Nepali Profile

Nepali Profile Official page of Nepali Profile

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठनको तयारी भइरहेको बताएकी छन्।उनले जेनजी आन्दोलनअनुस...
16/09/2025

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठनको तयारी भइरहेको बताएकी छन्।
उनले जेनजी आन्दोलनअनुसार अनियमितता अनुसन्धान गरी आगामी सरकारलाई आधार तयार पार्ने जनाएकी छन्।
दमनबारे तीन सदस्यीय आयोग गठन भइसकेको र आयोगलाई सुरुमा एक महिनाको समय दिइएको छ।

मन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणको भवनमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन्। उनले उक्त कोठा...
16/09/2025

मन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणको भवनमा रहेको मन्त्रीको कार्यकक्ष बन्द गर्न निर्देशन दिएका छन्। उनले उक्त कोठा संस्थागत प्रयोजनमा प्रयोग गर्न आदेश दिएका हुन्। अनावश्यक सुविधा र खर्च कटौती गर्न भन्दै उनले यस्तो कदम चालेका हुन्।

सशस्त्र प्रहरीले पर्सामा भन्सार छलीका कपडा र पर्दा सहित ई–रिक्सा बरामद गरेको छ। करीब ४ लाख रुपैयाँ मूल्य बराबरका सामग्री...
16/09/2025

सशस्त्र प्रहरीले पर्सामा भन्सार छलीका कपडा र पर्दा सहित ई–रिक्सा बरामद गरेको छ। करीब ४ लाख रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ। तस्कर भने सामान छाडेर फरार भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इन्डिजसँग खेल्ने ३ खेलको टी-२० शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ।
15/09/2025

नेपाल क्रिकेट संघ (क्यान)ले वेष्ट इन्डिजसँग खेल्ने ३ खेलको टी-२० शृंखलाका लागि नेपाली टोलीको घोषणा गरेको छ।

सङ्घीय संसद् सचिवालयले २४ भदौको जेन–जी प्रदर्शनका क्रममा संसद् भवनबाट अनधिकृत रूपमा लगिएका टेबल, कुर्सी, कम्प्युटर, माइक...
15/09/2025

सङ्घीय संसद् सचिवालयले २४ भदौको जेन–जी प्रदर्शनका क्रममा संसद् भवनबाट अनधिकृत रूपमा लगिएका टेबल, कुर्सी, कम्प्युटर, माइकलगायत उपकरण फिर्ता गर्न आग्रह गरेको छ।
सचिवालयले यस्ता सामान लगेको भिडियो वा सूचना उपलब्ध गराई सहयोग गर्न अनुरोध गर्दै सूचनादाताको परिचय गोप्य राखिने जनाएको छ।

14/09/2025

पूर्व खानेपानी मन्त्री वीरगञ्ज फर्किए, जहाँ उनले भावुक हुँदै भने, “Gen-G आन्दोलनको नाममा घुसपैठ गरेर मेरो घर जलाइयो।”
उनले शान्तिपूर्ण आन्दोलनलाई बदनाम गर्ने हिंसात्मक गतिविधिको कडा निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरे।

पूर्व खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो घरमा भएको तोडफोडबारे ठूलो खुलासा गरेका छन्। उनका अनुसार, तोडफोडमा संलग्न व्यक...
14/09/2025

पूर्व खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो घरमा भएको तोडफोडबारे ठूलो खुलासा गरेका छन्। उनका अनुसार, तोडफोडमा संलग्न व्यक्ति विद्यार्थी नभई कुनै राजनीतिक व्यक्तिका कार्यकर्ता थिए। "पढेलेखेका विद्यार्थीहरू यस्तो हर्कत गर्दैनन्। यो जो कोहीले गरे पनि उसलाई कानुनी दायरामा ल्याइनेछ र कडा कारबाही हुनेछ," यादवले भने

टीकापुर घटनापछि चर्चित बनेका रेशम चौधरीले नाउपा छोडेर ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठन गरेका छन्।पार्टी नेतृत्वमा मत...
14/09/2025

टीकापुर घटनापछि चर्चित बनेका रेशम चौधरीले नाउपा छोडेर ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ गठन गरेका छन्।
पार्टी नेतृत्वमा मतभेदपछि नयाँ राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका हुन्।

पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छिन...
14/09/2025

पूर्व शिक्षा मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छिन्। उनले "मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला" भन्दै पार्टी छोडेको बताएकी छिन्।

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै मोदीले भने, “नेपालमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग सुरु हुने विश्वास छ
13/09/2025

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै मोदीले भने, “नेपालमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग सुरु हुने विश्वास छ

‘लिभिङ विथ एन्भायरनमेन्ट नेपाल’ वीरगंज शाखामा नयाँ कार्यसमिति गठन, लक्की बरनावल अध्यक्ष चयन।‘पर्सा युवा महोत्सव २’ भव्य ...
13/09/2025

‘लिभिङ विथ एन्भायरनमेन्ट नेपाल’ वीरगंज शाखामा नयाँ कार्यसमिति गठन, लक्की बरनावल अध्यक्ष चयन।
‘पर्सा युवा महोत्सव २’ भव्य रूपमा आयोजना गर्ने निर्णय, विजेताका लागि ५० हजार पुरस्कार राशि।

जेन जि पर्साकाे आह्वानमा वीरगंजमा श्रद्धाञ्जली सभा काठमाडाैंमा भएकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागी वीरगंजका ठकुराईको स...
13/09/2025

जेन जि पर्साकाे आह्वानमा वीरगंजमा श्रद्धाञ्जली सभा
काठमाडाैंमा भएकाे प्रदर्शनमा प्रहरीकाे गाेली लागी वीरगंजका ठकुराईको सहादत ।

Address

Traffic Chowk
Butwal
32903

Alerts

Be the first to know and let us send you an email when Nepali Profile posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Profile:

Share