20/08/2026
कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यलाई हृदयाघात
वीरगञ्ज । नेपाली कांग्रेस पर्साका पूर्वसभापति तथा पूर्वसभासद् राजेन्द्रबहादुर अमात्यलाई बिहीबार दिउँसो हृदयाघात भएको छ।
हृदयाघात भएपछि अमात्यको वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था हाल खतरामुक्त रहेको छ।
थप उपचारका लागि अमात्यलाई काठमाडौं लैजाने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ।