Tilottama Times

Tilottama Times Informative

रुपन्देहीका विद्यार्थीहरूद्वारा  आज जिन–जेड (Gen Z) विरोध प्रदर्शनरुपन्देही जिल्लाका विद्यालय तथा क्याम्पसका विद्यार्थीह...
08/09/2025

रुपन्देहीका विद्यार्थीहरूद्वारा आज जिन–जेड (Gen Z) विरोध प्रदर्शन

रुपन्देही जिल्लाका विद्यालय तथा क्याम्पसका विद्यार्थीहरूले आज बिहान ९:०० बजेदेखि चौराहा राजमार्ग चौराहाबाट सुरु हुने गरी बुटवल उपमहानगरपालिकासम्म जिन–जेड (Gen Z) विरोध प्रदर्शन गर्ने भएका छन्।

यस कार्यक्रममा सहभागी हुन विद्यार्थीहरूलाई आफ्नो विद्यालय वा क्याम्पसको पोशाकमै आउन अनुरोध गरिएको छ। साथै, नेपालकै राष्ट्रिय झण्डा साथमा ल्याउन आयोजकहरूले आग्रह गरेका छन्। अत्यावश्यक परे मात्र मोटरसाइकल प्रयोग गर्न अनुरोध गरिएको छ, अन्यथा कार्यक्रम सामूहिकरूपमा पैदल रूपमा सम्पन्न गरिनेछ।

नवीनतम जानकारी अनुसार, साँझ ६:०० बजे झनै ठूलो बृहत् विरोध कार्यक्रम सञ्चालन गरिनेछ। सहभागीहरूले झोलामा छाता तथा पानी बोकेर आउन अनुरोध गरिएको छ।

यदि प्रिन्टरको सुविधा हुनेहरूले भ्रष्टाचारविरोधी पोस्टरहरू छापी ल्याउन सक्नेछन्। कार्यक्रममा सभ्य र भव्य ढंगले भ्रष्टाचारविरोधी नारा र पोस्टरका साथ सहभागी हुन आह्वान गरिएको छ।
Support youths & invite them...

10/08/2025
10/08/2025

बिप्लव खेतबारीमा: अर्घाखाँचीको सितगङ्गा नगरपालिकामा विभिन्न फलफूलका बिरुवा रोप्दै बिप्लव! उहाँ आजकाल कृषिमा व्यस्त हुनुहुन्छ! 🫡

Photo : Sagar Poudel

क्यानले नेपाल प्रिमियर लिगको पहिलो सिजनको आय व्यय सार्वजनिक गरेको छ ।
31/07/2025

क्यानले नेपाल प्रिमियर लिगको पहिलो सिजनको आय व्यय सार्वजनिक गरेको छ ।

28/07/2025
13/07/2025

#एमाले_काँग्रेस_गठबन्धन_पराजित : रुपन्देहीको ति न पा-८ मा रहेको मिलन टोल विकासमा भएको निर्वाचनमा एमाले काङ्ग्रेसको गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्व्तन्त्र पार्टीले ६ सद्स्यसहित सम्पुर्ण प्यानलनै जीत हासिल गरेको छ ।

11/07/2025

तिलोत्तमा नगरपालिका वडा नं. ५ को सडकहरूमा स्ट्रिट बोर्ड राख्ने कार्य सुरु गरिएको छ। हालसम्म सिद्धार्थ राजमार्गसँग जोडिएका २० वटा सडकहरूमा बोर्ड राखिएको छ। वडामा २७ सहायक सडक र १२७ भित्री सडकहरू छन्, र सबै सडकमा स्ट्रिट बोर्ड राख्ने योजना रहेको छ।

यो योजना सार्वजनिक ठेगाना खोज्न सजिलो बनाउने, सुरक्षा व्यवस्था सुदृढ गर्ने र वडालाई व्यवस्थित बनाउने उद्देश्यले गरिएको हो। वडा कार्यालयले सिसिटिभी जडान, पूर्वाधार विकास, र सर्भिस लेन क्षेत्रमा एलईडी बत्ती जडानको काम पनि थालेको छ। साथै चोकहरूमा विश्रामस्थल र तातो–चिसो पानीको सुविधा पनि बनाइएको छ।

11/07/2025

एमाले अध्यक्ष हुन आएकी हुँ प्रधानमन्त्रीका लागि पनि खुला छु, देउवाले गणतन्त्र बुझ्नुभएन- विद्या भण्डारी

