International news hub

International news hub news hub

१७ वर्षीय बालकको नालिमा श’व फेला !रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोक निवासी अर्जुन शर्माको १७ वर्षीय छ...
20/12/2025

१७ वर्षीय बालकको नालिमा श’व फेला !

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ३ धौलागिरीचोक निवासी अर्जुन शर्माको १७ वर्षीय छोरा इशान शर्मा पौडेलको वि€भत्स रूपमा ह@त्या गरी नालिमा फालिएको अवस्थामा श’व फेला परेको छ। नालिमा श’व देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचनापछि घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलीले श’वको मुचुल्का उठाई पोस्ट$मार्टमका लागि पठाएको छ ।

18/11/2025
विजयनगरमा आगजनी गर्ने १६ जना पक्राउमनोज पौडेल (कपिलवस्तु)यहाँको विजयनगर गाउँपालिका तोडफोड र आगजनी गर्न पुगेका १६ जनालाई ...
10/09/2025

विजयनगरमा आगजनी गर्ने १६ जना पक्राउ

मनोज पौडेल (कपिलवस्तु)

यहाँको विजयनगर गाउँपालिका तोडफोड र आगजनी गर्न पुगेका १६ जनालाई पक्राउ गरिएको छ । बुधबार गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाको कुर्सी र केही कागजात झिकेर बाहिर जलाउँदै गर्दा इलाका प्रहरी कार्यालय गणेशपुरबाट गएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विजयनगर गाउँपालिका–७ का २१ वर्षका विक्कु चौधरी, २८ वर्षीय विवेक चौधरी, ६० वर्षीय राजेन्द्र यादव, २१ वर्षका लबुकस पाल र १८ वर्षका महेन्द्र गिरी रहेका छन् । त्यस्तै ७ नम्बर वडा लालपुरका २२ वर्षका मुखलेस चौधरी, १६ वर्षीय मोनु पासी, २१ वर्षीय सुरेश कुर्मी, १९ वर्षीय जितेन्द्र चौधरी, २८ वर्षीय अभिषेक कुर्मी, २८ वर्षे गोविन्द चौैधरी र ३५ वर्षे लाला चौधरी पनि पक्राउ परेका छन् ।
त्यसै गरी धनधराका २७ वर्षे प्रवेश चौधरी, जुगुनियाका २९ वर्षे दिलीपकुमार चौधरी, ठकुरापुरका २६ वर्षे दिपेन्द्रकुमार कुर्मी र कृष्णनगर नगरपालिका। मोतीपुरका २६ वर्षका वीरेन्द्र यादव पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए ।
पक्राउ परेका १६ जना नै अहिले प्रहरी हिरासतमा रहेका छन् । उनीहरूलाई कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

डाक्टर मौमिता देबनाथको जीवनको यो भयानक घटना:कसैले तपाईँको शरीरलाई तपाईँको सहमति बिना छुन्छ भन्ने कल्पना गर्नुहोस्, जब तप...
16/08/2024

डाक्टर मौमिता देबनाथको जीवनको यो भयानक घटना:
कसैले तपाईँको शरीरलाई तपाईँको सहमति बिना छुन्छ भन्ने कल्पना गर्नुहोस्, जब तपाईँले ३६ घण्टाको सिफ्ट पूरा गर्नु भएको छ, जहाँ तपाईँले अरूलाई स्वस्थ बनाउन मद्दत गर्नुभएको थियो।
कसैले तपाईँको कपडा च्यातेर फाल्दिन्छ, जब तपाईँको शरीर थकित हुन्छ, तपाईँको मस्तिष्क थकित हुन्छ।
उसको मनमा त्यो खौफनाक डर बसेको कल्पना गर्नुहोस्, जब उसको शक्ति समाप्त भयो।
के तपाईँ कसैलाई तपाईँमाथि जबर्जस्ती गरिरहेको कल्पना गर्न सक्नुहुन्छ? तपाईँको पीडाबाट उसले आनन्द लिन्छ भन्ने कुरा? तपाईँको असहायतालाई उसले आनन्दको स्रोत बनाउँछ?
उसको खुट्टा ९० डिग्रीको कोणमा भेटियो।
पेल्भिस हड्डीहरू शरीरका सबैभन्दा बलियो जोर्नीहरूबाट बनेका हुन्छन्। एक वयस्क पेल्भिक रिङलाई अव्यवस्थित गर्न २,००० देखि १०,००० न्युटन बल आवश्यक पर्छ।
आफ्नो पेल्भिसको जोर्नीहरू टाढा हुँदा भाँचिनु भनेको कति दुख्दो होला भनेर कल्पना गर्नुहोस्।
उसको शरीरमा ११३ पटक टोकेका डामहरू थिए।
के तपाईँ आफ्नो छालालाई एक सेटको दाँतले १ पटक होइन, २ पटक होइन, १० पटक होइन, २५ पटक होइन, ५० पटक होइन, तर ११३ पटक टोकेको अनुभव गर्न सक्नुहुन्छ?
उसको संघर्षमा चस्मा टुक्रिएर उसको आँखा भित्र घुस्यो भन्ने कुरा कल्पना गर्नुहोस्।
कसैले आफ्नो सारा शक्ति प्रयोग गरेर तपाईँको घाँटी थिचिरहेको कल्पना गर्नुहोस्, तपाईँको आँखा रगतले भरिन्छन्। के तपाईँलाई तपाईँको फोक्सोबाट हावा बाहिर निस्केको महसुस गर्न सक्नुहुन्छ? वा तपाईँको आँखा धमिलो भएको अनुभव गर्न सक्नुहुन्छ? वा घण्टी बजिरहेको सुन्न सक्नुहुन्छ? के तपाईँ त्यो पीडा महसुस गर्न सक्नुहुन्छ? वा तपाईँको छातीमा तपाईँको मुटु जोडले धड्किरहेको महसुस गर्न सक्नुहुन्छ? छैन?
डाक्टर मौमिता देबनाथले यी सबै आतङ्कको अनुभव गरिन्। उनलाई एउटा मात्र अपराधीले होइन, धेरैले यो पीडा दिए।
यो संसारमा अब मानव जीवनको कुनै मूल्य छैन। डाक्टर बन्नका लागि उनले गरेको समर्पण, कडा परिश्रम, र पीडा - सबै एकै पटकमा हराएर गयो।
म मानवतामा आफ्नो विश्वास पूर्ण रूपमा गुमाइसकेको छु र म यस्तो कुनै न कुनै खौफनाक घटना घट्ने सम्भावनाभन्दा मर्न रुचाउँछु।
Via: Social Media

जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किन गई निजको छोरी अं. वर्ष १४/१...
28/07/2024

जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. १३ करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किन गई निजको छोरी अं. वर्ष १४/१५ की शुशिला बुढा च्यापिएको खबर प्राप्त हुन साथ तत्कालै जि.प्र.का. सुर्खेतबाट प्रहरी टोली घटना स्थलमा खटिई बालिकालाई सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याईएको
Source Nepal police

‘हिजो पनि संसद् विघटन गर्दा जोगाउन लागिएकै हो । आगामी दिनमा पनि त्यसरी नै बचाउन लागिने छ । म प्रधानमन्त्री रहुँला नरहुँल...
12/07/2024

‘हिजो पनि संसद् विघटन गर्दा जोगाउन लागिएकै हो । आगामी दिनमा पनि त्यसरी नै बचाउन लागिने छ । म प्रधानमन्त्री रहुँला नरहुँला मलाई चिन्ता छैन’, उनले भने, ‘म प्रधानमन्त्री हुँदै कति दिन रहन्छु भन्ने थाहा थिएन। जब सरकारबाट सुशासन कायम हुन थाल्यो, तब त्यही डरले कांग्रेस र एमाले जोडिए ।’

कांग्रेस महामन्त्री गगन थापा सरकारमा सहभागी नहुने भएका छन्।शेरबहादुर देउवाले थापालाई सरकारमा जान आग्रह गरे पनि उपप्रधानम...
12/07/2024

कांग्रेस महामन्त्री गगन थापा सरकारमा सहभागी नहुने भएका छन्।शेरबहादुर देउवाले थापालाई सरकारमा जान आग्रह गरे पनि उपप्रधानमन्त्री’को वरियता नपाएपछि सरकारमा नजाने भएका हुन् ।

63 Missing As Landslide Sweeps Two Buses Into Trishuli River In Nepal; Kathmandu-Bharatpur Flights Cancelled
12/07/2024

63 Missing As Landslide Sweeps Two Buses Into Trishuli River In Nepal; Kathmandu-Bharatpur Flights Cancelled

माथिल्लो तामाकोशीमा बाढी आएसँगै विद्युतगृह रहेको गोगरमा सडक, विद्युत केन्द्रको टेलरेसका संरचना र ३३ केभी प्रशारण लाईनका ...
07/07/2024

माथिल्लो तामाकोशीमा बाढी आएसँगै विद्युतगृह रहेको गोगरमा सडक, विद्युत केन्द्रको टेलरेसका संरचना र ३३ केभी प्रशारण लाईनका विद्युत पोलहरुमा क्षति पुर्याएको छ ।

मिति २०८१।०३।०१ गते जिल्ला चितवन, कालिका न.पा. ६ खोले सिमल स्थित बिनोद सुनचाँदी पसलमा रहेको २ करोड १७ लाख बराबरको सुनचाँ...
06/07/2024

मिति २०८१।०३।०१ गते जिल्ला चितवन, कालिका न.पा. ६ खोले सिमल स्थित बिनोद सुनचाँदी पसलमा रहेको २ करोड १७ लाख बराबरको सुनचाँदी तथा हिराको गरगहनाहरू झूटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बीमा रकम ठगी गर्ने तथा विभिन्न व्यक्तिहरुबाट लिएको ऋण रकमहरु चोरी भएको देखाई जालसाजी गरी फाईदा लिने मनसायले लुटपाट गर्न लगाएका बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनार समेत ५ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।
Source Nepal police

अविरल वर्षापछि टेकुस्थित बागमती नदीमा आएको बाढिले डुबाएको छ ।
06/07/2024

अविरल वर्षापछि टेकुस्थित बागमती नदीमा आएको बाढिले डुबाएको छ ।

Address

Butwal Highway
Butwal
32900

Website

Alerts

Be the first to know and let us send you an email when International news hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share