Devdaha Khabar

Devdaha Khabar This is the official page of Devdaha Khabar owned by Devdaha Khabar (Pvt.

Ltd) Rupandehi.

लुम्बिनी प्रदेशका स्थानीय समाचारसहित देश तथा बिदेशका सम्पूर्ण समाचार प्रकाशित गरिने छ । सूचना तथा अन्य सम्पूर्ण जानकारीको लागि हाम्रो पेज लाईक गर्नुहोला ।

खेलकुदमन्त्री बब्लु गुप्ताको प्रतिबद्धता : बोलेर होइन, काम गरेरै देखाउँछु‘हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ,...
26/10/2025

खेलकुदमन्त्री बब्लु गुप्ताको प्रतिबद्धता : बोलेर होइन, काम गरेरै देखाउँछु

‘हामीलाई काम गर्न दिनुहोला । हामी के काम हुन्छ, त्यसलाई डेली प्रश्तुत गर्नेछौं,’ उनले भने, ‘बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँछु । मात्रै यो बोल्दो रहेछ भनेर भएन । बोलेर नै यो सबै कुरा बिग्रेको हो नि ।’

राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह । डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या र बब्...
26/10/2025

राष्ट्रपति भवन शितल निवासमा नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह ।
डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । तस्बिरहरु हेर्नुहोस् :

Nepal vs USA match Usa - 163-4
26/10/2025

Nepal vs USA match
Usa - 163-4

ग्राण्डी हस्पिटल धापासीमा जेन्जी नर्सहरूको आन्दोलन । उनिहरुले सरकारले तोकेको तलव पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका छन...
26/10/2025

ग्राण्डी हस्पिटल धापासीमा जेन्जी नर्सहरूको आन्दोलन । उनिहरुले सरकारले तोकेको तलव पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका छन ।

पूर्व पत्रकार र कांग्रेस निकट खगेन्द्र सुनार कानुनी विवादमादलित अधिकारकर्मीको रूपमा चिनिएका खगेन्द्र सुनारमाथि गम्भीर वि...
26/10/2025

पूर्व पत्रकार र कांग्रेस निकट खगेन्द्र सुनार कानुनी विवादमा

दलित अधिकारकर्मीको रूपमा चिनिएका खगेन्द्र सुनारमाथि गम्भीर विवाद उठेका छन्। मन्त्री बन्ने तयारीमा रहेका सुनारमाथि अदालतको अपहेलनादेखि ठगी र धम्कीसम्बन्धी दर्जनौँ उजुरीहरू दर्ता भएका खुलेको छ।

‘दलितका लागि दलित अभियान नेपाल’ का संयोजकसमेत रहेका सुनारमाथि सर्वोच्च अदालत जलाउने अभिव्यक्ति दिएकासहित विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र चरित्रहत्या गर्ने आरोप लागेको छ। अधिवक्ता मनिषा गौतमले गत वैशाख २० गते उनीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरेकी थिइन्।

गौतमका अनुसार रुकुम पश्चिमको सोती घटनाबारे उच्च अदालत सुर्खेतले फैसला सुनाएपछि सुनारको नेतृत्वमा अदालतको गेटमै तोडफोड र नारा–जुलुस गरिएको थियो। सो घटनामा हत्या भए पनि जातीय छुवाछुत नभएको अदालतको निर्णयप्रति असन्तुष्ट रहँदै सुनारले न्यायाधीशहरूलाई सार्वजनिक रूपमा गाली गरेको र सामाजिक सञ्जालमा तस्बिर राखी अपमानजनक शब्द प्रयोग गरेको प्रमाणसमेत भेटिएको छ।

त्यसपछि सुनारले अधिवक्ता गौतममाथि पनि साइबरबुलिङ गर्दै चरित्रहत्या र धम्कीपूर्ण सन्देशहरू पठाएको आरोप लागेको छ। गौतमका अनुसार, उनीविरुद्ध देशभर २३ वटा मुद्दा दर्ता भएका छन्।

सुनारको विगत पनि विवादास्पद रहेको पाइएको छ। सगरमाथा टेलिभिजनमा कार्यरत रहँदा उनी ठगी प्रकरणमा पक्राउ परी केही महिना जेल सजाय काटेका थिए। २०८१ असारमा दैलेखस्थित स्वास्थ्य संस्थामा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

न्यायिक प्रणालीमाथि आक्रमण गर्दै ‘अदालत जलाउनुपर्छ’ भन्ने व्यक्ति मन्त्री बन्ने तयारीमा रहेको विषयले राजनीतिक र कानुनी वृत्तमा तीव्र आलोचना उत्पन्न गरेको छ। अधिवक्ता गौतमले भनिन्, “न्यायाधीशलाई गाली गर्ने र अदालत जलाउने व्यक्ति कसरी मन्त्री बन्न सक्छ? यो न्याय र नैतिकताको उपहास हो।”

