11/09/2025
कथित संविधानविद र बुद्धि-विवेकशून्य व्यक्तिलाई आँखा च्यात्न अनुरोध !
विमल पोखरेल
मैले २०८२ भदौ २४ गते काठमाडौंमा भएको महा-विध्वंस र लुटको बारेमा हिजो लेखेको थिएँ । सयौं व्यक्तिको फोन, म्यासेज, हजारौं शेयर भएको छ । आफ्नो विवेकले देखेको सत्य कुरा लेख्न सकें भन्ने लाग्छ । यो विषय पनि कुख्यात सहकारी ठगका दास, प्रतिगामीका मतियार, कौरबको रुप धारण गरेका काठमाडौंका मेयर बालेन्द्र शाह, यो महालुट र विध्वंसका हर्ताकर्ता र मतियार, न्यायिक इतिहासकै कलंक सुशीला कार्कीहरूसमक्ष पुर्याउन अनुरोध छ ।
एमाले, कांग्रेसले दह्रो खुट्टा टेकेको खण्डमा यो महा-अपराध र विध्वंसको कुनै राजनीतिक हैसियत छैन । दह्रोसँग खुट्टा टेक्नुपर्छ र धैर्य गर्नुपर्छ । त्यसका केही महत्त्वपूर्ण कारण यहाँ प्रस्तुत गरिएको छ ।
१. निर्लज्जतापूर्वक भन्नुपर्दा ठेक्कापट्टा, घुसखोरी, लुट र भ्रष्टाचारले थिलो-थिलो भएको नेपाली सेनाको काम छैन रहेछ ! सेनाले विदेशीलाई तमासा देखाउनु थियो, देखायो । अब कसरी सेनाले विदेशीसामु मुख देखाउँछ ? रुक्मांगद कटवाल हुन्थे भने देशलाई आगो लगाउन दिने थिएनन् ! देशको इतिहास जोगाउँथे ! संसारमा यस्तो नालायक सेना कहिँ कतै छ जस्तो मलाई लाग्दैन ।
२. जतिसुकै नालायक भए पनि हातहतियार र संगठित शक्ति भएको हुनाले नेपाली सेनाले सैनिक कु (सत्ता हातमा लिने काम) गर्यो भने केही भन्न सकिन्न । सिंहदरबार, सर्वोच्च अदालत र आफ्नै परमाधिपति बस्ने राष्ट्रपति भवनसमेत जोगाउने हैसियत नभएको लाक्षी, कायर, बज्रस्वाँठ र निर्लज्ज सेनाले देशको शासनसत्ताको जिम्मा लिन्छ भन्ने मलाई लाग्दैन । सैनिक कु गरिएन भने हेडक्वार्टरमा कथित जेन-जी, हर्क साम्पाङ, दुर्गा प्रसाइँहरूलाई बोलाएर प्रधानमन्त्री छान्ने भन्दै गरिएका निर्लज्ज, घिनलाग्दा र नक्कली नाटकहरूको कुनै पनि राजनीतिक र कानूनी हैसियत छैन । प्रधानसेनापति अशोकराज सिग्देल निकै निर्लज्ज, विवेकशून्य, केटाकेटी, अभद्र (देशलाई सम्बोधन गर्दा पनि बाहुला नभएको कमिज, अर्थात् अनौपचारिक पोशाकमा थिए) रहेछन् । देशको सेनापतिको यस्तो खराब हालत देखेर महाचकित छु ।