Koshi Aawaj

Koshi Aawaj जहाँ बोल्छ जनताको आवाज,
त्यहीँ गुञ्जिन्छ — कोशी आवाज
खबरदेखि विचारसम्म

हाम्रो बारेमा
कोशी आवज मिडिया प्रा. लि।
कम्पनी दर्ता न। : ३६२५१८/८१/८२
पान न। : ६२२३१९०५४
प्रेस काउन्सिल दर्ता नन। : ४९४१-२०८१/०८२
सूचना विभाग दर्ता नम्बर। : ४९४२-२०८१/२०८२

व्यवसायी तथा समाजसेवी हाजी हसन अन्सारीले प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।सामाजिक उत्तरद...
27/08/2026

व्यवसायी तथा समाजसेवी हाजी हसन अन्सारीले प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ।

सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनासहित उहाँले उक्त रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गर्नुभएको हो।

उहाँको यो सहयोगप्रति विभिन्न क्षेत्रबाट प्रशंसा भइरहेको छ।

शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा चितवनबाट दुई जना पक्राउ ।चितवनमा बाढीले बगाएर ल्याएको एक व्यक्तिको शवबाट कानको सु...
27/08/2026

शवबाट सुनको मुन्द्रा चोरी गरेको आरोपमा चितवनबाट दुई जना पक्राउ ।

चितवनमा बाढीले बगाएर ल्याएको एक व्यक्तिको शवबाट कानको सुनको मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शवबाट जबर्जस्ती सुनको मुन्द्रा तानिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

📢 सूचना तथा जानकारीको अनुरोध !!Upper Trishuli 3A Hydropower Project मा काम गर्ने सुवर्ण गाउँपालिका–४, हर्दिया निवासी रमे...
27/08/2026

📢 सूचना तथा जानकारीको अनुरोध !!

Upper Trishuli 3A Hydropower Project मा काम गर्ने सुवर्ण गाउँपालिका–४, हर्दिया निवासी रमेश कुमार यादव आज बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन रहनुभएको जानकारी प्राप्त भएको छ।

उक्त परियोजनामा कार्यरत सहकर्मी, साथीभाइ तथा उहाँलाई चिन्नुहुने कसैसँग उहाँको अवस्थिति वा अन्य कुनै जानकारी भएमा परिवार तथा सम्बन्धित व्यक्तिलाई जानकारी गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

📞 सम्पर्क नम्बर:
9845025114
9763989000
9844192135

कृपया यो सूचना Share गरी सम्बन्धित व्यक्तिसम्म पुर्‍याउन सहयोग गरिदिनुहोला। 🙏

🚨 अत्यन्त जरुरी सूचना: बेपत्ता व्यक्तिहरूको खोजी 🚨सप्तरीका एकै परिवारका तीन दाजुभाइ आफ्नो काम गर्ने प्रोजेक्ट साइटबाट बे...
27/08/2026

🚨 अत्यन्त जरुरी सूचना: बेपत्ता व्यक्तिहरूको खोजी 🚨
सप्तरीका एकै परिवारका तीन दाजुभाइ आफ्नो काम गर्ने प्रोजेक्ट साइटबाट बेपत्ता हुनुभएको छ। उहाँहरूलाई सकुशल फेला पार्न र परिवारसमक्ष ल्याउन मद्दतको लागि हामी सम्पूर्ण समुदायलाई यो सूचना सक्दो सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
बेपत्ता व्यक्तिहरूको नाम:
१. शिव कुमार यादव
२. देव कुमार यादव
३. सचित कुमार
पछिल्लो पटक देखिएको स्थान / प्रोजेक्ट साइट:
📍 अपर त्रिशूली-१ जलविद्युत आयोजना (२१६ मेगावाट) - DOOSAN Energibility
स्थायी ठेगाना (गृहजिल्ला):
📍 सप्तरी
📞 सम्पर्क नम्बर:
यदि तपाईंले उहाँहरूलाई कतै देख्नुभएको छ वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी छ भने, कृपया तुरुन्तै यो नम्बरमा सम्पर्क गर्नुहोला: 9803185282
कृपया यो पोस्ट सक्दो सेयर (SHARE) गरिदिनुहोला। तपाईंको एउटा सेयरले उहाँहरूलाई परिवारसँग भेट गराउन ठूलो मद्दत पुर्‍याउन सक्छ।

