Mr.gaule

Mr.gaule Japanese language school

11/08/2024
08/05/2024

Hilda game || mobile legend

तमु ल्होसारको शुभकामना 🙏❤️हजारौं वर्ष पहिले अहिलेको जस्तो आधुनिक प्रविधि थिएन । मौसम, वर्षा, बाढी, खडेरी, प्राकृतिक प्रक...
31/12/2023

तमु ल्होसारको शुभकामना 🙏❤️
हजारौं वर्ष पहिले अहिलेको जस्तो आधुनिक प्रविधि थिएन । मौसम, वर्षा, बाढी, खडेरी, प्राकृतिक प्रकोप आदि नाप्ने र भविष्यवाणी गर्ने कुनै यन्त्र वा यन्त्र थिएन, मानिससँग पनि समय हेर्नको लागि घडी थिएन। हामीसँग कहिले शिकार गर्ने, बिरुवा गर्ने र बसाइँ सर्ने आदि कुनै यन्त्र थिएन। हामीले समय समयमा, मौसम अनुसार विभिन्न समस्या वा दुर्भाग्यको सामना गर्नुपर्थ्यो। यी समस्याहरू समाधान गर्न, हामी यी सबै दुर्भाग्य, समस्याहरूको कारण के हो भनेर खोजिरहेका थियौं? भाग्य र दुर्भाग्य कसरी भविष्यवाणी गर्ने? हामीले तिनीहरूलाई कसरी नियन्त्रण गर्न सक्छौं?
पृथ्वीभन्दा बाहिर, मानिसहरूले आकाशमा सूर्य देखे। हरेक बिहान, यो पहाड माथि उठ्छ; दिनभर मुस्कुराउँछ र हराउँछ। रातमा ताराहरू चम्किन्छन्। चन्द्रमा चम्किन्छ र यसको प्रकाश पृथ्वीमा पठाउँछ वरपरको दृश्य बनाउँछ। यी सबै कुराले मानिसलाई यी खगोलीय वस्तुहरू जस्तै सूर्य, चन्द्रमा, तारा आदिको गति र परिवर्तनहरू र प्राकृतिक घटनाहरू, प्रकोपहरू आदिसँग तिनीहरूको सम्बन्धमा ध्यान केन्द्रित गर्‍यो। हामीले मानव आध्यात्मिक, शारीरिक र भावनात्मक अवस्थाहरूसँग तिनीहरूको सम्बन्ध खोज्ने प्रयास पनि गर्‍यौं। यसरी नै सांस्कृतिक ज्योतिषको उत्पत्ति भएको हो । यस ज्योतिष भित्र, निश्चित रूपमा भाग्य र दुर्भाग्य निर्धारण गर्न; मिल्दो र असंगत, मानिसहरूले आफैलाई टोटेम जनावरहरूसँग जोड्छन्। हामी गुरुङहरूले आफूलाई ल्होकोर भनिने १२ टोटेम जनावरहरूसँग जोडेका छौं। ती हुन् मुसा, गाई, बाघ, बिरालो, चील, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र हिरण।
यस प्रकारको ल्होकोर अन्य आदिवासी संस्कृतिहरूमा पनि पाइन्छ। केही टोटेम जनावरहरू समान छन् र केही हामी भन्दा फरक छन्। प्रश्न उठ्न सक्छ: किन मानिस जनावरसँग यसरी जोडिएको छ? उत्तर लाखौं वर्ष पहिलेको हो। पृथ्वी अहिले धेरै प्राणी र मानिसको बासस्थान हो। यो धर्तीमा सर्वप्रथम कसको विकास भयो ? जनावर कि मानव? जवाफ पक्कै जनावर हो।
जतिबेला जीवजन्तुको विकास भयो र यस पृथ्वीमा बसोबास भयो, त्यहाँ मानिस थिएनन्। मानिसभन्दा लाखौं वर्ष पहिले जनावरहरूको विकास भयो। 70,000 वर्ष पहिले, जनावर र मानिस बीच कुनै महत्त्वपूर्ण संज्ञानात्मक भिन्नता थिएन। अहिलेको जस्तो प्रकृतिमाथि मानिसको नियन्त्रण थिएन। हामी हाम्रो जीवन नियन्त्रण गर्ने क्षमतामा जनावरहरू जस्तै थियौं।
विकासको शुरुवातमा, मानिसहरू यस पृथ्वीमा नयाँ थिए, त्यसैले हामीलाई बाँच्न मद्दत गर्ने जनावरहरू थिए। हामीले जनावरहरूसँगको सहकार्यमा हाम्रो अस्तित्व बनायौं। यसले आत्मीय सम्बन्ध बनाएको छ । जनावरसँगको सम्बन्धमा हाम्रो विश्वास छ। हामी तिनीहरूलाई हाम्रो सदस्यको रूपमा व्यवहार गर्छौं किनभने तिनीहरूले हामीलाई मार्गदर्शन र सुरक्षा गर्छन्।
प्रत्येक गुरुङ एक विशेष टोटेम जनावरसँग जोडिएको छ। हामी जन्म वर्षको आधारमा टोटेम जनावरहरू चयन गर्छौं। प्रत्येक वर्ष टोटेम जनावरसँग जोडिएको छ।
केही संस्कृतिहरूमा, एक टोटेम जंगलमा गहिरो ध्यानको माध्यमबाट जान्छ र कुन जनावरलाई सबैभन्दा मनपर्छ भनेर जाँच गरेर पाइन्छ। यो भनिन्छ कि टोटेम जनावरहरूले हामीलाई के जान्न आवश्यक छ भनेर बताउन सक्छ।
टोटेम जनावर वर्षमा एक पटक परिवर्तन हुन्छ। गुरुङहरूले 15 औं पौषलाई ल्हो (टोटेम जनावर) परिवर्तन गर्ने दिनको रूपमा बुझ्छन्। यस दिन नयाँ ल्होलाई स्वागत र पुरानोलाई बिदाई गर्न ल्होसार पर्व मनाइन्छ ।

