तरीय हाेइन ।
तर मधेशामा १ हजार सहयोग गरेर निशुल्क वितरण गरेको जसरी फाेटाे खिचेर सामाजिक संजालमा पाेष्ट गरेर ठुलो हल्ला खल्ला गरिदैछ ।
मधेशावासीले कुरा बुझेर हाे कि नबुझेर हाे किन फस्न पुग्नु भयाे ! सामान बेच्ने र किन्नेले कुरा नबुझ्दा काहीं नभएको जात्रा हाडीगाँउमा भनेको यहि हाेला।
नेपाल सरकारले २०७०|-
वडा कार्यालयले १०००|-
चुलाे किन्ने व्यक्तिले ४९३०|-
चुलो र भाडाको मुल्य जम्मा ८०००|-

17/04/2025

इनरूवा नगरपालिका भित्र व्यापक भ्रष्टाचार भएको भन्दै केही वडाअध्यक्षले आफू निकट कार्यकर्ताकाे नामबाट अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा उजुरी दिने तयारी गरेको खबर बाहिर आएको छ। मिलिजुलीमा घटना नमिलाेस

06/04/2025

धरान
भिडियो Eastern vlogger

Address

Inaruwa Sunsari
Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when इनरुवा भित्रकाे खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share