Birgunj sanjal -वीरगन्ज संजाल

Birgunj sanjal -वीरगन्ज संजाल Birgunjsanjal.com is an online
news portal for all type of
news The news are
updated 24/7 365 days a year.

Birgunjsanjal.com is an online
news portal for all type of Nepali
national, International,
entertainment, business, sports,
culture etc. birgunjsanjal.com motto of 'Think First' is reflected in its YouTube channel as well, as it brings to you the most authentic and credible news in politics, entertainment, Bollywood, cricket,and sports . Besides news, it also brings you exclusive interviews, L

IVE streaming, popular shows, debates, and special programs. This ocean of knowledge and information is just a click away. So subscribe and enjoy these smartly packaged high-quality videos and stay abreast with all that is happening around you. We promise you the most reliable and dependable news for sure.

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन...
01/11/2025

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ। मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ। उहाँ लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा हुनुहुन्थ्यो। विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उहाँले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस....

वीरगन्ज | परिवारले उपचार खर्च तिर्न नसक्दा एक पुरुषको शव तीन दिनदेखि अस्पतालको फ्रिजमा राखिएको छ । गत असोज १८ गते साँझ प...
01/11/2025

वीरगन्ज | परिवारले उपचार खर्च तिर्न नसक्दा एक पुरुषको शव तीन दिनदेखि अस्पतालको फ्रिजमा राखिएको छ । गत असोज १८ गते साँझ पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीमा पैदल हिडिरहेका बेला स्थानीय ५५ वर्षीय महेन्द्र राउत अहिरलाई बहुदरमाई –१ कै ध्यानसिंह पिपराका मन्देश साह तुरहाले हाँकेको मोटरसाइकलले ठक्कर दिएको थियो ।वीरगन्ज–१४ गण्डकस्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलमा उपचाररत उनको गत बिहीबार उपचारकै क्रममा मृत्यु भएको थियो ।...

वीरगन्ज | परिवारले उपचार खर्च तिर्न नसक्दा एक पुरुषको शव तीन दिनदेखि अस्पतालको फ्रिजमा राखिएको छ । गत असोज १८ गते .....

01/11/2025
वीरगंज | भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई सरोकारवालाले निष्पक्ष छानविन र दोषी उपर कारबाहीको माग गरेका छन् । आ...
01/11/2025

वीरगंज | भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई सरोकारवालाले निष्पक्ष छानविन र दोषी उपर कारबाहीको माग गरेका छन् । आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, घटनाका पीडित र सरकारी कार्यालय प्रमुखहरूले सो सुझाव दिएका हुन् । आयोगका प्रवक्ता विज्ञानराज शर्माले आयोगको निष्पक्षताको विषयमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो । एक जनाले चाहेर केही नहुने भएकाले आयोग र पदाधिकारीले पूर्वाग्रही ढङ्गले काम नगर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “आयोग स्पष्ट छ, हामी कुनै पनि आग्रह र पूर्वाग्रह लिएर छानबिन गर्दैनाँै ।” …...

वीरगंज | भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई सरोकारवालाले निष्पक्ष छानविन र दोषी उपर कारबाहीको माग गरेका ....

वीरगंज । नेकपा एमाले सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोष...
01/11/2025

वीरगंज । नेकपा एमाले सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई शहीद घोषणा गर्न माग गरेका छन् । जिफन्टको आयोजनामा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । जिफन्टका उपाध्यक्ष समेत रहेका गौतमको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षको उमेरमा गत बिहीबार निधन भएको थियो ।...

वीरगंज । नेकपा एमाले सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले श्रमिक नेता कमल गौतमलाई .....

वीरगंज | चीनले सन् २०३० सम्ममा एआईको क्षेत्रमा अगुवा बन्ने लक्ष्य राखेको छ। बेइजिङको आफ्ना एआई प्लेटफर्महरू अमेरिकी क्षम...
01/11/2025

वीरगंज | चीनले सन् २०३० सम्ममा एआईको क्षेत्रमा अगुवा बन्ने लक्ष्य राखेको छ। बेइजिङको आफ्ना एआई प्लेटफर्महरू अमेरिकी क्षमताहरूसँग प्रतिस्पर्धी होऊन् भन्ने लक्ष्य राखेको छ । तर, उन्नत चिप्सको अभाव र अभिव्यक्ति स्वतन्त्रता बिना के चीनले यो लडाइँ जित्न सक्छ? आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विश्वव्यापी शक्तिको नयाँ मापन बनेको छ र चीन यसलाई ठूलो सफलता हासिल गर्न लागिपरेको छ । सन् २०१७ मा चीनले सन् २०३० सम्ममा विश्वको अग्रणी एआई शक्ति बन्ने घोषणा गर्‍यो । यो लक्ष्य हासिल गर्न चीनले अर्बौं डलर लगानी गरेको छ। चीभित्र इनोभेसन पनि तीव्र रूपमा बढाइएको छ। सरकार र निजी कम्पनीहरू दुवैलाई मिलाएर चीनले एक्लै सन् २०२५ मा एआईमा लगभग १०० अर्ब डलर खर्च गर्ने अनुमान गरिएको छ ।...

वीरगंज | चीनले सन् २०३० सम्ममा एआईको क्षेत्रमा अगुवा बन्ने लक्ष्य राखेको छ। बेइजिङको आफ्ना एआई प्लेटफर्महरू अमेर...

