Butwal Routine

Butwal Routine Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Routine, News & Media Website, Butwal.

27/03/2026

nepal police got no chill

27/03/2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसैबीच रास्वपाका नेताहरुले मन्त्रीहरुको नाम पनि टुंगो लगाएका छन् । जस अनुसार अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, गृहमन्त्रीमा सुदन गुरुङ, कानुनमन्त्रीमा सोबिता गौतम, उद्योगमन्त्रीमा डा. अमरेश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा निशा मेहता, महिला बालबालिका मन्त्रीमा सीता वादी, पर्यटनमन्त्रीमा गणेश पौडेलको नाम निश्चित भएको छ ।

त्यसैगरी रास्वपा उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएको बताइएको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई प्रधानमन्त्री नियुक्त गरेका छन् भने उनले १२ बजेर ३४ मिनेटमा प्रधानमन्त्रीको शपथ लिदैछन् ।

25/03/2026

कत्ति राम्रो ड्रोन भिडियो
साभार Butwal drone

21/03/2026

west butwal

के हो के : बुटवल सिद्धबाबा नजिकै हल्का पानी पर्ने बित्तिकै ढुङा खसेको छ ।। Be safe
21/03/2026

के हो के : बुटवल सिद्धबाबा नजिकै हल्का पानी पर्ने बित्तिकै ढुङा खसेको छ ।। Be safe

21/03/2026

Butwal weather now

चुनावमा एमालेको पक्षमा खुलेर भोट माग्दा चर्चित गायिका ज्योति मगरलाई महँगो पर्दैछ। चैत ४ गते दाङको घोराहीमा हुने कार्यक्र...
18/03/2026

चुनावमा एमालेको पक्षमा खुलेर भोट माग्दा चर्चित गायिका ज्योति मगरलाई महँगो पर्दैछ। चैत ४ गते दाङको घोराहीमा हुने कार्यक्रमका लागि उनले निम्तो दिँदा, दर्शकले भने कडा विरोध गरेका छन्। पार्टीको झोला बोकेपछि कलाकार रहेनौ भन्दै आफ्नै गृहप्रदेशमा उनलाई बहिष्कार गर्ने अभियान नै चलेको छ। राजनीतिक समर्थनले निम्त्याएको यो आक्रोशले, उनको सांगीतिक करिअरमै पूर्णविराम लगाउने त हैन भन्दै उनका केही समर्थकले चिन्ता व्यक्त गरेका छन् श्रोत : khaasakhabar. com

Good Start रास्वपा:रास्वपाबाट जितेका सांसदहरुलाई सुरुमै प्रशिक्षण दिईनु उदाहरणीय छ । सदन पस्नु अघि नै सांसदको काम देखि ज...
17/03/2026

Good Start रास्वपा:
रास्वपाबाट जितेका सांसदहरुलाई सुरुमै प्रशिक्षण दिईनु उदाहरणीय छ । सदन पस्नु अघि नै सांसदको काम देखि जिम्मेवारीसम्म बुझेर जाँदाको प्रभाव नै छुट्टै पर्नेछ ।
यस्ता राम्रा कामको सिको र निरन्तरता अरु दलहरुले पनि दिन आवश्यक छ ।

अनि आशा छ रास्वापले यहि प्रशिक्षण मार्फत आफ्ना केहि सांसदहरुलाई "Control Uday Control" पनि भन्ने छ । ताकि उनीहरु अब पनि आफुलाई One man Army मान्दै क्यामेरा बोकेर जहिकहिँ नपुगन् । फेसबुक र मिडियाबाट आदेश दिन होईन । निति बनाउन बढि फोकस गरुन् ।

अनि न देशको न तपाईहरुको, कसैको पनि पुरानो शैलीले काम हुदैन । किनभने अब त तपाईहरुको भुमिका नै फेरिएको छ । र जिम्मेवारी ठुलो छ । समय छोटो ।

विवेक पुर्याएर काम गरे नतिजा केहि ढिलो आउला तर दिगो हुने गरि आउनेछ ।

शुभकामना !

कलाकार साम्सदबाल्यकालको लामो समय बुबा–आमाबिना बिताएकी रीमा कलाकारिताको खुड्किलो टेक्दै राजनीतिक यात्रामा आइपुगेकी छन्। स...
17/03/2026

कलाकार साम्सद
बाल्यकालको लामो समय बुबा–आमाबिना बिताएकी रीमा कलाकारिताको खुड्किलो टेक्दै राजनीतिक यात्रामा आइपुगेकी छन्। संघर्ष र अप्ठ्याराका कैयौँ घुम्ती छिचोलेकी उनले आफ्नो संसदीय भूमिका कसरी निर्वाह गर्लिन् भन्ने धेरैलाई चासो छ।

इरानका सुरक्षा प्रमुख अली लारीजानी आफ्नो हवाइ आक्रमणमा मारिएको इजरायलको दाबी रहेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्ज...
17/03/2026

इरानका सुरक्षा प्रमुख अली लारीजानी आफ्नो हवाइ आक्रमणमा मारिएको इजरायलको दाबी रहेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले लारीजानीसँगै इरानको अर्धसैनिक बलका कमाण्डर गुलामरेजा सुलेमानी पनि मारिएको बताएका छन्। इजरायली सञ्चारमाध्यमले लारीजानीलाई तेहरानस्थित एक गोप्य सुरक्षित आवासमा छोरासँगै रहेको बेला निशाना बनाइएको जनाएका छन् ।

17/03/2026

मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावास मार्फत चासो देखाएपछि गृह मन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।

Man with great heart: रास्वपा युवा सांसद Sudhan Gurung ले आफूले पाउने सांसदको तलब–भत्ता नलिने घोषणा गरेका छन्।युवा पुस्त...
17/03/2026

Man with great heart: रास्वपा युवा सांसद Sudhan Gurung ले आफूले पाउने सांसदको तलब–भत्ता नलिने घोषणा गरेका छन्।

युवा पुस्ताका प्रेरणादायी अनुहार बनेका गुरुङबारे अहिले युवा तथा खेलकुद मन्त्री बन्ने चर्चा पनि व्यापक रूपमा चलिरहेको छ।

Address

Butwal
00977

Alerts

Be the first to know and let us send you an email when Butwal Routine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Butwal Routine:

Share