Rato pana

Rato pana निष्पक्ष खबर सबैको लागि ! Official page of
www.Ratopana.com
(4)

जहाँ गर्मी हराउँछ र प्रकृति बोल्न थाल्छ : भेडेटारको कथाविस्तृत : https://ratopana.com/?p=53604
07/08/2026

जहाँ गर्मी हराउँछ र प्रकृति बोल्न थाल्छ : भेडेटारको कथा

विस्तृत : https://ratopana.com/?p=53604

२५० रूपैयाँको सामान किन्नेले पाए सरकारको १० लाख उपहार, करदातालाई बिल लिन र विद्युतीय भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्...
07/08/2026

२५० रूपैयाँको सामान किन्नेले पाए सरकारको १० लाख उपहार, करदातालाई बिल लिन र विद्युतीय भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले आर्थिक वर्ष २०८३/८४ देखि ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालनमा ल्याएको हो।

शुक्रबार पनि बढ्यो सुन–चाँदीको मूल्यनेपाली बजारमा शुक्रबार पनि सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। बिहीबार प्रतितोला ...
07/08/2026

शुक्रबार पनि बढ्यो सुन–चाँदीको मूल्य

नेपाली बजारमा शुक्रबार पनि सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। बिहीबार प्रतितोला आठ हजार रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार थप ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार २ लाख ९६ हजार ९ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ५ सय ७० रुपैयाँ रहेको चाँदी शुक्रबार ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा भने शुक्रबार सुन प्रतिऔंस ४ हजार २ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

रु. दस लाख राशीको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणाका लागि शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर...
07/08/2026

रु. दस लाख राशीको करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणाका लागि शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायत सहभागीहरु ।
तस्बिर : अर्थमन्त्रीको सचिवालय

हराभरा वातावरणका लागि सशस्त्र प्रहरी र ग्रीन सिटीको संयुक्त पहलविस्तृत : https://ratopana.com/?p=53601
07/08/2026

हराभरा वातावरणका लागि सशस्त्र प्रहरी र ग्रीन सिटीको संयुक्त पहल

विस्तृत : https://ratopana.com/?p=53601

काठमाडौं पुग्नुपर्ने २० हजार लिटर हवाई इन्धन वीरगञ्जमै चोरी, पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउविस्तृत : https://rato...
07/08/2026

काठमाडौं पुग्नुपर्ने २० हजार लिटर हवाई इन्धन वीरगञ्जमै चोरी, पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ

विस्तृत : https://ratopana.com/?p=53598

बुबाको अन्तिम यात्रामा पनि छोरीहरू आएनन् !हरियाणाको सोनीपतस्थित एक वृद्धाश्रममा बस्दै आएका ७४ वर्षीय कपडा व्यवसायी शिवचर...
07/08/2026

बुबाको अन्तिम यात्रामा पनि छोरीहरू आएनन् !

हरियाणाको सोनीपतस्थित एक वृद्धाश्रममा बस्दै आएका ७४ वर्षीय कपडा व्यवसायी शिवचरण गुप्ताको निधनपछि सार्वजनिक भएको यो घटना निकै मार्मिक छ। वृद्धाश्रमका अनुसार उनको स्वास्थ्य गम्भीर बन्दै गएको जानकारी करिब २० दिनअघि नै तीनै छोरीलाई गराइएको थियो। तर, उनीहरूमध्ये कोही पनि बुबालाई भेट्न पुगेनन्। निधनपछि पनि अन्तिम बिदाइका लागि कसैले उपस्थित हुन स्वीकार गरेनन्।

कथित रूपमा जेठी छोरीले अन्त्येष्टिका लागि ५,१०० भारतीय रुपैयाँ अनलाइन पठाउँदै भिडियो कलमार्फत अन्तिम संस्कार देखाइदिन आग्रह गरिन्। पछि अस्थि लिन पनि आउन नसक्ने बताउँदै वृद्धाश्रमलाई नै गंगामा विसर्जन गरिदिन अनुरोध गरिएको बताइएको छ।

यदि यी विवरणहरू सही हुन् भने, यो घटनाले आधुनिक समाजमा पारिवारिक सम्बन्ध, जिम्मेवारी र वृद्ध अभिभावकप्रतिको व्यवहारबारे गम्भीर प्रश्न उठाउँछ। यद्यपि, यस्ता घटनामा पारिवारिक पृष्ठभूमि वा सम्बन्धका सबै पक्ष सार्वजनिक रूपमा थाहा नहुन पनि सक्छन्। त्यसैले कुनै निष्कर्षमा पुग्नुअघि सम्पूर्ण तथ्य बुझ्नु आवश्यक हुन्छ।

तर एउटा कुरा भने स्पष्ट छ—आफ्ना अभिभावकलाई सम्मान, साथ र आवश्यक समयमा साथ दिनु हरेक सन्तानको नैतिक जिम्मेवारी हो।

06/08/2026

वीरगञ्जको सौदागर आयल सेन्टरमा प्रहरीले किन मार्यो छापा, पर्सा प्रहरीका प्रवक्ता चक्रबहादुर मल्ल यसो भन्छन्

06/08/2026

वीरगञ्जको सौदागर आयल सेन्टरमा प्रहरी छापा, सञ्चालकसहित ६ जना नियन्त्रणमा

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जस्थित सौदागर आयल सेन्टरमा छापा मार्दै सञ्चालकसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार हवाई इन्धन (एभिएसन फ्युल) पेट्रोल पम्पमा खाली गरिरहेको अवस्थामा प्रहरी टोलीले छापा मारेको हो। घटनास्थलबाट ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले प्रारम्भिक अनुसन्धानका क्रममा हवाई इन्धनको अवैध प्रयोग तथा त्यससँग सम्बन्धित कानुनी पक्षबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। घटनाबारे विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

06/08/2026

रास्वपाका सांसद रहबर अन्सारीले संसद्मा बोल्न नहुने कुरा बोले
भिडियो : सामाजिक सञ्जाल

Address

Ranighat
Birgunj

Alerts

Be the first to know and let us send you an email when Rato pana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rato pana:

Shortcuts

Share