Radio Paribartan 92 mhz

Radio Paribartan 92 mhz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radio Paribartan 92 mhz, Radio Station, burtibang, Burtibang.

सहभागिताको लागि अनुरोध !
23/10/2024

सहभागिताको लागि अनुरोध !

बुर्तिबाङमा प्रशासनिक जग्गा खरिदको लागि साझाखेतमा उपयुक्त जग्गाको खोजी । बुर्तिबाङमा ईलाका प्रशासन, मालपोत र नापी कार्या...
17/10/2024

बुर्तिबाङमा प्रशासनिक जग्गा खरिदको लागि साझाखेतमा उपयुक्त जग्गाको खोजी ।

बुर्तिबाङमा ईलाका प्रशासन, मालपोत र नापी कार्यालयको लागि आफ्नै प्रशासनिक भवन निर्माण गर्न स्थानीय बजारबासी नागरिकबाट जग्गा व्यवस्थापनको लागि बनेको समितिले केही दिन अगाडि मात्र रु. १ करोड १० लाख बढी रकम संकलन गरेको पत्रकार सम्मेलन गरी सार्वजनिक गरे लगत्तै केही स्थानीयवासीहरुको पलहमा कम मूल्य र उपयुक्त जग्गाको खोजीमा जुटेपछि अहिले ढोरपाटन नगरपालिका वडा नं. २ को साझाखेतमा उपयुक्त जग्गा मिलेको बताइएको छ ।

वडा नं. २ का स्थानीय पृथ बहादुर खत्रीको नाममा रहेको कित्ता नं. २१४ को ३ रोपनी ४ आना १ दाम क्षेत्रफल रहेको जग्गा निजले विक्रि गर्न मन्जुर भएको जानाकारी गराएपछि उक्त जग्गा प्रशासनिक भवनहरु बनाउन दीर्घकालीन रुपमा समेत उपयुक्त रहेको कुरा लामो समय पूर्व गाविस सचिव हुँदै ढोरपाटन नगरपालिकाको पूर्व अधिकृत समेत रहनुभएका स्थानीय नन्दराम भुसालले बताउनु भयो ।

जग्गा धनी पृथ बहादुर खत्रीले ईलाका प्रशासन कार्यालय बुर्तिबाङ र जग्गा खरिदको लागि बनेको व्यवस्थापन समितिलाई प्रक्रिया पुराई जग्गा दिनका लागि आफू मन्जुर रहेको भन्दै लिखित निवेदन पेश गर्नुभएको छ । निवेदनमा उल्लेख भए अनुसार उहाँले रु. १ करोडमा उक्त जग्गा दिन आफू मन्जुर रहेको खुलाउनु भएको छ ।

यस अघि प्रशासनिक जग्गा व्यवस्थापन समितिले बुर्तिबाङ स्थित कवडहल रहेको स्थानमा २२ आना जग्गाको लागि रु. १ करोड ६४ लाख ५० हजार र ढोरपाटन नगरपालिकाको कार्यालय रहेको स्थान नजिकै १२ आना जग्गाको लागि रु. १ करोड ३४ लाखमा जग्गा खरिद गर्ने प्रक्रियालाई अगाडि बढाएपछि केही स्थानीयवासीबाट जग्गाको क्षेत्रफल नमिलेको र उपयुक्त ठाउँमा समेत नभएको साथै चलनचल्तीको बजार मूल्यभन्दा महङ्गो भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । त्यतिमात्र नभई जग्गा व्यवस्थापन समितिले बुर्तिबाङबासी स्थानीय नागरिकबाट तोकेरै रकम उठाएपछि समितिले नागरिकबाट जबरजस्ती चन्दा रकम उठाएको भन्दै केही नागरिकहरुले असन्तुष्टि व्यक्त गर्दै आक्रोशित समेत बन्दै आएका छन् । नागरिकबाट उठाइने चन्दा सहयोग रकम तोकेर नभई स्वेच्छिक हुनुपर्ने स्थानीयबासीको माग रहेको छ ।

जग्गा व्यवस्थापन समितिकै एक सदस्य समाजसेवी निल बहादुर पुनले अहिले जग्गा व्यवस्थापन समितिले खरिद गर्ने भनिएको झण्डै ३ करोडको जग्गाभन्दा झण्डै दोब्बर बढी जग्गा रु. १ करोडमै साझाखेतमा पाइएकाले समितिले सोही जग्गालाई प्रक्रिया पुराएर खरिद गर्दा उपयुक्त हुने बताउनु भयो । उहाँले यस सम्बन्धमा ईलाका प्रशासन कार्यालय बुर्तिबाङ र जिल्ला प्रशासन कार्यालय बागलुङमा समेत आवश्यक परामर्श गरिरहेको बताउनु भयो ।

