BC Nepal

BC Nepal Bc Nepal
https://youtube.com/c/BCNepal
का सबै video हेर्दिनु होला

Breaking News : सरकारले एक रुपैयाँको नयाँ सिक्काको Design तयार पारेको छ। मन्त्रिपरिषद्‌बाट स्वीकृत भई अर्थ मन्त्रालयमार्...
25/07/2026

Breaking News : सरकारले एक रुपैयाँको नयाँ सिक्काको Design तयार पारेको छ। मन्त्रिपरिषद्‌बाट स्वीकृत भई अर्थ मन्त्रालयमार्फत उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक पुगिसकेको छ। नयाँ सिक्कामा नेपालको चुच्चे नक्साका साथै सांस्कृतिक महत्त्व बोकेको आकाश भैरवको चित्र राखिने भएको छ। ६४ योगिनीको प्रतीकका रूपमा सिक्कामा ६४ वटा थोप्ला रहनेछन्।

राष्ट्र बैंकका अनुसार सिक्कामा अंकित चित्र र चिन्हहरू केवल सजावटका लागि नभई ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय पहिचानका प्रतीक हुन्। सरकारले समय, समयमा सिक्काको Design मा परिमार्जन गर्दै आएको भए पनि यसपटक चुच्चे नक्सा समेटिएको नयाँ Design ले विशेष चर्चा पाएको छ। ***nshah

24/07/2026

सरकार एकैदिनमा उल्ट्याउन सकिँदो रहेछ, चारैतिरबाट घेरा हालौं- 'काठमाडौंमा ५/७ लाख र हरेक जिल्ला सदरमुकाममा एक/डेढ लाख मान्छे उतार्‍यौं भने गर्न सकिन्छ...'- प्रचण्ड
तर अहिले त्यसो पनि गरी नहालौ भन्दै जंगिए प्रचण्ड ..., साथै उनले थपे सुकुम्वासी बस्तीमा डोजर चलाएको मा पनि चिन्ता व्यक्त गरे......

लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । साउन ४ गते मुख्य सचिवस्तरीय बैठकले गरेको निर्...
22/07/2026

लोकसेवाको तयारी गरिरहेका विद्यार्थीले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । साउन ४ गते मुख्य सचिवस्तरीय बैठकले गरेको निर्णयको बुँदा नम्बर ११ खारेज गर्नुपर्ने माग उनीहरुको छ । यो बुँदामा लोकसेवाको कुनै पनि पदपूर्ति गर्न परेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयको स्वीकृती लिनुपर्ने व्यवस्था गरिएको छ । आम लोक सेवा मा अहो रात्र पढ्ने विद्यार्थी को जीवन संग जोडिएको यो विषय संवदेनशील छ।।

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भो...
21/07/2026

निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३% समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।

यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।
३% समता कर ल्याउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित, सिमान्तकृत तथा विपन्न बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु थियो । साथै, करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य पनि थियो ।

तर नागरिक तहमा समता देखिएको समता करप्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न हाम्रो प्रतिबद्धता अटल र स्पष्ट छ । सरकारका सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिएका छन् र गरिने छन् । कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसलाई सुधार्न र परिमार्जन गर्न सरकार सधैं तयार रहनेछ ।

विपन्न र गरिब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले निजी अस्पतालमा १०% बेड र निजी क्याम्पस तथा विश्वविद्यालयमा १०% सिट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।
Source b***n shah काे वाल बाट साभार गरियको

18/07/2026

सरकारको रक्षा कवज भने रवि ... सरकाले जनतालाई हामी पुग्ने निर्णय गर्यो भने तत्काल फिर्ता लिन्छ ,सरकारको नियत मा खोट छैन ,आम नेपाली जनता ढुक्क हुनुहोस् , केहि निर्णय गर्दा अहिले तत्काल हानि भएता पनि दीर्घकालीन योजना बनाएर अगाडि बढेको छ.....कस्तो लाग्यो यो भनाई आफ्नो विचार व्यक्त गर्नुहोस् कमेन्ट बक्स मा है.....

श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ रिभोलुसन ले सरकारले दिन लागेको स्वकीय   नराख्ने र सचिवको तलब (सेवा सुविधा ) ...
18/07/2026

श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङ रिभोलुसन ले सरकारले दिन लागेको स्वकीय नराख्ने र सचिवको तलब (सेवा सुविधा ) नलिने र उक्त रकम बराबरको गरिव जनता, विद्यार्थी लाई दिने निर्णय गरेका छन् ।।।

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई...
17/07/2026

विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई धरौटी नमागी साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थुनछेक बहसपछि पौडेलको दीपक भट्टसँग प्रत्यक्ष वित्तीय कारोबार वा गैरकानुनी लाभ लिएको प्रारम्भिक प्रमाण नदेखिएको भन्दै बाहिरै बसेर मुद्दा लड्न पाउने आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण विभागले गैरकानुनी सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा पौडेलसहित १६ जना र १० कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो तथा ६ लाख ३४ हजार ५४५ रुपैयाँ बैंक मौज्दात जफतको माग गरिएको छ। अब उनी साधारण तारेखमा रहेर मुद्दाको सामना गर्नेछन् ।

15/07/2026

नेपाल पनि धेरै ठाउँ मा भारत को जग्गा मिचेको छ, हामी ३०/३५वर्ष सम्म केही हुन् सकिएन हिजो ५/६ महिना भको छैन गृह मन्त्री प्रधानमंत्री भन्नु भको छ शुभ कामना, साथै मलाई डर पनि लाग्छ केही हुने हो कि भनेर, धरहरा, सुरुङ मार्ग सबै भत्काई देऊ भन्दै गर्जिए ऐन महर.......

14/07/2026

ट्राफिक नियम मिच्नेलाई श्रम शिविर र ५० हजार जरिबानाको कडा कानून आउँदै.....

सरकारले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई श्रम शिविरमा राखेर भए पनि जरिबाना असुल्ने नयाँ कानून मस्यौदा गरेको छ। मन्त्री सुनिल लम्सालका अनुसार तीन पटक 'स्पिड लिमिट' मिचे ५० हजार जरिबाना लाग्नेछ भने सोभन्दा बढी भए लाइसेन्स नै रद्द हुनेछ। पैसा नहुनेले जरिबानाबापत अनिवार्य सरकारी श्रमदान गरेर भुक्तानी गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
कस्तो लाग्यो मन्त्री लम्साल यो भनाई आफ्नो विचार व्यक्त गर्नुहोस्

14/07/2026

आज काठमाडौ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी केसमा टोपबहादुर रायमाझीलाई ४ वर्ष र बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय तोकेको छ । #न्युज

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when BC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share