Rastriya Daily

Rastriya Daily सुचना र संचारको सारथी

लायन्स डिस्ट्रीक्ट ३२५ सीले सामाजिक सद्भाव तथा शान्तिका लागि दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।  विराटनगरको महेन्द्...
04/08/2026

लायन्स डिस्ट्रीक्ट ३२५ सीले सामाजिक सद्भाव तथा शान्तिका लागि दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ । विराटनगरको महेन्द्र चौकमा आयोजित कार्यक्रममा लायन्सकर्मीहरुको सहभागिता रहेको थियो ।

विराटनगरस्थित आर.के. पार्टी प्यालेसमा लायन्स क्लब अफ विराटनगर एलिटको पदस्थापन समारोह सम्पन्न भएको छ। समारोहमा लायन्स अन्...
01/08/2026

विराटनगरस्थित आर.के. पार्टी प्यालेसमा लायन्स क्लब अफ विराटनगर एलिटको पदस्थापन समारोह सम्पन्न भएको छ। समारोहमा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ सी का डिस्ट्रिक्ट गभर्नर लायन लीला चिमरियाले वर्ष २०२६/२७ का लागि अध्यक्ष लायन डा. शिखा रिजाल लगायत पदाधिकारीलाई विभिन्न पदमा पदस्थापन गराएका छन्। निवर्तमान अध्यक्ष २०२५/२६ का लायन डा. दिपेन्द्र नौलखालाई सम्मानपूर्वक बिदाइ गरिएको थियो।

२३ प्रतिस्पर्धीलाई पछि पार्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६
01/08/2026

२३ प्रतिस्पर्धीलाई पछि पार्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सिद्धार्थ सेकेण्डरी विद्यालयमा शनिबार सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत साइबर...
01/08/2026

मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सिद्धार्थ सेकेण्डरी विद्यालयमा शनिबार सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत साइबर अपराध (साइबर क्राइम) सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजीव गिरीले सहजीकरण गरेका थिए।

विद्यार्थीहरूलाई डिजिटल प्रविधिको जिम्मेवार र सुरक्षित प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सहभागितामूलक र प्रभावकारी बनेको विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले जनाएका छन्।

पाकिस्तानको ‘ब्रड पिक’ हिमपहिरोमा परी विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाको मृत्यु पुष्टि
01/08/2026

पाकिस्तानको ‘ब्रड पिक’ हिमपहिरोमा परी विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाको मृत्यु पुष्टि

मोरक्कोबाट करिब ६० हजार आप्रवासी स्पेनको नियन्त्रणमा रहेको स्युटा क्षेत्रमा प्रवेश गरेका छन्। भागदौडका क्रममा कम्तीमा ४३...
01/08/2026

मोरक्कोबाट करिब ६० हजार आप्रवासी स्पेनको नियन्त्रणमा रहेको स्युटा क्षेत्रमा प्रवेश गरेका छन्। भागदौडका क्रममा कम्तीमा ४३ जनाको मृत्यु भएको छ।

हिमाल आरोही निर्मल पुर्जाको निधन भएको आशंका,निर्मल पुर्जाको जीपीएस संकेत : ५,८७८ मिटरको उचाइमा, ब्याट्री ‘लो’, अवस्था स्...
31/07/2026

हिमाल आरोही निर्मल पुर्जाको निधन भएको आशंका,
निर्मल पुर्जाको जीपीएस संकेत : ५,८७८ मिटरको उचाइमा, ब्याट्री ‘लो’, अवस्था स्थिर
पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको विश्वको १२ औँ अग्लो ब्रोड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी सम्पर्कविहीन भएका ख्यातिप्राप्त नेपाली पर्वतारोही निर्मल पुर्जा र उनको टोलीको पछिल्लो स्थितिबारे प्राविधिक विवरण प्राप्त भएको छ ।
सांसद तथा उनका व्यावसायिक साझेदारसमेत रहेका मिङ्मा डेभिडका अनुसार गार्मिन स्याटेलाइट ट्र्याकिङ उपकरणले पठाएको पछिल्लो जिपिएस संकेत अनुसार पुर्जा समुद्री सतहदेखि ५,८७८.६७ मिटरको उचाइमा एकै ठाउँमा स्थिर अवस्थामा रहेको पुष्टि भएको हो ।
४ जनाको शव भेटीएका कारण पुर्जाको मृत्यु भएको आशंका गरिएको छ ।

सुनसरीको देवानगञ्जमा सुरक्षा व्यवस्था कडा, सेनाको हवाई गस्ती जारी ।
29/07/2026

सुनसरीको देवानगञ्जमा सुरक्षा व्यवस्था कडा, सेनाको हवाई गस्ती जारी ।

28/07/2026

देवानगन्जको घटनाप्रती पुर्व मुख्य मन्त्री केदार कार्किको समबेदना, धार्मिक सहिष्णुता कायम राख्नु पर्नेमा जोड ।

सुनसरीको देवंनगजमा साँझ ७ बजेबाट सुरु भएको दोहोरो भिडन्त केही नियन्त्रित हुँदै गएको छ । प्रहरी र सशस्त्र प्रहरीको बाक्लो...
28/07/2026

सुनसरीको देवंनगजमा साँझ ७ बजेबाट सुरु भएको दोहोरो भिडन्त केही नियन्त्रित हुँदै गएको छ । प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति र प्रयत्न पछि भिडन्त काम हुँदै गएको हो । प्रहरीका अनुसार करिब २० वटा घर पसल क्षति भएको अनुमान छ ।

Address

Bargachhi
Biratnagar
44600

Alerts

Be the first to know and let us send you an email when Rastriya Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rastriya Daily:

Shortcuts

Share