Lumbini Press

Lumbini Press Lumbini Press : Nepal's Online Newspaper :: Breaking News, National, Politics, Business, Science, Wo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् ।
09/09/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । .....

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएक...
09/09/2025

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

प्रदर्शनकारीहरुले बुटवल उपमहानगरपालिका घेराउ गरेका छन।
09/09/2025

प्रदर्शनकारीहरुले बुटवल उपमहानगरपालिका घेराउ गरेका छन।

बुटवल । प्रदर्शनकारीहरुले बुटवल उपमहानगरपालिका घेराउ गरेका छन। सोही विचमा एक समुहले पानी बिस्कुट बिरतण समेत गर.....

रुपन्देहीको बुटवालमा भारी वर्षाबीच मंगलबार (भदौ २४) प्रदर्शन गरिएको छ । ‘जेनजी’ पुस्तालगायत मानिस सरकारविरुद्ध सडकमा उत्...
09/09/2025

रुपन्देहीको बुटवालमा भारी वर्षाबीच मंगलबार (भदौ २४) प्रदर्शन गरिएको छ । ‘जेनजी’ पुस्तालगायत मानिस सरकारविरुद्ध सडकमा उत्रिएका हुन् ।

बुटवल । रुपन्देहीको बुटवालमा भारी वर्षाबीच मंगलबार (भदौ २४) प्रदर्शन गरिएको छ । ‘जेनजी’ पुस्तालगायत मानिस सरकारव...

तर यो बाटोमा तिमी छैनौकसैले घिसारीरहेछ मलाईतैपनि तिमीलाई सम्झँदै छु आमाआँसु बगेको छ भित्र भित्रैन आँसु पोख्ने समय छ, न त...
09/09/2025

तर यो बाटोमा तिमी छैनौ
कसैले घिसारीरहेछ मलाई
तैपनि तिमीलाई सम्झँदै छु आमा
आँसु बगेको छ भित्र भित्रै
न आँसु पोख्ने समय छ, न त ठाऊ
सास भारी छ,

मेरो आवाज सुन्दै छौ तिमी यो भिडभाड, यो गोली, यो धुवांबीच तिमीलाई सम्झँदै सास लुकाउंदै छु म । तिमीले मलाई भोक लाग्दा ...

जेनजी आन्दोलन प्रभाव : भोलि बुटवलका विद्यालय बन्द हुनेबुटवल । सोमबार दिनभर देशभर भएको जेनजीको आन्दोलनका कारण अस्तव्यस्त ...
08/09/2025

जेनजी आन्दोलन प्रभाव : भोलि बुटवलका विद्यालय बन्द हुने

बुटवल । सोमबार दिनभर देशभर भएको जेनजीको आन्दोलनका कारण अस्तव्यस्त भनेको विद्यालय क्षेत्र बुटवलमा भने भोलि बन्द हुने भएको छ।
विशेष परिस्थितिका कारण भोलि (मिति २०८२ साल भदौ २४ गते) बुटवल उपमहानगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरू बन्द हुने बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले आज सूचना जारी गर्दै सामुदायिक तथा संस्थागत सबै विद्यालयहरूलाई एक दिनका लागि बिदा दिन अनुरोध गरेको हो।
नगर प्रमुख पाण्डेयद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “वर्तमान विशेष परिस्थितिका कारण बुटवलस्थित सम्पूर्ण विद्यालयहरूमा बिदा गरिएको व्यहोरा अनुरोध छ।”

गृहमन्त्री रमेश लेखकले दिए राजीनामाकाठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।उनले मन्त्रिपरिषद् बैठकमा उपस्थ...
08/09/2025

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् ।
उनले मन्त्रिपरिषद् बैठकमा उपस्थित भएर राजीनामा दिएको एक मन्त्रीले जानकारी दिए । मन्त्री लेखकले अपुरणीय क्षतीको अनुमान पनि नभएको उल्लेख गर्दै अहिलेसम्म काम गर्ने अवसर दिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका थिए ।
काठमाडौंमा सोमबार भएको प्रदर्शनमा भएको झडपमा कम्तिमा पनि १९ जनाको मृत्यु भएपछि उनको राजीनामा माग गरिएको थियो ।

“यो ठूलो घटना भयो, मैले नैतिकताका आधारमा जिम्मेवारी लिँदै म मन्त्री पदबाट ब्याक हुन्छु, हालसम्म सहयोगका लागि प्रधानमन्त्रीज्यूलाई धन्यवाद दिन्छु,” लेखकको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।

त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ ।एक सूचना जारी गर्...
08/09/2025

त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ ।
एक सूचना जारी गर्दै विश्वविद्यालयले देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको छ ।

सोमबार राजधानीसहित देशका विभिन्न ठाउँमा जेनजीले गरेको आन्दोलनका कारण देशैभर तनावपूर्ण अवस्था सृजना भएपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ ।
08/09/2025

त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ ।

कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो
05/09/2025

कपिलवस्तुमा मोहम्मद डे धुमधामका साथ मनाइयो

कपिलवस्तु । ईस्लाम धर्मका प्रबक्ता पैगम्बर हजरत मोहम्मद मुस्ताफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औं जन्मोत्सव (.....

नेपालमा  विलासिता करले गर्दा पनि मूल्य केही बढ्न गएको उनी बताउँछन् । “सुनको मूल्य बढ्छ भनेर मैले पहिले नै भनेको थिए । अझ...
02/09/2025

नेपालमा विलासिता करले गर्दा पनि मूल्य केही बढ्न गएको उनी बताउँछन् । “सुनको मूल्य बढ्छ भनेर मैले पहिले नै भनेको थिए । अझै बढ्दै जान्छ, नेपालीले किन्न नसक्ने स्थिति हुन सक्छ,” शाक्यले बाह्रखरीसित भने, “अन्तर्राष्ट्रिय रूपमा नै सुनचाँदीको मूल्य बढ्दै गएको छ । भूराजनीति तनाव, अमेरिकी डलर र ब्याजदरका कारणले सुनचाँदीको मूल्य लगातार बढिरहेको हो ।”

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँदै आएको छ । आज (भदौ १७) सुन प्रतितोला दुई ...

Address

Butwal

Alerts

Be the first to know and let us send you an email when Lumbini Press posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Press:

Share

लुम्बिनी प्रेस

SMP मिडिया प्राली द्वारा सञ्चालीत यस लुम्बिनी प्रेस अनलाईनले प्रदेश ५ का जिल्लाहरुकाे बारेमा समाचारहरु प्रकाशन गर्दै आईरहेकाे छ । तपाईका केही विचार तथा समाचारहरु भएमा हामिलाई सम्पर्क गर्नुहाेला ।

सञ्चालक - आचार्य प्रदीप

प्रवन्ध निर्देशक - पूजा पन्थी

सम्पादक पविता आत्रेय