सुनार नेपाली कांग्रेस पृष्ठभूमिका व्यक्ति हुन्। उनी लामो समयदेखि गणेश लामा निकट रहँदै दलित अधिकारका मुद्दामा सक्रिय देखिए पनि पछिल्ला विवादहरूले उनको चरित्र र विश्वसनीयतामाथि प्रश्न उठाएको छ।

26/10/2025

Breaking: आज एकैदिन ११ हजार ६ सयले घट्यो सुनको मूल्य-
सुनको भाउ घटेर नेपाली बजारमा प्रतितोला २,४१,९०० पुग्यो ।

दलित अभियन्ता खगेन्द्र सुनार आजै श्रम मन्त्री बन्ने भएका छन।सुरुवात देखिनै मन्त्रीको लिष्टमा चर्चामा आएका सुनारलाई मन्त्...
26/10/2025

दलित अभियन्ता खगेन्द्र सुनार आजै श्रम मन्त्री बन्ने भएका छन।सुरुवात देखिनै मन्त्रीको लिष्टमा चर्चामा आएका सुनारलाई मन्त्री बनाउने प्रस्ताब भएको हो।आजै सपथ ग्रहणहुने प्रधानमन्त्री कार्यालयले बताएको छ।

पूर्वका तीन जिल्लामा दैनिकझै हराउन थाले किशोरीपछिल्ला केही महिनायता पूर्वका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा किशो...
26/10/2025

पूर्वका तीन जिल्लामा दैनिकझै हराउन थाले किशोरी
पछिल्ला केही महिनायता पूर्वका तीन प्रमुख जिल्ला मोरङ, सुनसरी र झापामा किशोरीहरू बेपत्ता हुने घटनाले समाज नै स्तब्ध बनेको छ।

सामाजिक सञ्जालको दुरुपयोग र अभिभावकको असावधानीबिच किशोरीहरू हराउने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ।
चाडपर्वको रमाइलो माहोलबीच पनि केही परिवारमा अहिले न त दीपावलीको चमक छ, न त भाइटिकाको खुसी। मोरङ, केराबारी–३ की १४ वर्षीया रुका मगर र सुनसरी, इनरुवा–५ की १५ वर्षीया भावना पाण्डे भाइटिका र लक्ष्मीपूजाको दिनदेखि सम्पर्कविहीन छन्।
रुकाकी आमा लीला माया मगर भन्छिन्, “छोरी भाइटिका लगाउन घरबाट निस्केकी थिई, त्यसपछि कहाँ गइन्, केही पत्तो छैन।” भावना पनि भैलो खेल्न भन्दै निस्केकी थिइन्। “कसरी हराइन्, कता गइन् भन्ने कुनै अत्तोपत्तो छैन,” उनका आफन्तहरू भन्छन्।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवेका अनुसार नेपाल र भारत दुवैतर्फ सीमा क्षेत्रमा ती किशोरीहरूको खोजी तीव्र पारिएको छ। “हामीसँग केही सुरागहरू छन्, चाँडै पत्ता लाग्ने अपेक्षा छ,” उनले भने।
यसैबिच, मोरङको लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको शव भेटिँदा बेपत्ताका घटनाले भयावह मोड लिएको छ। २१ असोजमा साथीलाई भेट्न जान्छु भनेर घरबाट निस्केकी अंशु दुई सातापछि बेलबारी–चिसाङ साझेदारी वनमा क्षतविक्षत अवस्थामा मृत फेला परिन्।
स्थानीयले घाँस काट्ने क्रममा टाउको र शरीर छुट्टिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। कपडा, चप्पल र घडीका आधारमा परिवारले पहिचान गरेको शव फरेन्सिक परीक्षणका लागि पठाइएको मोरङका एसपी कवित कटुवालले जानकारी दिए।
कटुवालका अनुसार, “डीएनए परीक्षणपछि मात्रै आधिकारिक पुष्टि हुन्छ। घटनाको अनुसन्धान चुनौतीपूर्ण छ।”उता, मोरङकै उर्लाबारी–३ की १४ वर्षीया आयुषा धिमाललाई प्रहरीले सकुशल उद्धार गरेको छ। मामाघर कानेपोखरी–५, दुम्रीघाटबाट हराएकी उनलाई विराटनगर बरगाछीस्थित होटेलबाट फेला पारिएको प्रहरीले जनाएको छ।
झापा, बुद्धशान्ति की १३ वर्षीया बालिका सन्ध्या गुप्ता शनिबार दिउँसोदेखि बेपत्ता भएकी थिइन ।घरबाट दिउँसो एकाएक बेपत्ता भएकी गुप्तालाई स्थानीय तथा प्रहरीको सहयोगमा शनिवार राति १० बजे काँकडभिट्टाबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बालिकाहरू हराइरहेको घटनाहरू झापामा समेत पछिल्लो समय आइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पारिवारिक कलहका कारण पनि घटनाहरू बढ्दै गएको झापाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र खडकाले बताए। उनले झापामा रहेका बोर्डर तथा सीमा क्षेत्रहरूमा प्रहरीलाई कडा रूपमा ड्युटी गर्न लगाइएको पनि उल्लेख गरे।प्रहरी तथ्याङ्कले देखाउँछ—हराउनेमध्ये अधिकांश किशोरीहरू नै छन्। सामाजिक सञ्जालको बढ्दो प्रयोग, अपरिचितसँगको सम्पर्क, लोभलालच र प्रेमको प्रलोभनमा पर्ने क्रमले समस्या गहिरिँदो छ।
फेसबुक, टिकटक र इन्स्टाग्रामजस्ता माध्यमले किशोरीहरूलाई सजिलै जालमा पार्ने माध्यम बनेका छन्। प्रहरी भन्छ, “कतिपय घटनामा यिनै सम्बन्धपछि बलात्कार र हत्यासम्मका अपराध भएका छन्।”