सहयोगको अपिल : सुरज मण्डल सम्पर्कविहीनमोरङको रङ्गेली नगरपालिका–८, भौवान निवासी सालो–सुरज मण्डल हाल २१६ मेगावाट क्षमताको ...
27/08/2026

सहयोगको अपिल : सुरज मण्डल सम्पर्कविहीन

मोरङको रङ्गेली नगरपालिका–८, भौवान निवासी सालो–सुरज मण्डल हाल २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा मेकानिकल इन्जिनियरका रूपमा कार्यरत हुनुहुन्छ।

उहाँसँग सम्बन्धित कुनै जानकारी वा सम्पर्क भएमा परिवारजनलाई जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

📞 सुरज मण्डल: ९८६६२५७२६६
📞 परिवार: ९८४२०९४६४१ / ९८१२३१६६८० / ९८१०४९१४९९

सम्बन्धित सबैले यो पोस्ट शेयर गरी सहयोग गरिदिनुहुन अनुरोध छ।

26/08/2026

रसुवाको बाढी प्रभावित क्षेत्रको हेलिकप्टर भ्यू—जहाँ चारैतिर विनाश र पीडाको कहालीलाग्दो दृश्य देखिन्छ। प्रकृतिको यो विपत्तिले सबैको मन नै स्तब्ध बनाएको छ।

रसुवा बाढीका कारण ४४ सैनिक सम्पर्कविहीन भएका छन।नेपाल प्रहरीका पनि ३२ जना र सशस्त्र प्रहरीका पनि ९ जना सुरक्षाकर्मी सम्प...
26/08/2026

रसुवा बाढीका कारण ४४ सैनिक सम्पर्कविहीन भएका छन।

नेपाल प्रहरीका पनि ३२ जना र सशस्त्र प्रहरीका पनि ९ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् ।

रसुवामा सम्पर्कविहीन भएको आशंकारसुवा — Upper Trishuli 3B Hydropower Project मा इन्टर्नसिपका लागि रहेका तथा रसुवाबाट ट्रे...
26/08/2026

रसुवामा सम्पर्कविहीन भएको आशंका

रसुवा — Upper Trishuli 3B Hydropower Project मा इन्टर्नसिपका लागि रहेका तथा रसुवाबाट ट्रेकिङका क्रममा रहेका केही व्यक्तिहरू सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ।

उपलब्ध विवरणअनुसार निम्न व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ:

* सृष्टि बास्तोला — ९७६३२५९१५२
* समीर पौडेल — ९८६३२९४४६०
* शिशिर गिरी — ९८४८०२९०९८
* समीर ढुंगेल (Upper Trishuli 216) — ९८४०७३७३८८
* परिवार सम्पर्क: ९८४०४०२०२४
* बाबुराम खत्री (KC) — ९८४९९९१७४९

प्राप्त जानकारीअनुसार बाबुराम खत्री (KC) ट्रेकिङका क्रममा रसुवाबाट सम्पर्कविहीन भएको बताइएको छ।

घटनाबारे थप विवरण तथा आधिकारिक पुष्टि हुन बाँकी रहेकाले सम्बन्धित परिवार, साथीभाइ तथा सरोकारवाला निकायलाई आवश्यक समन्वय र खोजी कार्यमा जुट्न आग्रह गरिएको छ।

सम्पर्कविहीन व्यक्तिहरूबारे कुनै जानकारी प्राप्त भएमा माथि उल्लेखित सम्पर्क नम्बरमा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ।

26/08/2026

बाढी पछि त्रीशुली बजार को अवस्था ।

Address

Morang
Biratnagar
56602

Alerts

Be the first to know and let us send you an email when Koshi Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share