Namaste Biratnagar

Namaste Biratnagar सुचना समाचार र मनोरञ्जन को लागि हाम्रो पेज लाइक गर्नुहोस

के यो समाचार सहि हो .....?यस्तो भए कति राम्रो हुन्थियो नेपालमा ❤️काठमाडौंका सडकमा गुड्ने थोत्रा बस, जथाभावी ओराल्ने-चढाउ...
19/04/2026

के यो समाचार सहि हो .....?
यस्तो भए कति राम्रो हुन्थियो नेपालमा ❤️

काठमाडौंका सडकमा गुड्ने थोत्रा बस, जथाभावी ओराल्ने-चढाउने सास्ती र खलासीको "अलिक छिटो चढ्नुहोस्" भन्ने वाक्यबाट अब नेपालीले मुक्ति पाउने संकेत देखिएको छ। सरकारले नेपालको यातायात प्रणालीलाई पूर्णतः डिजिटल र एकीकृत बनाउन 'युरोपेली मोडेल' भित्र्याउने तयारी थालेको छ।

​ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा यातायात क्षेत्रमा ठूलो 'सर्जरी' गर्ने योजना अघि सारिएको छ, जसले हाम्रो यात्रा गर्ने शैली नै बदलिदिनेछ।

​के हो 'इन्ट्रिग्रेटेड' र 'युरोपेली' मोडेल?

​युरोपका विकसित सहरहरूमा जस्तै अब नेपालमा पनि एकीकृत यातायात प्रणाली (Integrated Transport System) लागू गरिँदैछ। यसको अर्थ हो— तपाईंसँग एउटा मात्रै 'स्मार्ट कार्ड' हुनेछ। त्यही कार्डले तपाईंले बस, ट्याक्सी र भविष्यमा चल्ने मेट्रो, केबलकार वा रेलको भाडा तिर्न सक्नुहुनेछ।

​पकेटमा खुद्रा पैसा नहुने झन्झट र भाडामा ठगिने डर अब इतिहास बन्नेछ।

​स्मार्ट कार्ड: एउटै साँचोले सबै ढोका खुल्ने
​सरकारले ल्याउन लागेको यो कार्ड केवल भाडा तिर्ने माध्यम मात्र हुने छैन। यसका मुख्य विशेषताहरू यस्ता छन्:

​नगदरहित यात्रा: कन्डक्टरलाई पैसा बुझाउनु पर्दैन, मेसिनमा कार्ड 'ट्याप' गरे पुग्छ।

​समयको बचत: एउटा रुटबाट अर्को रुटमा गाडी बदल्दा छुट्टाछुट्टै टिकट काट्नु पर्ने छैन।

​पारदर्शिता: भाडाको दर सरकारले तोकेअनुसार सफ्टवेयरले नै काट्नेछ, जथाभावी भाडा असुल्न पाइने छैन।

​किन चाहियो यो परिवर्तन?

​अहिले नेपालको सार्वजनिक यातायात 'अराजक' छ। थोत्रा गाडी, मनपरी भाडा र जामको सास्तीले सर्वसाधारण हैरान छन्। यो नयाँ मोडेल आएपछि:

१. रुट व्यवस्थापन: कुन रुटमा कति गाडी चाहिन्छ भन्ने तथ्यांक डिजिटल प्रणालीबाटै ट्रयाक हुनेछ।

२. प्रदूषण नियन्त्रण: पुराना गाडी विस्थापित गरी ठूला र आधुनिक बसहरूलाई प्राथमिकता दिइनेछ।

३. डिजिटल रेकर्ड: यात्रुले कति दूरी पार गर्यो र कति पैसा खर्च भयो, सबै विवरण मोवाइल एपमै हेर्न सकिनेछ।

​बालेनको 'स्मार्ट' सपना र चुनौती

​प्रधानमन्त्री बालेन शाहले काठमाडौं महानगरको मेयर हुँदादेखि नै देखेको यातायात व्यवस्थापनको सपना अब राष्ट्रिय नीतिमा परिणत हुँदैछ। तर, यो बाटो सहज भने छैन। दशकौंदेखि जरा गाडेर बसेको यातायात सिन्डिकेट र डिजिटल पूर्वाधारको अभाव यसका मुख्य चुनौती हुन्।
​सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकामा यो प्रणाली परीक्षण गर्ने र सफल भएपछि देशका अन्य प्रमुख सहरहरूमा विस्तार गर्ने लक्ष्य राखेको छ।

​अबको यात्रा कस्तो होला?