चिच्याएर वर माग्ने सत्यवती मेलामा यस वर्ष पनि महाजोग :पाल्पाको सत्यवती मन्दिर परिसरमा हुने ऐतिहासिक सत्यवती मेलामा यस वर...
26/10/2025

चिच्याएर वर माग्ने सत्यवती मेलामा यस वर्ष पनि महाजोग :
पाल्पाको सत्यवती मन्दिर परिसरमा हुने ऐतिहासिक सत्यवती मेलामा यस वर्ष पनि महाजोग परेको छ।

कार्तिक महिनाभित्रै पूर्णिमा परेको वर्षलाई महाजोग मानिने जनविश्वास अनुसार, यो वर्ष कार्तिक १९ गते पूर्णिमा परेकाले वर माग्नको लागि उत्तम वर्ष मानिएको हो।
तिहारपछि सुरु हुने मेलामा भक्तजनहरूको ठूलो भीड हुने अनुमान गरिएको छ। विशेषगरी कार्तिक १५ गतेको एकादशीदेखि १९ गतेको पूर्णिमासम्म मन्दिर परिसरमा दर्शन र वर माग्न आउने भक्तजनहरूको घुइँचो लाग्ने र त्यस्को ब्यबस्थापन को लागि तयारी भइरहेको छ।
सत्यवती ताल वरिपरि मध्यरातमा वर माग्ने परम्परा अनुसार भक्तजनले देवीसँग चिच्याएर मनोकामना व्यक्त गर्छन्। स्थानीयहरूका अनुसार, महाजोग परेको वर्षमा वर माग्दा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ।

  : देवदहमा झोला हराएको सूचना यो फोटोमा देखिएको खैरो रङको झोला मिति 2082 साल कार्तिक 8 गते शनिबार साँझ करिब 6:30 देखि 7:...
25/10/2025

: देवदहमा झोला हराएको सूचना

यो फोटोमा देखिएको खैरो रङको झोला मिति 2082 साल कार्तिक 8 गते शनिबार साँझ करिब 6:30 देखि 7:00 बजे बीच ज्योति नगरबाट नयाँ बस्ती टोल हुँदै बुधबन अफिस, लुम्बिनी स्कुल, सङ्गम चोक माथिको चोक, मितेरी टोल निस्किने गल्ली, मिलन चोक हाइव हुँदै पिपल डाडा चोकबाट पाकडी जाने बाटोसम्म पुग्दा हराएको छ ।

झोलाभित्र Licence, ATM कार्ड र केही नगद रकम रहेको छ। यदि कसैले भेट्टाउनु भएको छ भने कृपया तलको नम्बरमा सम्पर्क गरी सहयोग गर्नुहोस् ।
सम्पर्क मोबाइल : 📞 9825473520

25/10/2025

हराएको पर्स सम्बन्धी सूचना

: बुटवलदेखि भवानिपुर जाने क्रममा बीच बाटोमा पर्स हराएको छ। पर्सभित्र महत्त्वपूर्ण कागजात, नगद, ATM कार्ड, र सनिराम चौधरी नामको लाइसेन्स रहेको छ।

🙏 फेला पार्नुहुने महानुभावले कृपया सम्पर्क गरी सहयोग गरिदिनुहोला।

📞 सम्पर्क नम्बर: ९८४३१२३०५६

रुकुममा बोलेरो जिप दुर्घटना, ८ जनाको मृत्युरुकुम पश्चिममा तिहारको लगत्तै भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। बाँफ...
25/10/2025

रुकुममा बोलेरो जिप दुर्घटना, ८ जनाको मृत्यु

रुकुम पश्चिममा तिहारको लगत्तै भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमाना झारमारेमा बोलेरो जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मुसिकोट खलङ्गाबाट आठबिसकोटतर्फ जाँदै गरेको बोलेरो जिप झारमारेमा दुर्घटनाग्रस्त भएको जनाइएको छ। दुर्घटनाको कारण खुलेको छैन।

Address

Kerwani
Butwal
075

Alerts

Be the first to know and let us send you an email when Devdaha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devdaha Khabar:

Share

First Online Media In Devdaha

Devdaha Khabar is Nepali language based news portal. It is run by Anjuli Medianp Pvt. Ltd which is situated in Nepal of Rupendehi District. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and technology. Email - [email protected]