FLOP Birgunj

FLOP Birgunj "सत्य, सन्देश, समयमै" 🇳🇵

Page where you can find Latest NEWS and Memes related to Birgunj, Nepal & other stuffs! Please don't get offended by some Memes!

Hope you have a good day! It is a page where u get updated news, memes, Trolls , funny Video,jokes, gaming post,love posts,etc
Like the page
And
Enjoy The posts
And keep on sharing
And Thank You

22/07/2025

सोचेभन्दा कडा आयो! 🔥 ‘Abhimanyu Chapter 1’ को Baball Animation Teaser सार्वजनिक, लुक्स नै डर लाग्दो! 🥵🍿

ठमेलको एक होटलबाट दुई किलो सुन र २४ लाख नेपाली रुपैयाँसहित दुई चिनियाँ पक्राउ परेका छन् ।काठमाडौंको ठमेलस्थित एक होटलबाट...
22/07/2025

ठमेलको एक होटलबाट दुई किलो सुन र २४ लाख नेपाली रुपैयाँसहित दुई चिनियाँ पक्राउ परेका छन् ।

काठमाडौंको ठमेलस्थित एक होटलबाट दुई किलो अवैध सुन र २४ लाख नेपाली रुपैयाँसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा तान चुनलिन र महिला जौ सुवेई रहेका छन्।

ज्याँठामा रहेको होटल जिउ डिङ युआन बिन ग्वानमा बसोबास गरिरहेका उनीहरूलाई सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूबाट बरामद गरिएको सुन र नगद रकमसहित हाल थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा तस्करीको आशंका गरिएको छ।

अनुसन्धान पश्चात् उनीहरूलाई राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ। घटनाले राजधानीमा विदेशी नागरिकद्वारा हुने आर्थिक अपराधको सम्भावित सञ्जालप्रति सुरक्षा निकाय सतर्क बनेको संकेत दिएको छ।

वीरगञ्जको DRAN No.1 मा सरसफाइका लागि डुंगा परीक्षण, रक्सौल नाकादेखि हुलाक कार्यालयसम्म सञ्चालनको तयारीवीरगञ्ज महानगरपालि...
22/07/2025

वीरगञ्जको DRAN No.1 मा सरसफाइका लागि डुंगा परीक्षण, रक्सौल नाकादेखि हुलाक कार्यालयसम्म सञ्चालनको तयारी
वीरगञ्ज महानगरपालिकाद्वारा सरसफाइ अभियानअन्तर्गत डुंगा सञ्चालन परीक्षण

वीरगन्ज मुख्य सडक विस्तार रोक्न पुनः सर्वोच्चमा उत्प्रेषण मुद्दा दर्ताझण्डै १२ वर्षदेखि अन्योलमा परेको वीरगन्जको मुख्य स...
22/07/2025

वीरगन्ज मुख्य सडक विस्तार रोक्न पुनः सर्वोच्चमा उत्प्रेषण मुद्दा दर्ता

झण्डै १२ वर्षदेखि अन्योलमा परेको वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारका लागि सर्वोच्च अदालतले बाटो खुलेको निर्णय गरेपछि सुरु भएको संरचना हटाउने काम फेरि रोकिएला भन्ने चिन्ता बढेको छ।

यसअघि घरधनीहरुले सडक विस्तार हुन नहुने माग गर्दै दायर गरेको रिट गत फागुन २८ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले खारेज गर्ने निर्णय गरेको थियो। सो फैसलापछि वीरगन्ज महानगरपालिकाले सडकको दायाँ र बाँयातर्फ २५/२५ मिटर क्षेत्रभित्र पर्ने संरचना हटाउने काम सुरु गरेको थियो।

तर, पुनः सडक विस्तार रोक्नको लागि २४ जनाले प्रधानमन्त्री कार्यालय, वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, सडक विभाग लगायतका निकायलाई विपक्षी बनाई असार ३२ गते सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दर्ता गरेका छन्।

यो पुनः दर्ता भएको मुद्दापछि सडक विस्तारको प्रक्रिया फेरि अन्योलमा पर्ने संकेत देखिएको छ। स्थानीयवासी, व्यापारिक संघसंस्था र सरोकारवाला निकायले चाँडो समाधान खोज्न सरकारलाई आग्रह गरेका छन्।

कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन...
22/07/2025

कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचको ‘घूस डिल’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ ।

महावीर पुनले आफ्नै पुस्तक बेचेर वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालनको लागि १६ करोड ३५ लाख जुटाए !
22/07/2025

महावीर पुनले आफ्नै पुस्तक बेचेर वीरगन्ज कृषि औजार कारखाना पुनः सञ्चालनको लागि १६ करोड ३५ लाख जुटाए !

