Sajha Television HD

Sajha Television HD
सहि सुचना हाम्रो प्रतिबद्धता

10/08/2026

प्रतिनिधि सभा बैठक, २०८३ साउन २५ गते, सोमबार

09/08/2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा बढिरहेको नदी कटान र त्यसबाट उत्पन्न हुनसक्ने जोखिमको स्थलगत अनुगमन गर्नुभएको छ ।

09/08/2026

नेपाली फिल्म ‘गौंथली’ ले आक्रामक कमाइको गतिलाई निरन्तरता दिएको छ । आइतबार दिउँसोसम्म यो फिल्मको कूल ग्रस कमाइ १९ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

09/08/2026

३२ औं विश्व आदिवासी दिवस आईतबार देशैभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
त्यस अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताउनु भयो ।

09/08/2026

रुपन्देहीको सैनामैना नगरपालिका १० सालझण्डीमा रहेको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई आईतबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेका छन ।
त्यस अवसरमा कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई फूलमाला, खादा र अबिर लगाईदिएर स्वागत गरेका थिए ।

09/08/2026

तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ । पूर्वमेयर सिंहको आइतबार मध्याह्न शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

09/08/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारले काम नगरे पार्टीले कान समात्ने क्षमता राख्ने चेतावनी दिनुभएको छ । नेपाली युवा उद्यमी मञ्चको २२ औँ वार्षिक साधारण सभामा शनिबार लामिछानले सरकार लिकबाट बाहिर गए पुनः लिकमा ल्याउने बताउनु भयो ।

09/08/2026

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधानले दिएको अधिकार र सीमाभित्रै रहेर पार्टीमा सबैलाई जोड्ने बताउनु भएको छ ।
उहाँले कांग्रेसमा चार पुस्ता एकैसाथ क्रियाशील रहेकोले सबैको सम्मान हुने गरी विधानको सीमाभित्रै रहेर काम गरिने बताउनु भयो ।

श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालय कञ्चन–५, गगरे, रुपन्देहीको विद्यालयमा ३३ वर्षको लामो समयावधि शिक्षण गरी मित...
09/08/2026

श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालय कञ्चन–५, गगरे, रुपन्देहीको विद्यालयमा ३३ वर्षको लामो समयावधि शिक्षण गरी मिति २०८३–०८–१८ गते अनिवार्य अवकाश हुनुभएका
सहायक प्र.अ. श्री बालकृष्ण पराजुली ज्युको सम्मानमा आयोजित सम्मान तथा बिदाई कार्यक्रम तस्विरहरु

08/08/2026

लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत सिटी क्याम्पस बुटवल स्कुल अफ लमा स्नातक तहको बी.ए.एलएल.बी. दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूबीच “अपराधमुक्त समाजका लागि कडा कानुनी प्रावधान कि करुणामूलक रूपान्तरण ? विषयक वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Sajha Television HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajha Television HD:

Shortcuts

Share