28/12/2025
अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मिरोज अहमद पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा समानुपातिक सांसदका लागि सिफारिस भएका छन् । उनलाई जनवर्गीय समूहअन्तर्गत मुस्लिम क्लस्टरबाट सिफारिस गरिएको हो ।
मिरोज वि.सं. २०७३ सालमा अखिल क्रान्तिकारीको सदस्यका रूपमा विद्यार्थी राजनीतिमा आवद्ध भएका हुन् । एक दशकभन्दा लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका उनी एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएपछि जिल्ला कमिटी सदस्य बनेका थिए । त्यसपछि वीरगञ्ज महानगर कमिटीको सहसंयोजक, महानगर कमिटी सचिव हुँदै पर्सा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन विस्तार र सुदृढीकरणमा सक्रिय भूमिका खेलेका छन् ।