Ākash Sah

Directions

Ākash Sah Target 10K followers and 150K Views
Please support me Guys. 🙏

रसुवा जिल्लामा आएको बाढी अपडेट मितिः २०८३।०५।१० गते १९:३० बजेसम्म
26/08/2026

रसुवा जिल्लामा आएको बाढी अपडेट

मितिः २०८३।०५।१० गते १९:३० बजेसम्म

यस्तै बाढी आएको रहेछ
26/08/2026

यस्तै बाढी आएको रहेछ

प्राकृतिक विपत्ति मानिसको जीवनमा अचानक आइपर्ने ठूलो समस्या हो...आफ्नो,आफन्त, घर, परिवार सबै सक्कियो...सारा मानव मन दुख्य...
26/08/2026

प्राकृतिक विपत्ति मानिसको जीवनमा अचानक आइपर्ने ठूलो समस्या हो...
आफ्नो,आफन्त, घर, परिवार सबै सक्कियो...
सारा मानव मन दुख्यो, रोयो....
सारा दुखद घडीमा छौँ 😭😭😭😭😭
सबैलाई भगवानले रक्षा गर्नुहोस्... सहन सक्ने शक्ति दिनुहोस्..
😭😭😭😭😭😭😭😭 शुभ रात्री... सबैले आफ्नो ख्याल गर्नुहोस् 🙏🏾🙏🏾
फेसबुकबाट साभार तस्बिरहरु...
゚viralシ ゚

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको भीषण बाढीपछि भारतले नेपालका लागि राहत तथा उद्धार सामग्री पठाउने भएको छ। राहत र उद्ध...
26/08/2026

रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको भीषण बाढीपछि भारतले नेपालका लागि राहत तथा उद्धार सामग्री पठाउने भएको छ। राहत र उद्धार सामग्री बोकेको भारतीय वायुसेनाको जहाज काठमाडौं आउँदै गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

नेपाल सरकारको आग्रहपछि भारतले उद्धार तथा राहत सामग्री पठाउन लागेको हो। भारतीय वायुसेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका थिए। उनले नेपाललाई सम्भव भएसम्म सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको प्रतिबद्धता जनाएका थिए।

त्यही प्रतिबद्धताअनुसार भारतले राहत तथा उद्धार सामग्री नेपाल पठाउन लागेको हो।

भारतले यसअघि २०७२ सालको भूकम्पका बेला पनि नेपालमा उद्धार टोली पठाएको थियो। उक्त टोलीले रसुवालगायतका प्रभावित क्षेत्रमा उद्धार कार्यमा सहयोग गरेको थियो।

बुधबार भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत कार्य जारी रहेको छ।

प्रहरीका अनुसार हालसम्म ७२ जनाको शव फेला परेको विवरण सार्वजनिक भएको छ।

रसुवा बाढी : उद्धार, उपचार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको प्रतिबद्धतावीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाह ‘...
26/08/2026

रसुवा बाढी : उद्धार, उपचार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता

वीरगञ्ज । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

प्रधानमन्त्रीका अनुसार बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकायलाई उद्धार तथा खोजी कार्यमा परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार भइरहेको उनले बताएका छन्।

घाइतेहरूको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। प्रभावित क्षेत्रमा मेडिकल तथा उद्धार टोलीसहित औषधि र स्वास्थ्य सामग्री पठाइएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले आज रातभर पनि उद्धार तथा खोजी कार्य जारी रहने बताएका छन्। नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका विभिन्न स्थानीय तह तथा गोरखाका शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित क्षेत्र रहेको उल्लेख गर्दै ती क्षेत्रमा खानेकुरा, खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने बताएका छन्।

उनले बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनालाई समेत प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक एक्लो नभएको भन्दै उद्धार तथा राहत अभियानमा सहयोग गर्न सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकलाई आह्वान गरेका छन्।

त्रिशूलीमा बाढी आएसँगै सम्पर्कविहीन बनेका नुवाकोटको त्रिभुवन त्रिशूली माविका सबै विद्यार्थी सम्पर्कमा आएका छन्। बाढीका क...
26/08/2026

त्रिशूलीमा बाढी आएसँगै सम्पर्कविहीन बनेका नुवाकोटको त्रिभुवन त्रिशूली माविका सबै विद्यार्थी सम्पर्कमा आएका छन्।

बाढीका कारण विद्यालय क्षेत्र तहसनहस हुने गरी बाढी आएपछि भागाभाग हुँदा धेरै विद्यार्थी सम्पर्कविहीन भएका थिए।

घटना लगत्तै विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले आफूसँग १ सय जना मात्रै विद्यार्थी रहेको बताएका थिए। अहिले भने विद्यालयमा उपस्थित भएका सबै विद्यार्थी सकुशल सम्पर्कमा आएको बताइएको छ।

१६ सय ५० जना विद्यार्थी पढ्ने यो विद्यालयमा प्रार्थनाको समयमा बाढीको सूचना आउनेबित्तिकै भागाभाग भएको थियो। खोलाको वारिपारि रहेका होस्टेलमा विद्यालयले विद्यार्थीको खोजी गर्दै जाँदा सबै विद्यार्थी सुरक्षित रूपमा फेला परेका हुन्।

यद्यपि, बाढीले यो विद्यालय भने तहसनहस बनाएको छ। बाढीले विद्यालयका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

विक्रम संवत् २००० सालमा स्थापना भएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय नुवाकोटको पुरानो शैक्षिक धरोहरमध्ये एक हो।

26/08/2026

Sanjeev Shrestha, a survivor of Rasuwa Timure, says: Almost 75 percent people were swe… more

26/08/2026
26/08/2026

रसुवाका बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि गृहमन्त्रीले निजी क्षेत्रसँग सहकार्य अघि बढाएका छन्। उनले FNCCI, CNI, बैंकर्स संघलगायतका संस्थासँग छलफल गर्दै विपद् व्यवस्थापन सबैको साझा दायित्व भएको बताए। प्रभावित नागरिकलाई तत्काल खाद्यान्न, औषधि, लत्ताकपडा र अस्थायी आवास उपलब्ध गराउन निजी क्षेत्रलाई सरकारसँग हातेमालो गर्न उनले आग्रह गरेका छन्।

Address

Birgunj
Birgunj

Website

Alerts

Be the first to know and let us send you an email when Ākash Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share