Ramro urlabari

Ramro urlabari everywhere information for all.

28/11/2023

चौध मानिस सवार कोमोरोस–ध्वजाङ्कित एउटा मालवाहक जहाज लेस्बोस द्वीप नजिकै आँधीबेहरीका कारण डुबेको ग्रिसका तटरक्षकहरूले आइतबार बताएका छन्।

एर्ट सरकारी टेलिभिजनले नौसेनाको एउटा हेलिकप्टरले चालक दलका एक सदस्यलाई उठाएको बताएको छ। पाँच मालवाहक जहाज, तीन तटरक्षक जहाज, हवाई सेना र नौसेनाका हेलिकप्टरका साथै नौसेनाको एउटा फ्रिगेट उद्धार कार्यमा सहभागी भएका छन्।

सरकारी एथेन्स समाचार एजेन्सी (एएनए) का अनुसार मालवाहक जहाजमा चालक दलका १४ सदस्य थिए र जहाज नुनले भरिएको थियो। तटरक्षक बललाई उद्धृत गर्दै एएनएले आइतबार बिहान जहाज लेस्बोसको दक्षिण–पश्चिममा समुद्रमुनि आठ दशमलव तीन किलोमिटर तल गएको बताएको छ।

उक्त जहाज इजिप्टको देखेइलाबाट इस्तानबुलतर्फ प्रस्थान गरेको थियो। चालक दलका सदस्यहरूमा दुई सिरियाली, चार भारतीय र आठ इजिप्टेली रहेको एएनएले बताएको छ।

शनिबार ग्रिसका कयौँ भागमा जहाज बन्दरगाहमा थिए र हावाको गति नौदेखि १० थियो जुन ब्युफोर्ट स्केलमा आँधीबेहरी शक्तिका लागि ठूलो आँधी हो। आँधी ओलिभर (यसलाई बेटिना पनि भनिन्छ) एड्रियाटिक सागरबाट ग्रिसतर्फ बढेका कारण हेलेनिक राष्ट्रिय मौसम विज्ञान सेवा (इएमवाई) ले आपत्कालीन मौसम चेतावनीलाई शनिबार ‘खराब मौसम’ बाट ‘खतरनाक मौसम घटना’ मा अपग्रेड गरेको थियो।

28/11/2023

मोरङको उर्लाबारीमा भएको आगलागी घटनामा परी घाइते भएका मध्ये थप एक जनाको मृत्यु भएको छ।

आगोको लपेटामा परी घाइते भएका मध्ये सोमबार राति थप एक जनाको भएको थियो । घाइतेहरूको उपचारका क्रममा मृत्यु हुने संख्या ५ पुगेको प्रहरीले जनाएको छ । कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ स्थित स्नेहा सुनचाँदी पसलमा भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । घाइतेमध्ये ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।धनुषाको जनकनन्दिनी गाउँपालिका घर भई उर्लाबारी–७ मा बस्दै आएका मरिताको राति साढे ११ बजेतिर मृत्यु भएको हो।आगो नियन्त्रणमा लिने क्रममा गम्भीर घाइते भएका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो।

घटनामा घाइते भएकामध्ये उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल (दीपक), ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ।

सुनचाँदी पसलका सञ्चालक दीपक कार्की पनि घाइते भई उपचारमै रहेका छन् ।आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए।आगलागीमा परी घाइते प्रहरी र २० जना स्थानीय गरी २४ जनालाई उपचारका लागि काठमाडौं लगिएको थियो।

सोच्...
28/11/2023

सोच्...

28/11/2023

Urgent Blood Required.
Case: Emergency Dialysis
Blood Group: A Positive (A+)
Golden Hospital
Contact: 9842028952

28/11/2023

Amamamama kasto girlfriend hora tmro

Mero post ma react garda pani risaune😹

Address

Biratnagar

Telephone

+9779814385814

Website

Alerts

Be the first to know and let us send you an email when Ramro urlabari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramro urlabari:

Share