वीरगंज । अमेरिकाको राष्ट्रिय गुप्तचर निकायकी निर्देशक तुलसी गबार्डले पछिल्ला धेरै दशकदेखि अमेरिकी विदेश नीति गलत दिशामा ...
01/11/2025

वीरगंज । अमेरिकाको राष्ट्रिय गुप्तचर निकायकी निर्देशक तुलसी गबार्डले पछिल्ला धेरै दशकदेखि अमेरिकी विदेश नीति गलत दिशामा अघि बढ्दै आएको बताएकी छन् । शुक्रबार मध्यपूर्वका अधिकारीहरूसँगको भेटमा उनले सरकार परिवर्तन वा राष्ट्र निर्माण गर्ने अमेरिकाको पुरानो नीति राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनकालमा समाप्त भएको पनि बताइन् । गबार्डले यो कुरा बहराइनमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा अध्ययन संस्थाद्वारा आयोजना गरिएको वार्षिक सुरक्षा सम्मेलन ‘मनामा डाइलग’मा सम्बोधन गर्दै उनले यस वर्षको शुरुवातमा ट्रम्पले मध्यपूर्व भ्रमणका क्रममा दिएका अभिव्यक्तिसँग मेलखाने भनाइ राखेकी हुन् ।...

वीरगंज । अमेरिकाको राष्ट्रिय गुप्तचर निकायकी निर्देशक तुलसी गबार्डले पछिल्ला धेरै दशकदेखि अमेरिकी विदेश नीति ग...

01/11/2025

भारत–नेपाल सीमामा नेपाली नागरिकलाई सास्ती, बारा पचरौतामा भूमि विवाद तीव्र

वीरगंज । श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल भलिबल संघले ...
01/11/2025

वीरगंज । श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रम गर्दै टोलीको बिदाइ गरेको हो । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले टोलीको बिदाइ गरे । उनले युवा खेलाडीहरूलाई राष्ट्रिय झण्डाको गौरव बढाएर आउन शुभेच्छा स्वरूप राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना व्यक्त गरेका थिए। कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने प्रतियोगितामा प्रतियोगितामा नेपाल, श्रीलंका, माल्दिभ्स र कीर्गिस्तान सहभागी छन् । गत वर्ष माल्दिभ्समा भएको काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानले उपाधि जित्दा नेपाल तेस्रो भएको थियो ।...

वीरगंज । श्रीलंकामा हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल भलिब.....

वीरगंज । नेकपा एमाले, कास्कीले मोटरसाइकल र्‍याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाइ...
01/11/2025

वीरगंज । नेकपा एमाले, कास्कीले मोटरसाइकल र्‍याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली गरेको हो । पार्टीले यो र्‍यालीलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तारको प्रारम्भिक अभियानका रूपमा लिएको छ । कार्यकर्ताहरूले पार्टीका झण्डा र ब्यानर बोकेर र्‍याली गरेका हुन् । एमालेका जिल्ला नेताहरू, युवा संघ नेपाल, अनेरास्ववियु र महिला संघका कार्यकर्ताहरूले र्‍यालीमा सहभागिता जनाएका थिए । पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेत पनि यही र्‍याली लगायतका कार्यक्रममा सहभागी हुन पोखरा पुगेका छन् ।

वीरगंज । नेकपा एमाले, कास्कीले मोटरसाइकल र्‍याली गरेको छ । जेन—जी आन्दोलन पछि दाङ लगायताका देशका विभिन्न स्थानमा...

वीरगंज । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगर...
01/11/2025

वीरगंज । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ । शिवसताक्षी नगरपालिका–१० माईधारका सरोज शर्माको शव हुलाकी सडक अन्तर्गत विरिङ पुलमुनि फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुई दिनअघि मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र शर्माको प्रदेश ०१–०३ च ७१९४ नम्बर कार जलेको अवस्थामा फेला परेको थियो ।...

वीरगंज । गत कात्तिक ९ गतेदेखि बेपत्ता झापाका एक पुरुषको शव खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ । शिवसता.....

वीरगंज | माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका वाम घटकहरुबीच कात्तिक १७ गते एकता घोषणा हुने भएको छ। शुक्रबार समाजवादीको...
01/11/2025

वीरगंज | माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका वाम घटकहरुबीच कात्तिक १७ गते एकता घोषणा हुने भएको छ। शुक्रबार समाजवादीको केन्द्रीय कमिटिको बैठकले माओवादीसहितका दलहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेसँगै आउँदो सोमबार काठमाडौँमा एकता घोषणा हुने भएको हो। माओवादी केन्द्रले यसअघि नै पार्टी एकताका लागि निर्णय गर्दै महाधिवेशन घोषणा गरेर समाजवादीको औपचारिक निर्णय कुरेर बसेको थियो। माओवादीले आफ्ना संगठनहरुलाई एकताका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।...

वीरगंज | माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका वाम घटकहरुबीच कात्तिक १७ गते एकता घोषणा हुने भएको छ। शुक्रबार सम.....

Address

Birgunj
44300

Alerts

Be the first to know and let us send you an email when Birgunj sanjal -वीरगन्ज संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birgunj sanjal -वीरगन्ज संजाल:

Share