​कल्पना गर्नुस् त, तपाईं घरबाट निस्किनुहुन्छ, मोवाइल एपमा बस कुन ठाउँमा आइपुग्यो भनेर हेर्नुहुन्छ, ठ्याक्कै समयमा स्टेसन पुग्नुहुन्छ, कार्ड ट्याप गर्नुहुन्छ र मर्यादित रूपमा यात्रा गर्नुहुन्छ। यो युरोपको कथा मात्र होइन, अबको केही समयमा नेपालको यथार्थ बन्ने सरकारी दाबी छ।

18/04/2026
छोरामान्छेको जुनी — काँधमा जिम्मेवारी बोकेको छोरामान्छे एउटा काँधमा आशा र अर्को काँधमा मृत्यु बोकेर हिडेको हुन्छ । उसले ...
27/01/2026

छोरामान्छेको जुनी — काँधमा जिम्मेवारी बोकेको छोरामान्छे एउटा काँधमा आशा र अर्को काँधमा मृत्यु बोकेर हिडेको हुन्छ । उसले कमाउने चार पैसाले घरको चार जनाको पेट धानिन्छ भने ऊ आफ्नो पिडालाई बिर्सेर काम गर्छ । उसले आफ्नो जीऊबाट बगेको पसिना हेर्दैन, हातमा उठेको ठेला हेर्दैन, धुस्रो र मैलो कपडा हेर्दैन, फाटेको जुत्ता हेर्दैन, गाह्रो साह्रो र अफ्ट्यारो हेर्दैन । र पनि ऊ आफ्नाहरूको खुसीले आफ्नो दुखलाई भुल्ने गर्छ ।

पैसा नहुँदा समाजमा छोरामान्छेले नै टोकसो खान्छ, समाज मात्र होइन परिवारले नै उसैलाई निकम्मा र असक्षम भनिदिन्छन् । तर शुन्यबाट पैसा कमाउन कति गाह्रो छ, सायद त्यो पिडा हरेक दिन जोखिम मोलेर काम गर्ने छोरामान्छेलाई नै थाहा हुन्छ ।

तस्विर: धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–३ मा खानेपानीको ट्याङ्की खन्ने क्रममा माटोले पुरिँदा एक युवा अर्धपुरिएको अवस्थामा उद्धारको पर्खाइमा रहंदाको तस्विर ।

स्रोत : सामाजिक सञ्जाल (Routine Of Panchkhal)

बाबुराम! भारत र पश्चिमाको बलियो एजेण्ट हो , अनि  यो एजेण्ट    बालेन रवि र स्वार्णिम को राजनीतिक गुरु हो | सिधै रास्वपा प...
24/01/2026

बाबुराम! भारत र पश्चिमाको बलियो एजेण्ट हो , अनि यो एजेण्ट बालेन रवि र स्वार्णिम को
राजनीतिक गुरु हो | सिधै रास्वपा प्रवेश गर्दा
आलोचना हुन्छ भनेर योजना अनुसार पहिले उम्मेद्वारी
अनि पछि फिर्ता !! रास्वपालाई समर्थन |
के देशले बिर्सियो त्यो कहाली लाग्दो १० बर्से
धन युद्ध को योजनाकार भारुरामको कर्तुत ?
नेपालको स्वाभिमान , सार्वभौम , सभ्यता र सस्कृतिको
आलोचना गरेर न थाक्ने , नेपाल र नेपालीको कहिलै
भलो न चाहने , नेपाली नेपाली बीच जातियताको फाटो ल्याउने ,
जातीय नारा दिएर देशै टु * टुक्र्याउने सम्मको भूमिका खेल्ने मान्छे लाई रास्वपाले भावी रास्ट्र पतीको लागी यत्रो गेम खेल्दा पनि
जय बालें जय रवि जय स्वर्णिम जय रास्वपा मात्र भन्छन तर खवरदारी छैन |
यहा त केपी ओलीका भन्दा पनि महा झोले निस्किए !
सबै सिद्धिए पछि पछुताएर के गर्छौ जनता हो आखा खोल |