गुरुङ्ग समूदायको नयाँ वर्ष
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् । तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ बर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् । यसपटक तमु गुरुङ समुदायले ’हि ल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि-ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् ।

यो वर्ष चाँही गिद्ध (मि-ल्हो) को वर्ष रहने
विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा गिद्ध (मि-ल्हो) बर्ग रहनेछ । हरेक वर्षझैं यस वर्ष पनि गिद्ध (मि-ल्हो) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरीने छ।

विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् । बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति/धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् । तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् ।

बहादुरी र तमु समुदाय
विश्व मानचित्रमै तमु समूदायले आफ्नो उच्च मनोबल, साहस, अट्टाहस, बहादूरी अनि बफादारिताले एउटा कर्मठ सैनिक र गोर्खालीका रुपमा नेपालीको शिर सदैव उच्च राखेका छन् । चाहे विश्व यूद्ध होस् या आतङ्कवाद विरुद्धको कुनै लडाई, चाहे अमेरिकी सैनिक हुन् या बेलायती, भारतीय या विभिन्न अरु देशका, तमु समुदायका यूवाहरु अनि तिनका पहिचानको विश्वले विभिन्न कालखण्डमा गौरवशाली वृतान्त दिंदै आएको छ ।

मुख्यतया ल्होसारको वास्तवीक मनाउने चलन र उमङ्ग १५ दिनसम्म रहने गर्दछ । आजबाट १५ दिन अर्थात् नयाँ वर्षको शुरुका १५ दिनहरु हर्षोल्लास अनि उत्साहकासाथ विताएमा सम्पूर्ण वर्षनै उत्साहपूर्ण र सुखद ब्यतित हुने मान्यता रहेको छ । नयाँवर्ष प्रारम्भ हुने वित्तिकै अर्थात राती १२ बजे नै तमु समूदायहरु जङ्गल या सार्वजनीक स्थलमा गएर आगो बालेर, धनुषकाँड खेलेर वर्षको विदार्इ गरेर नयाँ वर्षको शुरुवात गर्ने गर्दछन् । पश्चिमतर्फ हानेको धनुकाँडले गएको 'ल्हो' अर्थात वर्षको विदाई अनि पूर्वतर्फ हानेको धनुकाँडले भोलीपल्ट त्यसै दिशाबाट उदाउने नयाँ वर्ष अर्थात 'ल्हो' को स्वागत गर्ने चलन छ । विहानपख नराम्रो ल्हो अर्थात् वर्षहरुलाई आउन नदिन जन्तर बाँध्ने र जङ्गलको रुखमा बाँध्ने चलन छ ।

तमु समूदायको विशेषतः गुरुङहरुको यूवायूवतीहरु मध्ये रोधीघर चलन एदमै चर्चित छ । उमेर पुगेका छोराछोरीहरु अभिभावकको निगरानीमा रोधीघरमा गएर नाचगान अनि दोहोरी खेल्ने रसिक चलन रहेको छ । यो अन्त्यन्तै पारम्परिक तथा स्वतन्त्र प्रजातान्त्रीक अभ्यास भएको संस्कृतिका रुपमा मान्न सकिन्छ, जुन एउटा ठूलो सम्पत्ति पनि हो । आजभोली शहरमा गल्लीपिच्छे देखिने सस्ता अनि हो-हल्लामात्र हुने रोधीघरहरुले भने तमु समूदायको यो शालिन र सभ्य संस्कारको गहिरो तहलाई बुझ्न सकेका छन् या छैनन, मनन गर्न जरुरी छ ।

