Games Nepal

Games Nepal Games Nepal is here for latest updates on Nepali sports. Sports is the only means to bring bond among people.

As we keep updating our audience with news and entertainment updates. We came up with an idea of creating separate community where we can share only updates for sports lovers.

& here we go :)

30/10/2025

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले ओडिआई क्रिकेटमा दोस्रो शतक बनाएका छन् ।विश्वकप लिग टु मा युएई ...
30/10/2025

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले ओडिआई क्रिकेटमा दोस्रो शतक बनाएका छन् ।
विश्वकप लिग टु मा युएई विरुद्ध शतक प्रहार गर्दै नेपालका लागि ओडिआईमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका हुन् । उनकाे शतक बनाएपनि नेपाल युएईसँग पराजित भयाे । यसअघि उनले पपुवा न्यु गिनी विरुद्ध सन् २०२२ मा ओडिआईमा पहिलो शतक प्रहार गरेका थिए ।

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा न...
30/10/2025

आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाललाई यूएईले ५ विकेटले हराएको हो । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

27/10/2025

भारतविरुद्धकाे खेलमा साबित्रा भण्डारी साम्बाले गरेकाे उत्कृष्ट दाेस्राे गाेल ।

ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाली महिला फुटबल टाेलीले भारतलाई पराजित गरेको छ । कप्तान सावित्रा भण्डारी स...
27/10/2025

ट्राई नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाली महिला फुटबल टाेलीले भारतलाई पराजित गरेको छ । कप्तान सावित्रा भण्डारी साम्बाको दुई गोल मद्तमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।

स्पेनिस लिग ला लिगा क्लब रियाल मड्रिडले ‘एल क्लासिको’को पहिलो लेगमा बार्सिलोनाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको छ ...
27/10/2025

स्पेनिस लिग ला लिगा क्लब रियाल मड्रिडले ‘एल क्लासिको’को पहिलो लेगमा बार्सिलोनाविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको छ । आइतबार रियाललाई घरेलु मैदान स्टाडियो सान्टियोगो बर्नबेउमा जित दिलाउन केलियन एम्बापे र जुड बेलिंघमले गोल गरे । बार्सिलोनाका फेर्मिन लोपेजले गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।

विश्वकपमा छनाेट भएको नेपाली क्रिकेट टाेली आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको ट्रफी सहित ।
17/10/2025

विश्वकपमा छनाेट भएको नेपाली क्रिकेट टाेली आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको ट्रफी सहित ।

17/10/2025

विश्वकप छनाेटकाे उपाधि जितेपछि नेपाली क्रिकेट टाेली ।

सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध १२४ रनको फराकिलो जित निकाल्दै नेपाल आईसीसी एसिया–प्यासिफिक क्षेत्रीय छनोटको च्याम्पिय...
17/10/2025

सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध १२४ रनको फराकिलो जित निकाल्दै नेपाल आईसीसी एसिया–प्यासिफिक क्षेत्रीय छनोटको च्याम्पियन बनेको छ । यसअघि प्रतियोगिताको दुई खेलअगावै आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत जितसहित च्याम्पियन बनेको हो ।

17/10/2025

आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्षेत्रकाे फाइनलको सुपर–६ मा नेपालले समोअविरुद्ध खेल्दै छ ।
विश्वकपमा छनाेट भइसकेकाे नेपालले याे खेल जिते उपाधिसमेत जित्नेछ ।

नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा ओमानलाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १५२ रनको...
15/10/2025

नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा ओमानलाई ३८ रनले पराजित गरेको छ । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाउन सक्यो । विश्वकपमा छनाेट भइसकेकाे नेपाल छनाेटकाे उपाधि नजिक पुगेकाे छ ।

टी-२० विश्वकप यात्राका लागि बधाई तथा शुभकामना टीम नेपाल ।
15/10/2025

टी-२० विश्वकप यात्राका लागि बधाई तथा शुभकामना टीम नेपाल ।

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Games Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Games Nepal:

Share

Category