ashok acharya

ashok acharya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ashok acharya, Digital creator, Butwal.

26/06/2025
20/06/2025

सम्माननिय सभामुख महोदय,
सांसदलाई नसुन्ने सरकारले जनताको चित्कार के सुन्ला? तैपनि यो सुन्नस् -
यहाँ उपस्थित कति जनाका छोरा छोरीको उमेरको होला, कतिको नाति नातिनीको उमेरका - भर्खर १२ पास गरेकी बहिनीलाई नजिकको मान्छेमार्फत दलालले घरको काम गर्ने हो - ४३ हजार तलब, अझ फ्रि टिकटमा जान पाइन्छ भनेर सपना देखाउँछ। त्यहाँ पुगे पछि शोषणमा पर्छिन्, आफ्नै अगाडि आफ्नो मोल लगाएर बिक्रीमा पर्छिन्, भन्ने ठाउँ छैन, कानुनी अधिकार केहि छैन । ती बहिनी कसरी गई - भिजिट भिसामा ।

दलालले एक युवकलाई barrack मा बसे पुग्छ, खतरा छैन, ३ लाख महिनाको पाउछ भनेर सपना देखाउँछ, रसिया पुऱ्याइन्छ, अर्काको युद्धमा मारिन्छन्, बाँचेर फर्किनेले जिन्दगीभर नमेटिने शारीरिक र मानसिक घाउ बोकेर आउँछन् । Linkedinबाट अन्तरवार्ता लिन्छ, पठाउछ बर्मा, कम्बोडिया । कम्बोडियामा cyber scam cells मा जेल जस्तो अवस्थामा राखेर दिनरात हनीट्रयाप साइबर स्क्याम सेन्टरहरूमा काम गर्न बाध्य बनाउछ। टार्गेट पुगेन भनेर कुटपिट गर्ने, करेन्ट लगाउने सब गरिन्छ। दास जस्तो एक सेन्टरबाट अर्कोमा बेचिन्छ, आत्मसम्मान खोसिन्छ । यस्तोमा कसरी पुग्छन् नेपाली युवा - भिजिट भिसामा ।

यस्तो ठाउँमा युवा पठाउन समेत घुस लिनेलाई राजनैतिक संरक्षण दिने; आफ्नो भाग सफ्टवेयरबाट निकालेर खानेहरूमाथि छानबिन गरौँ भन्दा समेत नगर्ने - कतिसम्म गिरेको?

अनि यस्तो जोखिम छ भनेर थाहा पाउदा पाउदै पनि, ऋण लिएरै पनि जसरी पनि विदेश जान पर्छ भनेर मनस्थितिमा हाम्रो युवा कसरी पुगे, नेपाललाई खुला आकाश मुनिको गोलघर कसले बनायो ? सबैलाई थाहा नै छ तर किन केहि नगरेको?

हाम्रो आन्दोलन जारी छ। छानबिन समिति बनाउनै पर्छ।

20/06/2025

25/07/2023

सहभागी भई मोबाइल र धनराशि जित्नुहोस

प्रतियोगी नम्बर ६२४

#कविता रिजाल
मालारानि गाउँ पालिका -०४(अर्घाखाँची)

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को अवसरमा हामीहरुको कला संस्कृति र मैलिकतालाई जगेर्ना गर्ने हेतुले अर्घाखाँची जिल्लाको एक मात्र चर्चित अनलाइन मिडिया अर्घाखाँचीबुलेटिन डट्कमले तीज फोटो प्रतियोगिता साउन १ गते सोमबार देखि शुरु गरिसकेको हजुरहरु सम्पूर्णलाइ जानकारी गराउँदछौँ।

फोटो प्रतियोगीतामा प्रथम,द्वितीय र तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीहरुले पुरस्कार प्राप्त गर्ने छन्।प्रथम स्थान हाँसिल गर्ने बिजेताले ३० हजार बराबरको एक मोबाइल प्राप्त गर्नुहुने छ भने द्वितीय स्थान हाँसिलगर्ने प्रतियोगीले १० हजार नगद प्राप्त गर्नुहुने छ साथै तृतीय स्थान हाँसिल गर्ने प्रतियोगीले ६ हजार नगद प्राप्त
गर्नुहुने छ। साथै बिजेता प्रतियोगीहरुलाई प्रमाण पत्र र खादाले सम्मान गरिने छ।

बिशेष गरि महिला दिदि बहिनिहरुको महान पर्व तीज भएकोले यस प्रकारको फोटो प्रतियोगिता राखिएको हो।

#सहभागी हुनका लागी तयार गरिएका केहि नियमहरु

१) सहभागि हुनको लागी Page को Member हुनुपर्ने Member को लागि यस [Arghakhanchi Bulletin] Page Like गरेको हुनुपर्ने,साथै फोटो
प्रतियोगितामा अर्घाखाँची जिल्लाका महिला दिदीबहिनीहरुले मात्र सहभागी जनाउँन सक्नुहुने छ।

२) फोटो सफा, सिङ्गल र कुनै ब्यक्ति वा समुदाय कसै प्रति असर नपर्ने फुल फोटो हुनुपर्नेछ ।

३) फोटो साडी, कुर्था, लेंगा सहित हामीहरुको मौलिकता ,सांस्कृतिक झल्काउँने #तीजको (पोशाक) कपडामा हुनुपर्ने छ। (विदेशी, फेशननयुक्त कपडा लगाएको मान्य हुने छैन) उक्त फोटो यस पेजको Massage BoX मा पुरा नाम र थर सम्पर्क नम्बर सहित उपलब्ध गराउनु पर्नेछ।

४) फोटोमा Mention, Share गर्न सक्नुहुने छ बिजेताको छनोट Like को ७५% र कमेन्ट, सेयर साथै निर्णायक मण्डलको २५% छनोटमा विजेताहरू घोषणा गरीनेछ ।

५) फोटो प्रतियोगितामा कुनै पनि उमेरका महिला दिदी/बहिनीहरूले भाग लिन सकिनेछ ।

६) भोट तीजको अन्तिम दिन असोज २ गते ऋषीपंचमिको राति १२ बजे सम्म मात्र गर्न पाईनेछ र फोटो प्रतियोगिताको नतिजा असोज ३ गते अर्थात
ऋषिपन्चमीको अर्को दिन बुधवार घोषणा गरीनेछ।

७) विजेता हुने प्रथम, दोश्रो र तेश्रो पुरस्कार घोषणा समय र स्थानमा अनिवार्य उपस्थिति भएको हुनुपर्ने छ।

८)प्रतियोगितामा चर्चामा चलेका कलाकार र सेलिब्रेटी हरुलाई समावेश गरिने छैन।

अन्य थप केहि भएमा वा केहि रहेमा आयोजक समुह अर्घाखाँचीबुलेटिन डट्कमले पेजबाट आधिकारिक जानकारी गराउँने जानकारी गराउँदछौँ।

Address

Butwal
32900

Telephone

+9779867090107

Website

Alerts

Be the first to know and let us send you an email when ashok acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ashok acharya:

Share