छागंकोल
प्रथम दिनमा छागंकोल नामक पेय पदार्थ बनाएर ग्रहण गरिन्छ भने दोश्रो दिनलाई राजाको ल्होसारका रुपमा लिईन्छ र ल्होसारको मुख्य आकर्षण नै सामूहिक भेला, नाचगान, वर्षको सामूहिक समिक्षा तथा विमर्श आदि पर्दछ । विशेष परिकारहरुमा सेलरोटि, अचार, मासु, रक्सी आदि पर्दछन् । बाँसको टोकरीमा राखेको सेलरोटी अनि तामा या पित्तलको भाँडामा राखेको अचार, तरुल लगायत कन्दमूल अनि मासुको स्वादले नेपालीपनको अद्भूत आनन्द दिन्छ, हैन र ? जाडोको यो मौसममा छ्याङ, तोङबा अनि कोदोको थोरै मदिराको हल्का मादकताले यो चाडको रौनकता अनि रोचकतालाई अझै रसिक बनाउँदछ ।

स्यो कैँ
स्यो कैँ तमु ल्होसारका दिन गुरुङ समुदायमा खाइने विशेष प्रकारको परिकार हो जस्मा एउटा मात्र खाना नभईकन बिभिन्न प्रकारका खानाहरु तर समुहमा पैसा उठाएर बनाउने चलन हुन्छ । यसभित्र मासु–भात, सेलरोटी, तरकारी र अन्य खाना पर्छन् । स्यो कैँ को अर्थ नेपाली संगै बसेर खानु भन्ने लाग्दछ । पुस १५ देखि दिन लामो हुने, चिसो घट्ने र नयाँ वर्षको सुरुवात हुने मान्यताअनुसार स्यौ कैँ खाने गरिएको हो । यी बाहेक नयाँ वर्षमा खिउनी, सेल, नारेपा, झिलिंगा, आलुदङ आदिजस्ता पम्परागत खाना खाने गरिन्छ ।

किसान जीवनशैली अनि मौसम र प्रकृतीको निकटता प्रतिबिम्बीत गर्न ल्होसार शदियौं देखि सक्षम छ । बिभिन्न भाग या नाममा ल्होसारलाई बाँडेपनी सबै ल्होसारहरुको एउटै मूभूत उदेश्य छ, नयाँ बर्षको स्वागत गर्ने ।यस समूदायले आज विशेष हर्षका साथ आफ्नो पारम्परीक नयाँ वर्षलाई स्वागत गर्दैछन् । यो नयाँ वर्ष को हामी सबैलाई शुभकामना ! "हे! तमु मै तमु ल्होसार खै मु ... रमाइलो तमु ल्होसार !"

स्मरण रहोस् आजको यो ल्होसार नेपालमा मात्र नभई तिब्बत, भुटान, भारत, म्यानमार लगायत संयूक्त राज्य अमेरिका, अष्ट्रेलिया, बेलायत अनि थुप्रै देशहरुमा भएका तमु समुदायले भब्यताका साथ मनाउने गर्दछन् । यसरी आजबाट फेरिने वर्ष या भनौ नयाँ वर्षको सम्वतलाई तमु सम्वत भनिन्छ ।

काठमाडौको टुँडिखेलमा आज परम्परागत पहिरनमा तमु समूदायका ब्यक्तिहरुलाई हर्षोल्लासपूर्णरुपमा उपस्थित भएको देख्न सकिन्छ । परम्परागत बाजागाजा, झाँकी अनि पारम्परीक पहिचानका खानपिनको झलकहरूले आज तमु संस्कृतीको एउटा सविस्तार परिचय समेटिएका गतिविधि नेपाल अनि विदेशका विभिन्न सार्वजनिक स्थलहरुमा रहनेछ ।

आजबाट शुरु हुने नयाँ वर्षको हरेक पलहरु शुद्ध र धार्मीक हुने जनविश्वास छ । विभिन्न मन्त्रहरु लेखिएका अनि विभिन्न रगंका तोरण, झन्डाहरु घर, डाँडा या वौद्ध विहारमा झुण्ड्याएको हामीमध्ये सबैले देखेका छौ । आज यसरी झुण्ड्याइने यस्ता झण्डा अनि त्यसमा कूदिएका मन्त्रहरु लगायत ति झण्डालाई फर्रर हल्लाउने हिमाली वतासहरुले हामी सबैको वर्षभरि कल्याण गरुन् ।

देश विदेशमा रहनुभएका सम्पूर्ण तमु दाजुभाई तथा दिदिवहिनीहरुलाई न्यानो सम्झना सहितको शुभकामना व्यक्त गर्दछ । तमु ल्होसारको शुभकामना ।

Source- wikipedia and hamro patro 🙏

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Mr.gaule posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share