राजालाई रोक्न र देश सक्क्याउन , विदेशिलाई बुझाउन यति ठूलो खेल हुँदै रहेछ ! दिल निशानिले खोलिदिए ( पूरा पढ्नुस )आज देशमा ...
24/01/2026

राजालाई रोक्न र देश सक्क्याउन , विदेशिलाई बुझाउन यति ठूलो खेल हुँदै रहेछ ! दिल निशानिले खोलिदिए ( पूरा पढ्नुस )

आज देशमा जुन एक प्रकारको संकटकालिन परिस्थिति देखिएको छ, यसको गन्ध डा. बाबुराम भट्टराईले बीस वर्ष अगाडि पाइसकेका थिए।

देशमा शहरी बिद्रोह भएमा परिवर्तन उल्टिन सक्ने खतरा भएको भन्दै बाबुरामले मुख्य दलहरू बाहेकको वैकल्पिक शक्तिको कल्पना गरेका थिए। जसअनुसार विवेकशील नेपाली लगायतका केही दल देखा परे, जसलाई आर्थिक लगानी अदृश्य शक्तिहरूको थियो। बाबुराम विवेकशीलको शुभेच्छुक थिए।

राजाले टाउको उठाएमा त्यसको प्रतिवाद पुरातन दलहरूले गर्न नसक्ने बाबुरामको ठहर थियो। दिवंगत उज्जवल थापासँग मैले पनि संवाद गर्ने मौका पाएको थिए। त्यो बेला उनले लोकतन्त्रको रक्षाका लागि वैकल्पिक शक्ति निर्माण नगरे निरंकुशतन्त्र फर्किन सक्ने खतरा रहेको बताएका थिए।

तर बीचमा राजेन्द्र लिङ्देनको उदय भयो। “नेताहरू गाउँ गए भने चोर आयो भन्छन्” भनेर तीन दलका शिर्ष नेताहरूको अगाडि भाषण गरेपछि असन्तुष्ट युवाहरूको ध्यान लिङ्देनतर्फ सोझिन थाल्यो। त्यो बेला राजावादीहरूको माहोल पनि तीब्र हुँदै थियो।

पूर्वराजा ज्ञानेन्द्र शाह समेत जनमतसंग्रहको लागि तयारी गर्दै थिए। तर बाबुरामले बीचमा बालेन साह नाम गरेको पात्र जन्माइ दिए। त्यसपछि काठमाडौंमा रहेका दरबारियहरूको शक्ति बालेनतर्फ केन्द्रित हुँदै गयो।

यसरी राजावादी शक्तिको टाउकोमा टेकेर बालेनले बाबुरामको रणनिती अनुसरण काम गर्दै आए। केही दिन अघि बालेन र बाबुरामको प्रत्यक्ष भेट भएको थियो। हिजो बालेनले फोन गरेपछि बाबुरामले गोर्खाको उम्मेदवारी फिर्ता लिए।

हिजो मात्रै स्वर्णिम वाग्लेले पनि बाबुरामको प्रशंसा गर्दै बाबुरामसँगको फोटो सञ्जालमा हालेका छन्। केही समयअघि बाबुराम र स्वर्णिम पालैपालो दिल्ली गएर फर्किएका थिए।

रवि लोकप्रिय मान्छे हुन्। रवि सोझा पनि हुन्। तर रविलाई राजनीतिबारे धेरै थाहा छैन। विदेशबाट फर्किएको मान्छे पैसाको लोभी हुन्छ। लोभको कारण रविले दुःख पाएका हुन्। तर बालेन साह परिचालित मान्छे हुन्।

जेनजी बिग्रोहपछि जंगी अड्डामा राजतन्त्रको विकल्प प्रस्तुत भएको थियो। तर बालेनले मानेनन्। कारण बाबुराम। शितल निवासमा शुसिला कार्कीको सपथ ग्रहण समारोहमा अरू कोही पूर्वप्रधानमन्त्री उपस्थित भएनन्, तर बाबुराम उपस्थित थिए। कारण बालेन। संसद विघटनको माग पनि बाबुरामकै हो, किनभने उनी यो संसदमा थिएनन्।

