Namaste Biratnagar

Namaste Biratnagar सत्य तथ्य घटना , समाचार र मनोरञ्जन को लागि हाम्रो पेज लाइक गर्नुहोस

चिप्लिएर दाइ डुबे, जोगाउन खोज्दा भाइ पनि बिलाए गोसाइँकुण्डमैरसुवाको गोसाइँकुण्डमा आइतबार बेपत्ता भएका मोरङका दुई युवा सो...
28/07/2025

चिप्लिएर दाइ डुबे, जोगाउन खोज्दा भाइ पनि बिलाए गोसाइँकुण्डमै

रसुवाको गोसाइँकुण्डमा आइतबार बेपत्ता भएका मोरङका दुई युवा सोमबार बिहान मृ*त अवस्थामा फेला परे।

घुमिरहन र ट्रेकिङमा गइरहन रूचाउने मोरङ बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर ३ का २९ वर्षीय सुजन ढकाल मामा फुपुका छोरा थिए।

मनोजका मामाका छोरा थिए सुजन। मनोज काठमाडौंमै बसेर कम्प्युटरसम्बन्धि काम गर्थे। सुजन विराटनगरस्थित एनआइसी एसिया लघुवित्तमा कार्यरत थिए।

घुम्न रूचि राख्ने यी दुवैले सल्लाह गरेर यसपटक गोसाइँकुण्ड जाने निधो गरेका थिए।

‘फोनमा सल्लाह गरेर त्यता जाने भएपछि सुजन शुक्रबार काठमाडौं गएको थियो,’ सोही परिवारका सदस्यसमेत रहेका मोरङका पत्रकार विवेक मिश्रले भने, ‘शनिबार रसुवा पुगेका उनीहरूको साथमा हाम्रै परिवारकी एक जना बहिनी पनि थिइन्। त्यहाँ दु’र्घटना भएको जानकारी उनैले दिएकी हुन्।’

मृतक मनोज मिश्रका सानिमाका छोरा हुन् भने सुजन मामाका। मिश्रले दिएको जानकारी अनुसार आइतबार दिउँसो ३ देखि साढे ३ बजेको समयमा यो घटना भएको थियो।

‘सुजन चिप्लिएर लडेर कुण्डमा डुब्न पुगेछ। दाइ डुबेको देखेपछि मनोज पनि हतारहतार हामफालेर भित्रै छिरेर तान्न खोजेछ,’ मिश्रले भने, ‘तर, पौडीमा अभ्यस्त नभएका दुवै जना बाहिर निस्कनै सकेनन्। समयमै उद्धार हुन पनि सकेन।’
उनीहरू दुवै जना अविवाहित थिए।

मनोजको परिवारमा क्यान्सरपीडित आमा, बुबा र बहिनी छन् भने सुजनको परिवारमा आमा र दाजुभाउजू छन्।
पौडिन नजान्ने उनीहरूलाई अत्यधिक चिसो पानीले पनि कक्रक्क पारेको हुनसक्ने प्रहरीको अनुमान छ।
‘घटनापछि हामी रसुवा प्रहरीसँग लगातार सम्पर्कमा थियौं,’ मिश्रले भने, ‘तर अत्यधिक चिसो पानी र खराब मौसमले समयमा उद्दार हुनै सकेन।’

सोमबार बिहान शव फेला पर्दा सुजन र मनोजको शव एकैठाउँ भेटिएको थियो। उद्दारकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा दुई जनाले एकअर्काको हात समातेको देखिन्छ। उनीहरूको टोलीमा १३ जना थिए।

दुई जनाको डुबेर मृ*त्यु भएपछि टोलीका अरू सदस्य काठमाडौं फर्केका छन्।
परिवारले दिएको जानकारी अनुसार उनीहरूको शव मोरङ ल्याउन खोजिएको तर खराब मौसका कारण हेलिकप्टर उडान हुन सकेको छैन।
‘त्यहाँको प्रशासनले हेलिकप्टर चल्न सक्ने अवस्था छैन, मौसम खराब छ भनिरहेको छ,’ मिश्रले भने, ‘अहिलेसम्म रसुवामै रहेको शव सकेसम्म छिटो ल्याउन पाए हुन्थ्यो भन्नेमा छौं।’
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले मौसमको खराबीले हेलिकप्टर उड्न नसकेर श’व पठाउन नपाएको जानकारी दिए।
‘मौसमको खराबीले आज हेलिकप्टर उड्न सकेन,’ उनले भने, ‘सुरक्षा निकायको रोहबरमा दुवै जनाको श’व यहीँ छ। भोलि पठाउने प्रयासमा छौं।’
सेतोपाटीबाट साभार ।

21/07/2025
15/07/2025
आफूलाई पत्रकार भन्नु हुने उपासना तिवारी, अहिलेको मधेश प्रदेश सरकारकी शिक्षा मन्त्री रानी तिवारीकी बहिनी हुनुहुन्छ। तर दु...
08/07/2025

आफूलाई पत्रकार भन्नु हुने उपासना तिवारी, अहिलेको मधेश प्रदेश सरकारकी शिक्षा मन्त्री रानी तिवारीकी बहिनी हुनुहुन्छ। तर दुर्भाग्यवश, उहाँ पत्रकारिताभन्दा पनि कमिसनको खेलमा गहिरो रूपमा लिप्त देखिनु भएको छ।

