20/07/2020
निर्माण कम्पनीले पुल डिजाइन तथा निरीक्षण परामर्शदाता कम्पनीलाई २०७३ पुस २९ गते पत्र लेख्दै पुलमा प्रयोग गर्न उल्लेख गरिएको १५.७ एमएम तारको उत्पादन नै नहुने भएकाले १५.२ एमएमको तार प्रयोग गरेको बारेमा जानकारी गराएको थियो एउटा बिममा १५.७ एमएमको ३ वटा तार राख्नुपर्ने गरी डिजाईन निर्माण गरिएको थियो । तर निर्माण कम्पनीले १५.७ एमएमको तार नपाईएको भन्दै ०.५ एमएम कम १५.२ एमएमको तार राखेर काम गरेको थियो १५.७ एमएमको तार उत्पादन असम्भव त्यसअघि ठेकेदार कम्पनी चिनियाँ जेटआईईसी–पप्पु जेभीले पुलमा प्रयोग गर्न डिजाईनमा तोकिएको तार उत्पादन हुने, नहुनेबारे तार उत्पादन कम्पनी भारतको उसा मार्टिनसँग जानकारी मागेको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागले समेत पुल निर्माणमा प्रयोग गरिएको १५.२ एमएमको तारको गुणस्तर परीक्षण गरेको थियो
सबै परीक्षणका साथै विभाग र परामर्शदातालाई जानकारी गराएर नै पुलमा १५.२ एमएमको तार प्रयोग गरिएको भए पनि त्यतिबेला कुनै प्रतिकृया नदिएको विभागले मध्यस्थता परिषद्ले दिएको निर्णयमा पुलको ढलानको परीक्षण तथा पुलको भारवहन क्षमता जाँच गर्न आदेश दिँदै सबै प्रकृया पूरा गरेर पुल निर्माण गरेकाले त्यसमा रोकावट गरिरहनु पर्ने कुनै कारण नदेखिएको भनेको छ
काठमाण्डौ - काठमाण्डौको टेकुमा रहेको विष्णुमती नदीमा गएको २०७४ असारमै बनाइएको पुल अझै सञ्चालनमा आउन सकेको छैन । .....