
15/09/2025
ओम प्रकाश अर्याल।
गाईको मासु खाने विषयमा दायर रिटविरुद्ध
नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावरको हैसियत दिएको छ र गाईवधलाई पूर्णतया निषेध गरेको छ। तर अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा गाईको मासु खान पाउनुपर्छ भन्ने माग गर्दै रिट दायर गर्नु धार्मिक भावनासँगै राष्ट्रिय मर्यादाविरुद्ध भएको कुरा प्रष्ट हुन्छ।
गाई नेपाली संस्कृति, कृषि र आस्थाको आधारस्तम्भ हो। दुध, दही, घिउ, मूत्र र गोबरजस्ता पाँच अमृतद्वारा गाईलाई आमा सरह मानिन्छ। यस्तो अवस्थामा गाई काट्न पाइने वा गाईको मासु खान पाइने तर्क गर्नु नेपाल राष्ट्रकै आत्मासँग खेलबाड गर्नु हो।
नेपालको कानुन अनुसार गाई काट्ने वा गाईको मासु खान खोज्ने व्यक्ति वा संस्थामाथि कारबाही हुनुपर्छ। अर्यालले हालको संविधान, धर्म, संस्कृति र जनभावनाविपरीत दायर गरेको रिट अस्वीकार्य छ। यस्तो सोचले समाजमा विवाद र द्वन्द्व निम्त्याउने भएकाले यसको कडा विरोध गर्नु आवश्यक छ।