23/04/2026
समाजिक संजाल मा बढ़ी ज्ञान दिनु पर्ने आवश्यकता छैन समाजिक संजाल मा २ शब्द लेख्न जतिको सजिलो छैन बोर्डर बन्द भएपछि उत्पन्न हुन समस्या वारे,एकाएक नाकाबंदी भएपछि के कस्ता नकारात्मक र सकारात्मक असर पर्न जान्छ भन्ने कुरो को विना कुनै सत्य तथ्य बुझेर अघोषित नाका बंदी गर्नु एक दम सरासर मधेशी हरू माथी अन्याय हो, शताब्दियौं देखि चल्दै आएको यो बेटी रोटी, सांस्कृतिक सम्बन्ध लाई विना कुनै व्यवस्थापन र सहजता को रोक लगाउनु भनेको मधेश तताउने योजना मात्र रहेको छ, काठमांडू को एसी कोठा मा बसेर बनाईने नियम ले विकास हुन्छ अथवा मधेशीहरू खुशी हुन्छन भन्ने छैन,अघोषित नाका बंदी पछि जुन हिसाबले पहाड़ियां नस्लवादी देखि लिएर इलाइट मधेशी युवा हरूले सिमा छेउमा बस्ने मधेशी हरू लाई ज्ञान दिदै हिडेका छन् कि आफ्नै देशमा किनमेल गर्नु देशको व्यापार बढ्छ ति इलाइट मधेशी हरू ले किन्न? बालम सरकार लाई भन्दै न कि भंसार शुल्क बढि भयो जसले गर्दा व्यापारी हरू मारका मा परेका छन् शुल्क कम गरदिनु पर्यो भनेको त एक पनि पोस्ट अथवा बोल्दै गरेको विडियो देख्दैनौं त हामीले, काठमांडू मा बसेर जुन हिसाब ले झुठो नैरेटिव तयार पारिएको हो कि मधेशी कै कारण देश विकसित हुन बाट रोकिएको हो मानौं मधेशी हरू अपराधी नै हुन जस्तो देखाइएको हो,१०० को समान अयात गरेर ३०० मा बेच्नु अपराध होईन र? आमदनी अठन्नी खर्चा रूपैया नेपाली हरू ले कमाउने भनेको आज पनि १०/२० हजार प्रत्येक महिना हो तर भंसार नियम लगाईएको १० दिन पनि न बित्दै समान हरू को मूल्य द़ोब्बर भएको छ कसरी बाच्छ त गरिबहरू,कसले भन्यो कि मधेशी हरू ले स्वेदशी उत्पादन किनमेल गर्दैन भनेर लगभग १५ वर्ष देखि घर निर्माण को समान भारत भन्दा जति महंगो भएपनि स्वदेशी नै किन्दै आएको हो,लुगा धुने साबुन,च्याउच्याउ,खाने पानी,खाने तेल चाइना बाट इम्पोर्ट भएर आएका चाइनिज़ प्रोडक्ट्स हरू नेपाल मा किनमेल गरेकै हो त? स्वास्थ्य उपचार व्यवस्थित भएकोले मधेशी हरू ले आफ्नै देशको अस्पताल उपचार गराएकै हो त तर काठमांडू मा बसने हरू यस्तो नैरेटिव बनायो कि मधेशी हरू पुरा देश विरोधी हुन देशी उत्पादन किनमेल गर्दैन भनेर खुब हल्ला मचाएको हो आखिर सधै हामी गरिब मधेशी जनता ले नै किन्न? त्याग गर्नु पर्यो त सरकार अथवा तपाई जस्ता मधेश विरोधी हरू ले कति चोटी व्यापारी हरू संग अनुरोध गर्यौं कि हामी सबै जना ले मिलेर देश बनाउनु छ केहि वर्ष सम्म तपाई व्यापारी हरू ले पनि कम नाफा भएपनि सस्तों मा समान बेचदिनु पर्यो तपाईहरूले पनि देशहित मा त्याग गरदिनु पर्यो भन्दै गरेको त कहि कतै सुनेनौं हामीले त,सारा त्याग बलिदानी हामी सर्वसाधारण जनता ले नै गर्नुपर्छ त परिवर्तन ल्याउन मतदान पनि हामीले नै गर्ने, व्यापारी हरूको घाटा नाफा हामीले नै सोच्नु पर्ने र भारत संग चल्दै आएको सम्बन्ध लाई हामीले नै त्यागनु पर्यो यस्तो भेदभाव भएको नियम हामी मान्दैनौं किन्न? मान्नु पर्यो, पहाड़ियां हरू संग त ठुला ठुला विकसित सिटि,युनिवर्सिटी,ठूला अस्पताल र टुरिस्ट प्यालेस हरू छन् कमाउन खान लाई हामी मधेशी लाई के दिएको छ त ती पहाड़ियां शासकहरूले,जाबो एउटा परिपट्टि को बजार हरू छ हामी संग जहां सस्तों मूल्य मा जीवीकोपार्जन गर्न समान हरू किनेर ल्याउछौं र जसो तसो आफ्नो गुजारा चलाईरहेका हुन्छौं,सिमा क्षेत्र मा बसोबास गर्ने हरू सस्तों मुल्य मा किनेर ल्याउदा खुब पेट दुखेको छ त पहाड़ियां हरूलाई तर त्यही पहाड़ियां हरू ले आजिवान पुरा देश लुटि लुटि खाएको छ त हामीले त कहिलै केहि भनेनौ, सिंह दरबार देखि लिएर देशका धऱोहर हरू जलाए को देख्नु भएको थिएन र कसले जलायो किन्न? जलायो त्यो जलेको संरचना हरू को नोक्सान को भरपाई अब हामी बोर्डर छेउका हरू ले नै गर्ने हो र,देशका विभिन्न उच्च पद हरूमा बसेर सदियौं देखि देश लुटि लुटि खाएका ति पहाड़ियां हरूले देशहित मा सहयोग गर्नु पर्दैन र, चाइना बाट आयात भएर आएको फुज्जी स्याउ काठमांडू मा २५०/२६० मा बिक्री हुने अनि त्यही स्याउ तराई तिरका बजार मा ३५०/३८० मा बिक्री हुदा हाम्रो लागि महंगो हुदैन र काठमांडू बाट समान तिर समान झर्दा महंगों हुदा पेट न दुख्ने अनि मधेशी हरू ले पारिपट्टी बाट सस्तों मा किनेर ल्याउदा देख्ने बित्तिकै पेट दुख्ने यो सउतिनिया डाहा आखिर कहिले सम्म,एक दुई तिन बालम सरकार को यो सय टकिया मधेश विरोधी नियम हामी मान्दैनौं,खबरदार छिटो भन्दा छिटो सय टकिया नियम सच्चियाई न भन्ने हामी यसको कड़ा विरोध गर्ने छौं र फेरि मधेश तताउने छौं,सय टकिया नियम ल्याएर मधेशी मधेशी भिडाउने जुन षड्यंत्र रचिएको छ यसको पनि भंडा फोड़ हुनेछ!!!!