03/10/2026
मानवसेवी अर्जुन भुसालले लिए सडकमा बेवारिसे फेला परेकी नानीको जिम्मा, खानपान, बसोबास, उपचार आफैं गर्ने घोषणा !
सडकमा बेवारिसे फेला परेकी नानीको जिम्मा मानवसेवी अर्जुन भुसालले लिएका छन्। सो बारे उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन्।
भुसालले सामाजिक संजालमा लेखेका छन्,"उहाँ हिजो बाटोमा अलपत्र र अत्यन्तै दयनीय अवस्थामा भेटिनुभएको थियो। लामो समयदेखि कठिन जीवन बिताउँदै आउनुभएको रहेछ। उहाँमा अटिजमसम्बन्धी अवस्था तथा मानसिक स्वास्थ्य सम्बन्धी केही समस्या पनि रहेको जानकारी पाएका छौँ। उहाँको अवस्था देखेपछि हामीले उहाँलाई बेवास्ता गरेर छोड्न सकेनौँ। त्यसैले उहाँको उद्धार, सुरक्षित बसोबास, खानपान, उपचार, औषधि तथा आवश्यक सम्पूर्ण हेरचाहको जिम्मेवारी अब हामीले लिएका छौँ।"