बंगलादेश विमान दुर्घटना अपडेट: ढाकास्थित एक विद्यालय परिसरमा बंगलादेशी वायुसेनाको प्रशिक्षण विमान खस्दा कम्तीमा २० जनाको...
22/07/2025

बंगलादेश विमान दुर्घटना अपडेट: ढाकास्थित एक विद्यालय परिसरमा बंगलादेशी वायुसेनाको प्रशिक्षण विमान खस्दा कम्तीमा २० जनाको मृत्यु, १७० भन्दा बढी घाइते। 💔

ढाकाको विद्यालयमा बंगलादेशी एयरफोर्सको विमान दुर्घटना, १९ जनाको मृत्युबंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको म...
21/07/2025

ढाकाको विद्यालयमा बंगलादेशी एयरफोर्सको विमान दुर्घटना, १९ जनाको मृत्यु

बंगलादेशको राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको मिलस्टोन स्कूल एण्ड कलेजको परिसरमा बंगलादेश वायुसेनाको एफ–७ बीजीआई प्रशिक्षण विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।

विमान दुर्घटनाको बेलामा विद्यालयमा विद्यार्थीहरू उपस्थित थिए। दुर्घटनापछि उद्दार कार्य जारी रहेको र घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बंगलादेशी अधिकारीहरूले जनाएका छन्।

विमान किन र कसरी दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ।

पोखरामा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्युपोखरा महानगरपालिका–११ फूलबारीकी ७० वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृ...
21/07/2025

पोखरामा कोरोना संक्रमणबाट एक वृद्धाको मृत्यु
पोखरा महानगरपालिका–११ फूलबारीकी ७० वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। चरक मेमोरियल अस्पतालमा उपचाररत ती वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए।
असार २५ गते कोरोना पुष्टि भएकी ती वृद्धालाई उच्च रक्तचाप र मधुमेहको समस्या पनि रहेको थियो।
गण्डकी प्रदेशमा जनवरीदेखि हालसम्म ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने हाल संक्रमितको संख्या शून्य रहेको निर्देशनालयले जनाएको छ।

पर्सामा ६ महिनामा १३७ जना किशोरी, युवती र महिलाको उद्धारपर्सा जिल्लामा मानव बेचबिखनको जोखिममा परेका १३७ जना किशोरी, युवत...
21/07/2025

पर्सामा ६ महिनामा १३७ जना किशोरी, युवती र महिलाको उद्धार

पर्सा जिल्लामा मानव बेचबिखनको जोखिममा परेका १३७ जना किशोरी, युवती र महिलाको उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व सम्हालेयता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रको सक्रियतामा उक्त उद्धार गरिएको हो।

एसपी मिश्रले जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी गत पुस २३ गतेदेखि सम्हालेका थिए। उनले नेतृत्व सम्हालेयता वीरगन्जका होटल, रेस्टुरेन्ट तथा लजहरूमा गरिएका छापा र नेपाल–भारत सीमा नाकामा गरिएको कडाइका क्रममा मानव बेचबिखनमा फस्न लागेका व्यक्तिहरूको उद्धार गरिएको प्रहरी कार्यालयले जनाएको छ।

उद्धार गरिएकालाई अभिभावकको जिम्मा लगाएर सुरक्षित रूपमा घर पठाइएको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिए।

उक्त अवधिमा मानव बेचबिखनसम्बन्धी १२ वटा मुद्दा दर्ता गरिएकोमा १३ जना पक्राउ परेका छन्। पक्राउ परेका सबैलाई कारागार पठाइएको प्रहरीले जनाएको छ।

📸 पशुपतिमा पूजा पश्चात मुस्कानसहितको सेल्फी!साउनको पहिलो सोमबार, हरियो, रातो र पहेँलो रङमा सजिएर पशुपतिनाथमा दर्शन गर्न ...
21/07/2025

📸 पशुपतिमा पूजा पश्चात मुस्कानसहितको सेल्फी!
साउनको पहिलो सोमबार, हरियो, रातो र पहेँलो रङमा सजिएर पशुपतिनाथमा दर्शन गर्न आएकी दुई महिला पूजापछि सेल्फीमा रमाउँदै।

तस्बिर: वर्षा शाह

📢 सावधान! मोटरसाइकल हराएको सूचना 🚨आज साँझ ६:३० बजेतिर वीरगञ्ज घण्टाघरस्थित आर्मी ब्यारेकको सामनेबाट इन्डियन नम्बर प्लेट ...
20/07/2025

📢 सावधान! मोटरसाइकल हराएको सूचना 🚨
आज साँझ ६:३० बजेतिर वीरगञ्ज घण्टाघरस्थित आर्मी ब्यारेकको सामनेबाट इन्डियन नम्बर प्लेट भएको बाइक चोरी भएको छ।

कसैले देख्नुभएमा नजिकको प्रहरीलाई जानकारी दिनुहोस् वा सम्पर्क गर्नुहोस्:

👤 राधाकान्त साह कानु
📞 +977-9746680613
📞 +977-9817226870
📞 +977-9817236891

सहयोगको लागि अनुरोध छ 🙏

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when FLOP Birgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FLOP Birgunj:

Share