Susant Giri Page

Susant Giri Page Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Susant Giri Page, News & Media Website, Butwal.

भैलो खेलेर अनाथलाई सहयोग  December 5, 2023सुशान्त गिरी /बुटवलमा युवा विद्यार्थीको संस्था कला संस्कृति संरक्षण संवद्र्धन ...
05/12/2023

भैलो खेलेर अनाथलाई सहयोग
December 5, 2023
सुशान्त गिरी /

बुटवलमा युवा विद्यार्थीको संस्था कला संस्कृति संरक्षण संवद्र्धन युवा समुहले भैलो खेलेर संकलन भएकोमध्ये केही रकमबाट अनाथ, अपाङ्ग, दृष्टिविहिन तथा वृद्धवृद्वालाई खाद्यान्न प्रदान गरेका छन् । कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धनको लागि भैलो खेलेको युवा विद्यार्थीको समुहले संकलन भएको दानबाट खाद्यान्न खरिद गरि बुटवलमा रहेका सिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैजु बृद्धाश्रम, नेपाल अपाङ्ग आश्रम, मानव सेवा आश्रम, लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रम र सुस्त मनस्थिति बालविद्या मन्दिरलाई प्रदान गरिएको कला संस्कृति संरक्षण युवा समुह बुटवलका सहसंयोजक शिव खवासले बताउनु भयो ।
समुहले संकलित रकमबाट चामल, आलु, भुजा, साबुन, चाउचाउ, दाल, बाल्टी, तेल, कापि, कलम, पेन्सिल, खेलकुदका सामग्री लगायतका ६३ हजार ७०१ रुपैँया बराबरको सामग्री खरिद गरी पाँचवटै संस्थालाई सोमबार प्रदान गरिएको पनि उहाँले बताउनु भयो ।
कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नुको साथै अनाथहरुको लागि पनि केही गर्नुपर्छ भनेर सामाजिक सेवामा समुहले काम गरेको बताउँदै समुहका संयोजक जीवन पाण्डेले आगामी दिनमा पनि यस्ता सेवाका कामलाई निरन्तरता दिईन बताउनु भयो । भैलो खेलेर संकलित रकमबाट खाद्यान्न वितरण गर्ने कार्यक्रममा समुहका संयोजक पाण्डे, सचिव सुरज पन्थी, सह–सचिव सुनिल सार्की, कोषाध्यक्ष किरण महतरा क्षेत्री, विभागीय प्रमुख खिमराज गिरी, गोपाल भण्डारी, माधव केसी, अर्जुन पाण्डे, दिपक केसी लगायतका सदस्यहरूको सहभागीता रहेको थियो ।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Susant Giri Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share