18/09/2026
असल बचत तथा ऋण सहकारीको साधारणसभा कात्तिक १५ गते हुने
कृष्ण पौडेल
फर्साटिकर ।
असल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पूर्ण बैठक संस्थाका अध्यक्ष शालिग्राम बस्यालको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले आगामी कात्तिक १५ गते संस्थाको साधारणसभा गर्ने निर्णय गरेको छ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका–४, फर्साटिकरस्थित रिद्धि सिद्धि पार्टी प्यालेसमा आयोजना हुने साधारणसभा यस वर्ष प्रविधिमैत्री रूपमा सञ्चालन गरिने संस्थाले जनाएको छ।
साधारणसभा व्यवस्थित रूपमा सम्पन्न गर्न बैठकले विभिन्न जिम्मेवारीसहित ६ वटा समिति गठन गरेको छ। जसअनुसार संस्थाको सांगठनिक प्रतिवेदन समितिमा शालिग्राम बस्याल, मञ्च तथा खाद्य व्यवस्थापन समितिमा रामप्रसाद अधिकारी, अतिथि सम्मान समितिमा दुर्गादेवी आचार्य, पुरस्कार तथा सम्मान समितिमा हेमन थापा र निमन्त्रणा तथा प्रचारप्रसार समितिमा यज्ञमूर्ति अधिकारीलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, यातायात तथा प्रतिवेदन समितिमा चेतनारायण उपाध्यायलाई जिम्मेवारी दिइएको छ।
संस्थाले साधारणसभालाई व्यवस्थित, प्रभावकारी तथा प्रविधिमैत्री बनाउन आवश्यक तयारी अघि बढाएको जनाएको छ।