उहाँले तत्काल एउटा झोलुङ्गे पुल र त्यसपछि पक्की पुलको व्यवस्थापन गर्न सकिने र बजारक्षेत्रबाट दुई चार मिनेटकै दुरीबाट नागरिकले सहज रुपमा सेवा लिन सक्ने भएकाले उक्त जग्गा नै उपयुक्त भएको बताउनु भयो । नयाँ सहर योजनाले दीर्घकालीन रुपमा योजना बनाई सोही क्षेत्रमा थप जग्गा समेत खरिद गर्न सके अन्य सरकारी कार्यालयहरु र खेलमैदानको समेत व्यवस्थापन गर्न सकिने उहाँले बताउनु भयो । अहिले सो जग्गा रहेको क्षेत्र नजिकै तारिखेत हुँदै मोटरबाटो समेत नजिकै आइपुगेको छ ।

जग्गा व्यवस्थापन समितिले कुनै पनि स्वार्थ नराखी निष्पक्ष र पारदर्शी रुपमा सस्तो र कम मूल्यमै उपयुक्त स्थानमा जग्गा खरिद गर्न सके प्रशासनिक कार्यालयहरुको दीर्घकालीन रुपमा व्यवस्थापन हुने र नागरिकले उठाउनु पर्ने रकममा समेत कम भार पर्ने स्थानीय बुद्धिजीवी एवं नागरिकहरुको भनाइ रहेको छ ।

बाग्लुङ जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढि एचआईभी संक्रमित हुने पालिकाहरु क्रमश:-१- बागलुङ नगरपालिकामा ७६ जना २- जैमि...
01/04/2024

बाग्लुङ जिल्लाका १० पालिका मध्ये सबैभन्दा बढि एचआईभी संक्रमित हुने पालिकाहरु क्रमश:-
१- बागलुङ नगरपालिकामा ७६ जना
२- जैमिनी नगरपालिकामा २८,
३- काठेखोला गाउँपालिकामा २६,
४- ताराखोला गाउँपालिकामा ७,
५- गलकोट नगरपालिकामा २४,
६- निसीखोला गाउँपालिकामा ११
७- बडिगाड गाउँपालिकामा ८,
८- ढोरपाटन नगरपालिकामा ५,
९- बरेङ गाउँपालिकामा २,
१०- तमानखोला गाउँपालिकामा ३ जना रहेका छन्।
जस मध्य २२ जना संक्रमित बालबालिका रहेको बताइएको छ। @highlight

"महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी" ("invest in women: Accelerate progress") भन्ने मुल नाराका साथ ११४ औं अन्तरा...
08/03/2024

"महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी" ("invest in women: Accelerate progress") भन्ने मुल नाराका साथ ११४ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बुर्तिबाङमा आयोजित कार्यक्रम ।

07/09/2023
26/05/2023

जेठ १२ गते शुक्रबार । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकु...

13/05/2023

बुर्तिबाङ बैसाख ३० । जिल्लाको निसीखोला गाउँपालिका वडा नं.१ स्थित देविस्थान माध्यमिक विद्यालयमा शुक्रबार देखि ३ ....

12/05/2023

जित क्षेत्री बुर्तिबाङ, बैशाख २८ गते शुक्रबार। पश्चिम बागलुङको मुख्य व्यापारिक केन्द्र बुर्तिबाङ बजार क्षेत्रम...

11/05/2023

बैशाख २८ गते । निसीखोला गाउँपालिका वडा नं. १ को समन्वय तथा कर्म फलाइट पोखराको सहयोगमा निसीखोलाको देविस्थानमा आँख.....

11/05/2023

बैशाख २८ गते । निसीखोला गाउँपालिकाको सभाहलमा बुधबार कर्मकाण्डी रुपमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको ...

10/05/2023

बुर्तिबाङ बैसाख २६। ढोरपाटन नगरपालिकामा करिब डेढ महिनापछि नगरपालिकाको आर्थिक कारोबार सुरु हुने भएको छ ।लेखा शा.....

23/04/2023

बैशाख १०, २०८० आइतबार । पाल्पामा भएको बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको परिचय खुलेको छ । दुर्घटनामा रुपन्देहीक...

Address

Burtibang
Burtibang

Alerts

Be the first to know and let us send you an email when Radio Paribartan 92 mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Paribartan 92 mhz:

Share

Category