Devdaha Khabar

Devdaha Khabar This is the official page of Devdaha Khabar owned by Devdaha Khabar (Pvt. Ltd) Rupandehi.

09/10/2026

गायिका एलिना चौहान आक्रोशित, पत्रकारलाई धर्काईन- तपाईंलाई लाज छैन, बिष्णु भन्नेको नामै नलिनुस ।

लुम्बिनी विकास बैंकले लिलाम गरेको बुटवल मिलनचोकको एक घरमा टोलवासी लगायतको समूह मिलेर पूर्व घरधनीलाई भित्राएका छन् ।व्यवस...
06/10/2026

लुम्बिनी विकास बैंकले लिलाम गरेको बुटवल मिलनचोकको एक घरमा टोलवासी लगायतको समूह मिलेर पूर्व घरधनीलाई भित्राएका छन् ।व्यवसायी दुर्गाबहादुर पौडेल र लक्ष्मी बस्नेत पौडेलले छापाखाना सञ्चालनका लागि ४८ लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको ब्याज समेत गरी ५८ लाख रुपैयाँ तिर्न नसकेको भन्दै बैंकले सो घर ५३ लाख रुपैयाँमा लिलाम गरेको थियो । उक्त घर सुर्खेत ठेगाना भएका गोविन्द लामिछानेले खरिद गरेका थिए ।

दाङको देउखुरीस्थित लमही नगरपालिका–३ मजगाउँ चोकमा यात्रुवाहक बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा प्युठ...
05/10/2026

दाङको देउखुरीस्थित लमही नगरपालिका–३ मजगाउँ चोकमा यात्रुवाहक बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा प्युठानको सरुमारानी गाउँपालिका–५ की ४५ वर्षीया नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमै मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। पूर्वतर्फ जाँदै गरेको ट्रकलाई उछिन्ने क्रममा अटो विपरीत दिशाबाट आएको बससँग ठोक्किएको बताइएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्, उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

05/10/2026

कपिलवस्तुमा रातको समयमा बालक चोरीको प्रयास, भारतकी भनिएकी महिला नियन्त्रणमा ।

बच्चा चोर्ने भारतीय महिलालाई स्थानीयवासीले नियन्त्रणमा  लिइ  पोलमा बाँधेर राखेका छन् ।कपिलवस्तुको यशोधरा गाउँपालिका वडा ...
05/10/2026

बच्चा चोर्ने भारतीय महिलालाई स्थानीयवासीले नियन्त्रणमा लिइ पोलमा बाँधेर राखेका छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ मधुनगरा गाउँ का विनोद पासीका नाती दुई वर्षीय आनन्द पासीलाई आइतबार राति २ बजेतिर बच्चा चो'रेर भाग्ने क्रममा एक भारतीय महिलालाई नियन्त्रणमा लिई पोलमा बाँधेर राखेका छन्। आफूलाई भारतको झारखण्डको बताउने ती महिलाले खाटमा सुतिरहेको बच्चालाई नियन्त्रण लिएर भाग्ने प्रयास गरेकी थिइन्। महिलाको साथबाट ब्लेड समेत बरामद भएको छ।

बागलुङको  निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको ...
05/10/2026

बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना मजदुर गम्भीर घाइते भएका छन्।

आज बिहान करिब ७:२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका हुन्। मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर, गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। दुवै जना माटोको ढिस्कोमा पुरिएको अवस्थामा फेला परेका हुन । घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्ण बहादुर घर्ती गम्भीर घाइते भएका छन्। घाईतेलाई तत्काल उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ । घटनाको थप बिवरण आउन बाकिँ छ ।

04/10/2026

जंगल जाने क्रममा हराएकी देवदहकी हिमकला नवलपरासीमा अलपत्र भेटिइन्, नेपाल प्रहरीले खोजेर सकुशल आफ्नै घर पुर्‍यायो 🙏


देवदह निवासी वृद्ध महिला हिमकला राना जंगल जाने क्रममा हराउनुभएको थियो। उहाँ पश्चिम नवलपरासीको सुनवल–१०, गैँडाखाल चोकमा अलपत्र अवस्थामा फेला पर्नुभएको थियो।
फेला परेपछि प्रहरीले उहाँलाई इलाका प्रहरी कार्यालय सुनवलको सम्पर्कमा राखी परिवार तथा आफन्तको खोजीका लागि सहयोगको अपिल गरेको थियो। प्रहरी तथा सम्बन्धित व्यक्तिहरूको पहलपछि हिमकला रानाका परिवार तथा आफन्त फेला परेका हुन्।त्यसपछि उहाँलाई सकुशल रूपमा देवदह–१, केरावारीस्थित आफ्नै निवासमा पुर्‍याई आफन्त तथा घरपरिवारको जिम्मा लगाइएको जनाइएको छ।अलपत्र अवस्थामा भेटिएकी वृद्ध महिला सकुशल परिवारसँग पुनर्मिलन भएपछि उहाँको खोजी तथा उद्धारमा सहयोग गर्ने नेपाल प्रहरी तथा सम्बन्धित सबैप्रति स्थानीयले आभार व्यक्त गरेका छन्।

04/10/2026

कांग्रेस महाधिवेशनमा सुनको सिक्री चोर्ने चोर रंगेहात समातिएपछी प्रहरीकै अगाडी रामधुलाई ।
!todayviral

04/10/2026

रुपन्देहीमा बालिका अपहरणमा संलग्न युवक प्रहरीको गोली प्रहारपछि पक्राउ

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७, दरखसवाबाट हराएकी १० वर्षीया बालिकाको सकुशल उद्धार भएको छ भने अपहरणमा संलग्न युवकलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।
बालिका हराएको सूचनालगत्तै खटिएको प्रहरी टोलीले व्यापक खोजतलासका क्रममा गत असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट ती बालिकालाई सकुशल फेला पारेको थियो।
घटनामा संलग्न आरोपी तिलोत्तमा–१०, शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई पक्राउ गर्ने क्रममा असोज १८ गते राति प्रहरीले गोली प्रहार गरेको हो। तिलोत्तमा–१७, दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने प्रयास गर्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले उनको घुँडामुनि गोली चलाएको थियो।
गोली लागेर घाइते भएका थारुको हाल लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ। घटनाको प्रकृति तथा थप विवरणबारे इलाका प्रहरी कार्यालय, बुटवलबाट थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बुटवलबाट गुल्मी जाँदै गरेको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।आइतबार दिउँसोको स...
04/10/2026

बुटवलबाट गुल्मी जाँदै गरेको मोटरसाइकल सिद्धबाबा नजिकको भिरबाट तिनाउ नदीमा खस्दा एकजनाको मृत्यु भएको छ ।

आइतबार दिउँसोको समयमा तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिक बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु. ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको थियो । दुर्घटनामा परी गुल्मीको छत्रकोट पाउँपालिका वडा नं. ३ का ४७ वर्षीय नवराज पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Address

Devdaha Kerwani
Butwal
077

Alerts

Be the first to know and let us send you an email when Devdaha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devdaha Khabar:

Shortcuts

Share