
03/06/2025
१० औं राष्ट्रिय तेक्वान्दो प्रतियोगित : २ स्वर्ण सहित मोरङले प्राप्त गरे २८ वटा पदक
कानेपोखरी, जेष्ठ २०,२०८२।
१० औं राष्ट्रिय सि.एच.आईटिएफ तेक्वान्दो प्रतियोगितामा मोरङ जिल्लाले २ स्वर्ण पदक सहित २८ वटा पदक प्राप्त गरेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका ६ स्थित जनसेवा माविको प्राङ्गणमा जेठ १७ गते सम्पन्न खेलमा विभिन्न विद्यामा २८ पदक प्राप्त गरेको हो । प्रतियोगितामा २० तौल समूह देखि ८५ माथी तौल समूहका खेलाडी, सिङ्गल फाइट, ग्रुप फाइट र कलर बेल्टहरु बीच प्रतिस्पर्धा गरिएको थियो ।
खेलमा २० केजी भन्दा तल तौल समूहका स्वस्तिका घिमिरे र ८५ केजी तौल समूह भन्दा माथीका सनम तामाङले स्वर्ण पदक प्राप्त गरेका थिए ।
२० केजी भन्दा तल समूहका माही चौधरी रजत पदक, २१ देखि २५ तौल समूमा इसाक मगरले कास्य पदक, ३१ देखि ३५ तौल समूहमा प्रमिला भुजेलले कास्य पदक, ३६ देखि ४० तौल समूहमा स्मृति धिमाल रजत पदक, ४६ देखि ५० तौल समूकमा पूर्णिमा अधिकारी कास्य पदक, ५१ देखि ५५ तौल समूहका विसिका धिमाल रजत पदक, ५६ देखि ६० तौल समूहमा आशिष भुजेल कास्य र एलिना श्रेष्ठ रजत पदक, ६१ द्येखि ६६ तौल समूहमा रिया लिम्बू कास्य पदक हात पारेका थिए ।
त्यस्तै, महिला ग्रुप प्याटन सिनियर तर्फ चेसुङ लिम्बू, नन्दिका धिमाल, विसिका धिमाल, पूर्णिमा अधिकारी र लुजिना श्रेष्ठले रजत पदक प्राप्त गरेका थिए । त्यस्तै महिलो जुतियर तर्फ रिया लिम्बु, प्रमिला भुजेल, हर्सिका कुमाल, सरु खाती, तिर्सना लिम्बूले कास्य पदक प्राप्त गरेका थिए ।
त्यस्तै महिला सिंगल प्याटन ब्लु कलर बेल्टबाट प्रमिला भुजेलले कास्य पदक प्राप्त गरेकी छिन् । ब्लु कलर बेल्टबाट प्रशान्त कटेल र एन्जल पाण्डेले कास्य पदक प्राप्त गरेका थिए ।
पुरुष ग्रुप प्याटनमा सुर्या चौधरी, रोयल राई र मनिस कुमार फोम्बोले रजत पदक प्राप्त गरेको खेल संयोजक युवराज भुजेलले बताए ।
१० औं राष्ट्रिय खेलको लागि नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्प, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ वटा जिल्लाबाट ३२५ जना खेलाडीहरु सहभागि भएका थिए ।
खेलको च्यामपियनसिप बाग्लुङ, भक्तपुर जिल्ला फस्ट रन अफ, रुपन्देही जिल्ला सेकेण्ड रन अफ त्यस्तै तीन दिनको खेल अवधिमा अनुशासित जिल्लाको उपाधि तेह्रथुम जिल्लाले प्राप्त गरेको थियो ।