Radio Terai 107 Mhz

  • Home
  • Radio Terai 107 Mhz

Radio Terai 107 Mhz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radio Terai 107 Mhz, Media/News Company, .

20/03/2025

जम्मा मत गणना ९५० मध्ये
सभापति पदका उम्मेदवारहरु
राज कुमार यादव-२४७
विकाश मण्डल -१४२
हरि किशोर यादव-१२९
कमलेश यादव-१३३
पवन यादव -८३

ठाकुर रामको मतगणना अहिले विहान १०:०० बजे देखि हुने
19/03/2025

ठाकुर रामको मतगणना अहिले विहान १०:०० बजे देखि हुने

05/01/2025

वीरगञ्ज, पौष २१// निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन ) पर्साको अध्यक्षमा वीरगञ्ज स्थित साउथजोन मावी का...

प्रेस सेन्टर को १८ औ साधारणसभा बाट प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनु भएकोमा यस रेडियो तराईका प्रस्तोता रन्जित ...
03/01/2025

प्रेस सेन्टर को १८ औ साधारणसभा बाट प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित हुनु भएकोमा यस रेडियो तराईका प्रस्तोता रन्जित पाण्डे लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!

21/12/2024

जनकपुरले गर्यो एन पि एल उपाधी माथी कब्जा
वीरगञ्ज, पौष ६//

नेपालमा जारी नेपाल प्रीमियर लिग(एन पि एल) को फाइनल उपाधी आज जनकपुर बोल्ट्सले जितेको छ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सम्पन्न फाइनल गेममा सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्टस ले ५ विकेटले पराजित गरेको हो ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो भने १८५ रनको विजय लक्ष्य लिइ जवाफि ब्याटिङमा ओर्लेको जनकपुर बोल्टसले ५ विकेट खर्चिँदै १९. २ ओभरमा लक्ष्य पुरा गरि फाइनल आफ्नो पोल्टामा पार्न सफल भएको छ।

आज सम्पन्न फाइनल खेल अत्यन्तै रोचक प्रतिस्पर्धामा सम्पन्न भएको र यो खेलले सम्पूर्ण नेपालीमा खेलप्रतिको आकर्षण बढाउँदै सम्पूर्ण नेपाली खेलाडीहरुको भविष्य सुरक्षित भएको जस्तो महसुस गरेको खेलप्रेमिहरुको भनाइ रहेको छ ।

21/12/2024

रेडियो तराई को नियमित स्रोता उतिमलाल यादव
प्रति हार्दिक श्रद्धाञ्जली !!!

क्वालिफायर टु मा जनकपुरको जित, एन पि एल उपाधिका लागि सुदुरपश्चिम सङ्ग भिड्नेवीरगञ्ज, पौष ४// एन पि एल को आज सम्पन्न क्वा...
19/12/2024

क्वालिफायर टु मा जनकपुरको जित, एन पि एल उपाधिका लागि सुदुरपश्चिम सङ्ग भिड्ने

वीरगञ्ज, पौष ४//

एन पि एल को आज सम्पन्न क्वालिफयर टु मा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाइ २ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।
कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभर खेल्दै ८ विकेट गुमाएर पूरा गर्दै फाइनलको यात्रा पक्का गरेको हो । आजको खेलमा जनकपुर बोल्ट्सका लागि जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै सर्वाधिक ४५ रन बनाए भने कर्णाली याक्सका नन्दन यादव र युवा स्पीनर विपिन शर्माले राम्रो प्रदर्सन गरेका छन् ।

आजको जित सङ्गै एन पि एल को पहिलो उपाधिका लागि जनकपुर बोल्ट्स र सुदुरपश्चिमका बिच अगामी शनिबार अन्तिम भिडन्त हुने भएको छ ।

किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कृकेट मैदानमा हुने फाइनल खेल दुबै टिमका खेलाडी, समर्थक, दर्शक र आयोजक समेतका लागि अत्यन्तै रुचिको विषय बनेको बुझिएको छ । एन पि एल ले नेपाली कृकेटको प्रभावलाई अत्यन्तै लोकपृय बनाएको आमनागरिकको बुझाइ रहेको छ ।

एनपिएल को फाइनलमा पुग्न जनकपुर र कर्णाली आज खेल्दैवीरगौन्ज, पौष ४//नेपाल प्रीमियर लिग (एन पि एल ) को क्वालिफायर टु मा आज...
19/12/2024

एनपिएल को फाइनलमा पुग्न जनकपुर र कर्णाली आज खेल्दै
वीरगौन्ज, पौष ४//

नेपाल प्रीमियर लिग (एन पि एल ) को क्वालिफायर टु मा आज जनकपुर बोल्ट्स र कर्णाली याक्सको बीचमा प्रतिस्पर्धा हुँदैछ ।

सिरिज अन्तर्गत लिग चरणको दोश्रो स्थानमा रहेको जनकपुरले क्वालिफायर -१ मा सुदूरपश्चिम सङ्ग पराजित भएर पनि क्वालिफायर टु खेल्न पाएको छ भने हिजो सम्पन्न खेलमा कर्णालिले चितवन राइनोलाइ पराजित गर्दै क्वालिफायर टु को यात्रा तय गरेको हो ।

क्वालिफायर टु आज विहिवार दिउँसो १२:०० बजे देखि त्रिभुवन विश्वविद्यालयको किर्तिपुर स्थित अन्तराष्ट्रीय कृकेट ग्राउन्डमा हुनेछ ।

23/10/2024

Address


Alerts

Be the first to know and let us send you an email when Radio Terai 107 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Terai 107 Mhz:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share