गतिबिधि

गतिबिधि पल पलको गतिबिधि

प्युठानको मित्रमणि चोक बिजुवारमा शनिबार आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्दै डा महावीर पुन । तस्बिर ः केश...
23/03/2024

प्युठानको मित्रमणि चोक बिजुवारमा शनिबार आफ्नै जीवनीमा आधारित ‘महावीर पुन’ नामक किताब बेच्दै डा महावीर पुन । तस्बिर ः केशरजङ्ग सुनार

हाईब्रिड जातको मकैको घोगामा दाना नलागेपछि खाली घोगा देखाउँदै बागमती नगरपालिका–४, का किसान राम विश्वास महतो । बागमती र बर...
23/03/2024

हाईब्रिड जातको मकैको घोगामा दाना नलागेपछि खाली घोगा देखाउँदै बागमती नगरपालिका–४, का किसान राम विश्वास महतो । बागमती र बरहथवा नगरपालिका क्षेत्रका धेरै क्षेत्रफलमा लगाइएको हाईब्रिड जातको मकैमा दाना लागेको छैन । तस्बिर ः सिंगबहादुर थापा

तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँस्थित अनन्त व्यास आमा समूहमा आबद्ध महिलाहरु मादल बजाउन सिक्दै । समूहको आर्थिक स्रोतमा...
23/03/2024

तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँस्थित अनन्त व्यास आमा समूहमा आबद्ध महिलाहरु मादल बजाउन सिक्दै । समूहको आर्थिक स्रोतमा एक जना प्रशिक्षक राखेर आयोजना गरिएको १५ दिने तालिममा दुई चरणमा गरी चालिस महिलाहरु सहभागी भएका छन् । तस्बीर : सानेबहादुर नेपाली

सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षे...
23/03/2024

सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा पुगेर तस्बिर कैद गर्ने गर्छन् । तस्बिर : सुवास दर्नाल

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ को पाम्समा शनिबार दुर्घटनामा परेको सु.प.प.००१ ज ११८३  नम्बरको बोलेरो ज...
23/03/2024

हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका–४ को पाम्समा शनिबार दुर्घटनामा परेको सु.प.प.००१ ज ११८३ नम्बरको बोलेरो जीप । तस्बिर : दाने बोहरा

म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ । हिउँदयाममा चरनका लागि बेसीक...
13/03/2024

म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ । हिउँदयाममा चरनका लागि बेसीका फाँटमा झारिएको गोठलाई लेकाली क्षेतर्फ लैजान थालिएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर स्थित चुनपहरामा साहसिक खेल चट्टान आरोहण गर्दै स्वदेशी पर्यटकहरु । यो पहरा चट्टान आ...
13/03/2024

तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर स्थित चुनपहरामा साहसिक खेल चट्टान आरोहण गर्दै स्वदेशी पर्यटकहरु । यो पहरा चट्टान आरोहणका लागि हबको रुपमा परिचित बनेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका–४ कोट गाउँ नजिकै रहेको बार्जकोट दरबारको भग्नावशेष । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले...
13/03/2024

बाजुराको बुढीगंगा नगरपालिका–४ कोट गाउँ नजिकै रहेको बार्जकोट दरबारको भग्नावशेष । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ ।

परम्परागत पहिरनमा सजिएका दाङ देउखुरी राप्ती गाउँपालिका-५ स्थित मिलन महिला समूह लठ्ठहवाका थारु महिला ।
13/03/2024

परम्परागत पहिरनमा सजिएका दाङ देउखुरी राप्ती गाउँपालिका-५ स्थित मिलन महिला समूह लठ्ठहवाका थारु महिला ।

जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र काठमाडौँले मोरङको बेलबारी–४ काकुमस्थित वन क्षेत्रमा ९९ वर्षका लागि जमिन लिजमा लिएर ल...
13/03/2024

जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र काठमाडौँले मोरङको बेलबारी–४ काकुमस्थित वन क्षेत्रमा ९९ वर्षका लागि जमिन लिजमा लिएर लगाइएको ढकमक्क फुलेको क्यामोमाइल वनस्पति । क्यामोमाइल प्रशोधनपश्चात् विदेश निर्यात हुने गरेको छ ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफाभित्र खाजा पकाएर खाँदै आन्तरिक पर्यटकहरु । करिब १५ मिटर...
13/03/2024

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफाभित्र खाजा पकाएर खाँदै आन्तरिक पर्यटकहरु । करिब १५ मिटर लामो विभिन्न प्राकृतिक आकृतिहरु देखिने लुङबुक गुफा पर्यटकको पर्खाइमा छ ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतका सम्बन्धमा धारणा राख्दै नागरिक...
13/03/2024

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतका सम्बन्धमा धारणा राख्दै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ ।

शुक्लाफाँटा नगरपालिका-५ मा बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय भूमि आयोगद्वारा तयार गरिएको जग्गाधनी प्रमाण पूर्जा स्थानी...
13/03/2024

शुक्लाफाँटा नगरपालिका-५ मा बुधबार आयोजित कार्यक्रममा राष्ट्रिय भूमि आयोगद्वारा तयार गरिएको जग्गाधनी प्रमाण पूर्जा स्थानीय जग्गाधनीलाई हस्तान्तरण गरिँदै । विगतका आयोगको अपुरो कार्य अन्तर्गत ८४ जनालाई जग्गाधनी पूर्जा वितरण गरिएको छ ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित सि.सं.९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको आज बुधबार आयोजित शुभारम्भ कार्यक्रममा ...
13/03/2024

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित सि.सं.९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको आज बुधबार आयोजित शुभारम्भ कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रधान सेनापति प्रभुराम शर्मा ।

गुल्मीको सदरमुकाम तम्घासमा शनिबारदेखि सुरू भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ, नेपालको लुम्बिनी प्रदेश कमिटीको दोश...
09/03/2024

गुल्मीको सदरमुकाम तम्घासमा शनिबारदेखि सुरू भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ, नेपालको लुम्बिनी प्रदेश कमिटीको दोश्रो अधिवेशनमा नौमती बाजा बजाउँदै धुर्कोट गाउँपालिका–१ नयाँगाउँका जनजाती नैमती बाजा महिला समूह ।

संस्कार समाज नेपालले शनिबार काठमाडौँ महानगरपालिका–२६ नवसङ्गम मार्गदेखि पवित्रनगरसम्म गरेको १९९औँ हप्ताको जनचेतनामूलक सरस...
09/03/2024

संस्कार समाज नेपालले शनिबार काठमाडौँ महानगरपालिका–२६ नवसङ्गम मार्गदेखि पवित्रनगरसम्म गरेको १९९औँ हप्ताको जनचेतनामूलक सरसफाइ कार्यक्रममा सहभागीहरु ।

महाशिवरात्री पर्वको अवसरमा  शुक्रबार पूजा-अर्चनाका लागि  पशुपतिनाथ मन्दिर पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेललगायत ।
08/03/2024

महाशिवरात्री पर्वको अवसरमा शुक्रबार पूजा-अर्चनाका लागि पशुपतिनाथ मन्दिर पुग्नुभएका राष्ट्रपति रामचन्द्र पौडेललगायत ।

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रीका अवसरमा शुक्रबार गरिएको  सवा दुई करोड दीप प्रज्व...
08/03/2024

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रीका अवसरमा शुक्रबार गरिएको सवा दुई करोड दीप प्रज्वलन ।

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when गतिबिधि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share