21/11/2022
भक्तपुर क्षेत्र नं. २ मा कांग्रेस अगाडि, एमाले उम्मेदवार महेश बस्नेत पछाडि
मंसिर ५, २०७९ सोमबार ७:५३:३१ | उज्यालो सहकर्मी
FacebookTwitterViberEmailPrintFriendlyShare
unn.prixa.net
भक्तपुर - भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो।
गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६ सय मतले पछाडि पार्नु भएको छ। मध्यपुरथिमि नगरपालिका–३ कौशलटार, सूर्यविनायक नगरपालिका–१ सिरुटार र सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीन वटा मतदान केन्द्रका मतगणनामा नेपाली कांग्रेसले दुई हजार २ सय ३० मतले अग्रता लिएको छ।
एमाले एक हजार ६ सय ३२ मत ल्याउँदा राष्ट्रियता प्रजातन्त्र पार्टीले २ सय ३२, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सय २४ र नेपाल मजदुर किसान पार्टीले २ सय ५० मत प्राप्त गरेको छ। मतगणना जारी भइरहेको छ।
भक्तपुरमा कुल एक लाख ९४ हजार ४३९ जना मतदाता रहेकोमा एक लाख ३९ हजार ९३८ मत खसेको अर्थात् ७१ दशमलव ९७ मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनु भयो। जसमा क्षेत्र नं. १ मा १ लाख २ हजार ५२८ मतदाता रहेकोमा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको र क्षेत्र नं. २ मा ९१ हजार ९११ मतदाता रहेकोमा ६५ हजार ९१९ मत अर्थात् ७१ दशमलव ७२ प्रतिशत मत खसेको उहाँले जानकारी दिनु भयो।
भक्तपुर क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार हुनु भएको नेपाली कांग्रेसका सभापति दूर्लभ थापा र नेकपा एमालेका तर्फबाट एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
त्यसैगरी भक्तपुर क्षेत्र नं. १ मा आज बिहान ८ बजेदेखि मतगणना सुरु गरिने भएको छ। भक्तपुर क्षेत्र न. १ को मतगणना चाँगुनारायण नगरपालिका, खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा तयारी भइरहेको प्रमुख न्यौपानेले जानकारी दिनु भयो।
अन्तिम अपडेट: मंसिर ५, २०७९
Catch all the latest News from Nepal on Ujyaalo, Nepal's largest, independent radio network and news portal for Nepali news on the most recent stories, breaking news, national, international, politics, business, society, sports, arts, entertainment, science, technology, health, environment, agricult...