07/07/2025

रुपन्देही-३ मा बालेंनको इन्ट्री : तिलोत्तमाका सन्तोष गिरीले उम्मेदवारी दिने
#तिलोत्तमा । २३ असार । रुपन्देही ३ को उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालयमा सल्लाहकार रहेका तिलोत्तमाका सन्तोष गिरीले उम्मेदवारी दिने तयारी गरेका छन् । ३३ वर्षीय गिरी तिलोत्तमा नगरपालिका ६ पश्चिम पहुनीका बासिन्दा हुन् । गिरीको जन्मस्थान रुपन्देही क्षेत्र नं. ३ मै पर्छ । गिरीले संक्षिप्त कुरा गर्दै धेरैतिरबाट आग्रह भएकाले उम्मेदवार बन्ने सोचका साथ तयारीमा रहेको खुलाए । ‘उम्मेदवार बन्न रुपन्देहीका शुभेच्छुकहरूले आग्रह गरेकाले बन्नुपर्छ भन्ने सोच भयो, बन्ने सम्भावना पनि छ,’ गिरीले भने, ‘तर हतार गरेर तयारी नै गरेको छैन, साउनमा थाहा हुन्छ । ’स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका गिरीले योग्य युवा उम्मेदवार आए आफूले उसैलाई सहयोग गर्ने पनि बताए । बालेनका खाद्य सल्लाहकार गिरी अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक हुन् । उनी नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा पनि काम गरिरहेका छन् । एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिव रहिसकेका गिरीले प्रखर वक्ताको पहिचान पनि बनाएका छन् । गिरी निकट स्रोतका अनुसार बालेनलाई महानगरमा एक्लै पारेपछि संसदमा उनको पक्षमा आवाज उठाइदिने कोही नभएकाले बालेन समर्थकको टिमले नै गिरीलाई उम्मेदवार बनाउन लागेको हो । ‘बालेनमाथि सत्तारुढ दुई दलले एक्लाएर काम गर्न नदिंदा उनको पक्षमा यदाकदा राप्रपाका ज्ञानेन्द्र शाहीले मात्रै संसदमा कुरा उठाउँछन्, अरूले आवाज उठाइदिएनन् भनेर बालेन समर्थकहरूले यही क्षेत्रका सम्भावना बोकेका युवालाई उम्मेदवार बनाउन लागेका हुन्,’ तिलोत्तमा–६ का बालेन समर्थक एक युवाले भने । उनले थपे, ‘अहिलेको युवा पुस्ताले सबैभन्दा रुचाएको बालेनलाई नै हो, उनलाई काम गर्न नदिएर दुःख दिएको देखेर उनको मान्छेलाई उम्मेदवार बनाउन हामी नै लागेका हौं ।’ बालेन समर्थकहरूले गिरीको पक्षमा रास्वपाको समेत साथ लिन खोजेका छन् ।
आइतबार नै बुटवल मोतिपुरका लेखनाथ गैरेले औपचारिकरुपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

Unlike Congress or RSP leaders, Maoist leaders are often criticized on social media if they display any sort of lifestyl...
14/05/2025

Unlike Congress or RSP leaders, Maoist leaders are often criticized on social media if they display any sort of lifestyle that seems like rich or bourgeois. Why? Because for a long time they claimed to hate capitalism and capitalist lifestyle; they claimed to represent poor and peasant. And when the people see what they claim to despise, they see the hypocrisy and thus the criticism.

They for all their life hide out to enjoy the lifestyle secretly. Unlike others, they can’t post on social media anything that seems rich and bourgeois. They can’t wear western brands. They can’t publicly announce that their children going for abroad study in a capitalist country. They cannot do anything that doesn’t align with what they claim to represent. They can’t drink expensive whisky; they can stay in luxury hotels.

Sadly, it doesn’t stop in them. It hunts even their children and grand children.

That’s the cost you pay for faking about what you believe in; contradicting with your preaching and practice. Humans universally have problems with hypocrisy. Nepalese are no different.

So, be you, be honest about what you believe in, and people don’t have a problem with whatever way you live your life as long as it’s aligning with your beliefs.

15/04/2025

विद्यार्थी सङ्ख्याका आधारमा नेपालकै सबैभन्दा ठूला विद्यालयहरू रूपन्देही जिल्ला बुटवल १० स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय र तिलोत्तमा ५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयले नयाँ शिक्षा ऐन लागू गर्ने मागका साथ गरिएको शैक्षिक ह*!डतालका कारण विद्यार्थी भर्ना लगायत विद्यालयका कार्यक्रमहरू अनिश्चितकालका लागि स्थगित गरेको सूचना निकालेका छन्। साथै विद्यालयहरूले शैक्षिक ह*!डताल समाप्त भए लगत्तै विद्यालयमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाइने र सम्पूर्ण शैक्षिक गतिविधिहरु सञ्चालन गर्ने जानकारी गराएका छन्।

01/04/2025

Students Issues: नेपालको धेरै ठाउँमा विद्यार्थीहरूलाई गाडी भाडामा "छुट दिनुपर्छ भनेर'' विद्यार्थीहरूलाई गाडीमा नचढाएको गुनासो आइरहेको छ।

Address

Butwal

Telephone

+9779862104497

Website

Alerts

Be the first to know and let us send you an email when Tilottama Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share