पत्रकारिताको नैतिकता (Ethics) अरूलाई सिकाउने हैसियत राख्नुको सट्टा, उहाँ आफैं पत्रकारिताको मूल मर्मलाई विगार्ने कार्यमा संलग्न हुनु दुःखद विषय हो। यस्तो प्रवृत्तिले पत्रकारिता पेशाको बदनामी मात्र होइन, आम जनताको विश्वासमा समेत गम्भीर चोट पुर्‍याइरहेको छ। स्वार्थ र साँठगाँठका आधारमा सञ्चालित यस्ता तथाकथित पत्रकारहरूले स्वतन्त्र पत्रकारिताको मानमर्दन गरिरहेका छन्, जुन अब सह्य छैन।"

ूलाई पत्रकार भन्नु हुने उपासना तिवारी, अहिलेको मधेश प्रदेश सरकारकी शिक्षा मन्त्री रानी तिवारीकी बहिनी हुनुहुन्छ। तर दुर्भाग्यवश, उहाँ पत्रकारिताभन्दा पनि कमिसनको खेलमा गहिरो रूपमा लिप्त देखिनु भएको छ।

पत्रकारिताको नैतिकता (Ethics) अरूलाई सिकाउने हैसियत राख्नुको सट्टा, उहाँ आफैं पत्रकारिताको मूल मर्मलाई विगार्ने कार्यमा संलग्न हुनु दुःखद विषय हो। यस्तो प्रवृत्तिले पत्रकारिता पेशाको बदनामी मात्र होइन, आम जनताको विश्वासमा समेत गम्भीर चोट पुर्‍याइरहेको छ। स्वार्थ र साँठगाँठका आधारमा सञ्चालित यस्ता तथाकथित पत्रकारहरूले स्वतन्त्र पत्रकारिताको मानमर्दन गरिरहेका छन्, जुन अब सह्य छैन।"

मोरङ जिल्ला फोटोग्राफर संघका सदस्य बरिस्ठ फोटोग्राफर मुनलाईट फोटो स्टुडियो बिराटनगरका संचालक नवीन खनालको हिजो बेलुका अन्...
09/06/2025

मोरङ जिल्ला फोटोग्राफर संघका सदस्य बरिस्ठ फोटोग्राफर मुनलाईट फोटो स्टुडियो बिराटनगरका संचालक नवीन खनालको हिजो बेलुका अन्दाजी ९ बजे काम सकेर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परि दुखद् निधन भएको छ। यस दुखद् घडिमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्दै दिवंगत प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ ।😥🙏

प्रहरीका अनुसार दूध फारमबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३४ प २४३४ नम्बरको मोटरसाइकल र कञ्चनबारीतर्फ नै आउँदै गरेको प्रदेश १–०२–०४४ प ९५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर आइतबार राति ८:४० बजेतिर दुर्घटना भएको थियो। दुर्घटनामा परेर विराटनगर–५ का ४२ वर्षीय नवीन खनालको मृत्यु भएको हो। उनी ९५७२ नम्बरको मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका खनाललाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमबार दिउँसो ४ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ। लाइन्स क्लब अफ विराटनगर गुराँसका सदस्य रहेका खनालको विराटनगरमा मुनलाइट फोटो स्टुडियोसमेत थियो।

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू१. घाउ सफा गर्नुहोस्जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीम...
13/05/2025

कुकुरले टोकेको अवस्थामा तत्काल लिनुपर्ने कदमहरू
१. घाउ सफा गर्नुहोस्
जति सक्दो छिटो साबुन र सफा पानीले टोकेको स्थान कम्तीमा १५ मिनेटसम्म बिस्तारै घिसेर धुनुहोस्
यसले भाइरस वा फोहोर बाहिर निकाल्न मद्दत गर्छ
२. घाउलाई कीटाणु रहित बनाउनुहोस्
सफा गरेपछि स्प्रिट, डेटोल वा आयोडिन लगाउनुहोस् ताकि संक्रमण नहोस्
३. तुरुन्तै स्वास्थकर्मी तथा भेटेरिनरियनसङ्ग सम्पर्क गर्नु होस

घाउ सानो भए पनि नजिकको अस्पतालमा जानुहोस्
डाक्टरलाई स्पष्ट रूपमा कुकुरले टोकेको हो भनेर भन्नुहोस्
जति सक्दो छिटो खोप लागाउनुहोस
खोप जिल्ला अस्पतालहरु मा निशुल्क उपलब्ध हुन्छ

रेबीज खोप तालिका
० औं दिन (टोकेको दिन): पहिलो रेबीज खोप

३ औं दिन: दोस्रो खोप

७ औं दिन: तेस्रो खोप

१४ औं दिन: चौथो खोप

२८ औं दिन: पाँचौँ खोप
यदि टोकेको घाउ गहिरो छ वा अनुहार, घाँटी वा हातमा छ भने, ० औं दिनमा रेबीज इम्युनोग्लोबुलिन पनि लगाइन्छ
घाउ निको भए पनि सबै पाँचवटा खोप पुरा गर्नुअनिवार्य हुन्छ
नोट
यदि तपाइको समुदायमा पनि रेबिज जस्तै लक्ष्यण देखा परेको छ भने यश पशुपन्छी सेवा शाखामा खबर गर्न सक्नुहुन्छ
समयमै आफुले पालेका कुकुर बिरालो हरु लाई रेबिज विरुद्ध को खोप अनिवार्य लगाउनुहोस
रेबिज विरुद्ध को खोप यश पशुपन्छी सेवा शाखा मा निशुल्क उपलब्ध छ

Address

Biratnagar

Telephone

+9779818397748

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Biratnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Biratnagar:

Share