अहिले नेपालको शासन–सत्ता शेरबहादुर, केपी, प्रचण्ड कसैको हातमा छैन। ज्ञानेन्द्र र शुसिलाको हातमा पनि छैन। नेपालको शासन–सत्ता मूलतः “इन्डो–अमेरिकन ग्याङको” हातमा पुगेको छ।
दरिद्रता र अज्ञानताबाट ग्रसित नेपाली कलाकार, सोकल्ड सेलिब्रिटीहरू पनि यही ग्याङको हिस्सेदारी बन्न पुगेका छन्।

मैले यहाँ राजतन्त्रको पैरवी गरेको हैन। तर राजनीति कति निर्मम र षड्यन्त्रमा बग्दछ भनेर सानो उदाहरण मात्रै दिएको हो।यतिबेला अवसरवादी नेपाली युवाहरू, अनपढ बा–आमा र आइमाईहरू त्यसै -त्यसै मच्चिएका छन्।

एकथान मोबाइलमा प्राप्त गरेका मिसइन्फर्मेशन, म्यानुपुलेटेड कन्टेन्ट, मोनिटाइजेशनवाला हरुको डिस–इन्फरफेसन र साम्राज्यवादीहरूको अल्गोरिदमले नेपालीको चेतना ध्वस्त भैसकेको छ।यतिबेला नेपाल सफ्ट प्रकारको सिक्किमिकरण र हार्ड प्रकारको फिजिकरणतर्फ अगाडि बढेको छ।

निर्वाचन र नयाँ विजेता सांसदहरूले मात्रै समस्याको समाधान हुन्छ भनेर कसैले चिताएको छ भने, तिनीहरुले बुझ्नु पर्छ, त्यस्तो त केवल नमक हरामले मात्रै चिताउन सक्छ। बालेन लाई भोट हाल्नु भनेको बाबुराम लाई भोट हाल्नु हो। नेपाली जनताको मास सेन्टिमेन्टको यो हदसम्मको दुरुपयोग नेपाली इतिहासमा यसभन्दा अघि कहिल्यै भएको थिएन।

नामै मालपानी रहेछ । माल त कति आउदो हो कति । तर हाम्रो प्रश्न चाहिँ पारदर्शिताको लागि हो ।अहिलेसम्मका नेताहरुले यही पारदर...
24/01/2026

नामै मालपानी रहेछ । माल त कति आउदो हो कति । तर हाम्रो प्रश्न चाहिँ पारदर्शिताको लागि हो ।

अहिलेसम्मका नेताहरुले यही पारदर्शिता नदेखाउदा देशको हालत यो भयो । अबका नेताले पनि पारदर्शिता नदेखाउने हो भो देशको हालत कहिले सुध्रिने ? पहिलो कुरा त मालपानीको धन्दा नै अपारदर्शी रहेछ । स्रोत नै अपरदर्शी भएपछि प्रयोगकर्ता कसरी पारदर्शी होला त ?

तर हामीमा एउटा दुख छ र भगवान बुद्धले भने जस्तो "दुखको कारण छ" । त्यो कारण के हो भने आफ्नो नेताले गरेको जतुसुकै भ्रष्ट आचरणलाई पनि पवित्र ठान्छौँ । यो परम्परा बिगत ३५ वर्षदेखी निरन्तर चलिरहेको छ । अहिले आएर यी परम्परा ब्रेक हुन्छ कि भन्ने आस थियो । तर संकेत सकारात्मक देखिएन ।

साभार : फेसबुक

हार्दिक श्रद्धाञ्जली ! 💐💔सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-८ सोनयाहीस्थित हुलाकी राजमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना ...
16/01/2026

हार्दिक श्रद्धाञ्जली ! 💐💔

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-८ सोनयाहीस्थित हुलाकी राजमार्गमा मार्बल बोकेको ट्रक दुर्घटना ज्यान गुमाउने हरु

जुट्याे सहमति : क्षतिपूर्ति बापत ट्रक र मार्वल ब्यवसायीले प्रतिव्यक्ति ११ लाख दिने ।गाउँपालिकाले १ लाखका दरले छुट्टै उपल...
16/01/2026

जुट्याे सहमति : क्षतिपूर्ति बापत ट्रक र मार्वल ब्यवसायीले प्रतिव्यक्ति ११ लाख दिने ।गाउँपालिकाले १ लाखका दरले छुट्टै उपलब्ध गराउने । #दुर्घटनामा ५ कामदार मृत्यु घटना

Address

Biratnagar

Telephone

+9779818397748

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Biratnagar:

Share