09/09/2026
रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहद्वारा दीप प्रज्ज्वलन
लुम्बिनी पाना, देवदह । रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको आयोजना तथा शितलनगर टोल विकास संस्था, देवदह–७ को सहकार्यमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ।
जेन्जी आन्दोलनका सहिद, भोटेकोशी बाढीमा दिवंगत भएका व्यक्तिहरू तथा गरिमा चौधरीको सम्झनामा देवदह–७ स्थित शितलनगर चोकमा दीप प्रज्ज्वलन गरिएको हो।
रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष रो. कमल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव रो. रमित चापागाईंले गर्नुभएको थियो।
कार्यक्रममा आईपीपी रो. डा. विजय अमगाईं, पूर्वअध्यक्ष/डीएओ रो. सुनिल गिरी, पूर्वअध्यक्ष रो. माधव आचार्य, पूर्वअध्यक्ष रो. दीपेश अर्याल, उपाध्यक्ष रो. किशन थापा, शितलनगर टोल विकास संस्थाका अध्यक्ष चुरबहादुर थापा, सुरक्षाकर्मी सालिग्राम खनाल, नन्दबहादुर साहीलगायत स्थानीयवासी तथा क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै दीप प्रज्ज्वलनसहित श्रद्धाञ्जली अर्पण गरेका थिए।