Lumbini News

Lumbini News Official facebook Page of www.lumbininews.com

09/09/2026

रसुवा बाढीमा सम्पर्कविहीन भएका बाँकेका ५८ जनामध्ये ३२ जनाको उद्धार भएको छ भने ३ जनाको शव भेटिएको छ। अझै २३ जना बेपत्ता छन् ।


08/09/2026

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।


नेपालगञ्ज उपमहानगरपालिका–१ का सुलभराज श्रेष्ठ सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेर घर फर्किएका थिए। इन्जिनियरिङ लाइसेन्स परीक...
08/09/2026

नेपालगञ्ज उपमहानगरपालिका–१ का सुलभराज श्रेष्ठ सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेर घर फर्किएका थिए। इन्जिनियरिङ लाइसेन्स परीक्षा दिन उनी भदौमा काठमाडौं गएका थिए।
सुलभ पढाइबाहेक खेलकुदमा पनि उस्तै सक्रिय थिए। उनी बाँके जिल्ला क्रिकेटमा चिनिएका युवा खेलाडी थिए। पढाइ र खेल दुवैमा सन्तुलन मिलाएर अघि बढ्ने उनको सपना थियो। तर, भदौ २३ गतेको घटनाले ती सबै सपना एकैचोटि समाप्त पारिदियो।
त्यस दिन आन्दोलनमा रहेकै बेला नयाँ बानेश्वरमा उनलाई गोली लाग्यो। अन्य प्रदर्शनकारीहरूले उनलाई तत्कालै ट्रमा सेन्टर पुर्‍याए। तर, उपचारकै क्रममा सुलभले यस संसारबाट सधैँका लागि बिदा लिए।





अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–४ का माधव बुटवलको कान्ती माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेपछि काठमाडौं छिरेक...
08/09/2026

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–४ का माधव बुटवलको कान्ती माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेपछि काठमाडौं छिरेका थिए । उनी पढाइमा अब्बल, अनुशासित, मिलनसार र सक्रिय युवा थिए ।
उनी पनि साथीहरुसँगै २३ भदौमा जेनजी आन्दोलनमा सहभागी हुन गएका थिए । प्रहरीको गोली लागेर माधवको ज्यान गयो । एउटा युवाको जीवनसँगै एउटा परिवारको भरोसा, एउटी आमाको संसार र भाइबहिनीको भविष्य चकनाचुर भयो ।





नेपालगञ्जका आयुष थापाले १२ कक्षा उत्तीर्ण गरिसकेका थिए । फ्रान्स जाने तयारीमा रहेका उनी विदेशमा पढेर त्यहाँको सीप र ज्ञा...
08/09/2026

नेपालगञ्जका आयुष थापाले १२ कक्षा उत्तीर्ण गरिसकेका थिए । फ्रान्स जाने तयारीमा रहेका उनी विदेशमा पढेर त्यहाँको सीप र ज्ञान लिएर नेपाल फर्कने, आफ्नै मुलुकमा केही गर्ने सोचमा थिए । पढाइमा अब्बल, खेलकुदमा रुचि राख्ने शान्त स्वभावका आयुष फ्रान्सको भिसा लाग्यो भन्ने खबर पाएपछि टिकट बन्दोबस्त गर्न भदौ पहिलो सातातिर काठमाडौं गएका थिए । आफ्नो पुस्ताले सुरु गरेको आन्दोलमा सहभागी हुन गएका उनलाई गोली लाग्यो, उनको सपना त्यहीँ तुहियो ।






08/09/2026

भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि बाँकेको नौबस्ता र कारागार शाखा नेपालगन्जका कैदीबन्दीले १ लाख २ हजार ६२६ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।


युट्युबमा हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्य...
08/09/2026

युट्युबमा हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवाका किसान रामप्रसाद बेलवासेले व्यावसायिक ड्रागन फ्रुट खेती सुरु गरेका छन् । उनी भन्छन्, “अहिलेसम्म तीन पटक फल टिपेका छौं । चौथोपटक फल टिप्ने तयारीमा छौं । आगामी वर्षदेखि उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरेको छु ।”


गुल्मीको रुरुक्षेत्र–५ टाहटिम घर भई रसुवा भन्सारमा कार्यरत नायब सुब्बा अनिता पुरी बाढीपछि सम्पर्कविहीन भएकी छन्। महिनावा...
08/09/2026

गुल्मीको रुरुक्षेत्र–५ टाहटिम घर भई रसुवा भन्सारमा कार्यरत नायब सुब्बा अनिता पुरी बाढीपछि सम्पर्कविहीन भएकी छन्। महिनावारी भएकाले कार्यालय नगई घरमै आराम गरिरहेका बेला बाढी आएको थियो। उनी बसेको घर सुरक्षित रहे पनि हालसम्म भित्र पसेर खोजीकार्य नगरिएको परिवारको गुनासो छ।


07/09/2026

भोटेकोशी नदीमा आएको बाढीमा सम्पर्कविहिन व्यक्तिहरूको पहिचानका लागि बाँकेको भेरी अस्पतालमा १६ जना आफन्तहरूको डीएनए नमुना संकलन गरिएको छ।


रसुवा बाढीमा परी कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया सम्पर्कविहीन छन् । उनको अ...
07/09/2026

रसुवा बाढीमा परी कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरिया सम्पर्कविहीन छन् । उनको अवस्थाबारे केही खबर नआएपछि उनकी श्रीमतीले आत्महत्याको प्रयास गरेकी छन्।


Address

Milanchowk
Butwal

Alerts

Be the first to know and let us send you an email when Lumbini News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini News:

Shortcuts

Share