Shrinagar Online

Shrinagar Online Shrinagar online media with government license number (772/074-75) one and only online video portal run by expert team of photography , videography and pho

टीओबी सदस्य तेन्जिन दावा लामाको नक्कली नागरिकता प्रकरणमा नयाँ  खुलासा, आफ्नै बाबुलाइ चिनेनन् तिब्बतियन ओरिजिनल ब्लड (TOB...
03/11/2025

टीओबी सदस्य तेन्जिन दावा लामाको नक्कली नागरिकता प्रकरणमा नयाँ खुलासा, आफ्नै बाबुलाइ चिनेनन्

तिब्बतियन ओरिजिनल ब्लड (TOB) समूहका सदस्य तेन्जिन दावा लामाको नागरिकता नक्कली भएको थप प्रमाणसहित पुष्टि भएको छ।

प्रहरीले उनको नागरिकतामा उल्लेख भएका बुबा कृष्णबहादुर लामा र हजुरबुवा तेन्जिङ लामाबारे अनुसन्धान गर्दा दुबैबीच कुनै पारिवारिक सम्बन्ध नभएको खुलेको हो। प्रहरीले बुबा भनिएका कृष्णबहादुर लामालाई काठमाडौँ प्रहरी परिसरमा बोलाएर तेन्जिनसँग भेट गराएको थियो। तर दुवैले एक-अर्कालाई नचिन्ने बताएका छन्।

अनुसन्धान अधिकारीका अनुसार, ‘तेन्जिनले पनि ती व्यक्तिलाई बुबा भनेर चिनेनन्, र ती व्यक्तिले पनि उनलाई छोरा भनेर स्वीकार गरेनन्। यसले स्पष्ट देखाउँछ कि उनको नागरिकता कागजात नक्कली र बनावटी हो।’

तेन्जिनले बुझाएको नागरिकता र जन्मदर्ता दुवैमा काठमाडौँ महानगरपालिका-६ ठेगाना उल्लेख गरिएको छ। जन्मदर्ता २०६३ चैत १० गतेको र नागरिकता २०७९ असारमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट लिएको देखिन्छ।
तर प्रहरीले ती विवरण जाँच गर्न वडा कार्यालयमा पत्र पठाउँदा, वडा कार्यालयले जवाफ दिएको छ -

‘उक्त नाममा कुनै पनि जन्मदर्ता अभिलेख फेला परेन।’
यसपछि प्रहरीले नागरिकता नक्कली भएको ठहर गर्दै थप कानुनी कारबाहीको तयारी थालेको छ।

अर्घाखाँचीको दुर्गाफाटमा मोटरसाईकल दुर्घटना हुदा २ को मृत्यु १ घाईते!प्रहरीका अनुसार ।अर्घाखाँची पाणीनी गा.पा.३ दुर्घाफा...
03/11/2025

अर्घाखाँचीको दुर्गाफाटमा मोटरसाईकल दुर्घटना हुदा २ को मृत्यु १ घाईते!
प्रहरीका अनुसार ।
अर्घाखाँची पाणीनी गा.पा.३ दुर्घाफाटमा निगाली बाट दुर्घाफाट तर्फ आउदै गरेको ना ३६ प ३५०९ नं.को मो.सा आफै अनियन्त्रित भई दुर्घटना हुदा मो.सा.चालक अर्घाखाँची पाणीनि गा.पा.४ निगाली बस्ने बर्ष १८ का गौतम बि.क. ,सोही मो.सा.पछाडी सवार बर्ष २४ का सागर बि.क.को मृत्यु भएकोछ भने अर्का बर्ष २५का सन्तोष घर्तीको गुल्मीको खर्ज्याङमा उपचार भईरहेकोमा थप उपचारको लागी पाल्पा रीफर गरिएकोछ ।

बुटवल जेसीज वर्ष २०२५ को पाँचौ साधारण सभा सम्पन्न भएको  छ । बैठकमा बोर्डका पदाधिकारी हरु, सल्लाहकार हरु, पूर्व अध्यक्ष ह...
03/11/2025

बुटवल जेसीज वर्ष २०२५ को पाँचौ साधारण सभा सम्पन्न भएको छ । बैठकमा बोर्डका पदाधिकारी हरु, सल्लाहकार हरु, पूर्व अध्यक्ष हरु, अध्यक्ष सल्लाहकार हरु , डाइरेक्टर हरु,सदस्यहरु लगायत अन्य अतिथिहरुको उपस्थिती रहेको अध्यक्ष जेसी मोहन न्यौपानेले जानकारी गराउनु भयो ।

ऊर्जामन्त्री कुलमान घिसिङ अब राजनीतिमा प्रवेश गर्न तयारीमा छन्। उनले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) को समर...
03/11/2025

ऊर्जामन्त्री कुलमान घिसिङ अब राजनीतिमा प्रवेश गर्न तयारीमा छन्। उनले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) को समर्थनमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका हुन्।

स्रोतका अनुसार, दल दर्ता प्रक्रिया अहिले निर्वाचन आयोगमा अन्तिम चरणमा पुगेको छ। पार्टीको नाम र चुनाव चिन्ह खुलाइएको छैन, तर पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति हुने बताइएको छ।

पार्टीमा रास्वपा छोडेकी सांसद सुमना श्रेष्ठ र सुधन गुरुङ पनि आबद्ध हुने तयारीमा छन्। नयाँ पार्टीले कुलमानलाई भावी प्रधानमन्त्रीको विकल्पका रूपमा प्रस्तुत गर्ने योजना बनाएको छ।

बालेन शाहले भने पार्टीलाई समर्थन गर्ने तर प्रतिनिधि सभाको चुनाव नलड्ने समझदारी भएको दाबी गरिएको छ।

यो कदमले आगामी चुनावमा नेपाली राजनीतिमा नयाँ समीकरण बन्ने संकेत दिएको विश्लेषकहरूको भनाइ छ।

हर्क साम्पाङले लिए श्रम संस्कृति पार्टी दर्ताको  प्रमाणपत्र ।
02/11/2025

हर्क साम्पाङले लिए श्रम संस्कृति पार्टी दर्ताको प्रमाणपत्र ।




02/11/2025

युथ भोलेन्टियर विशेष भेलामा जाँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । एमालेले आफूमाथि आइलाग्नेलाई तह लगाउन त्यही तहको फोर्स बनाउन थालेको गणेश बस्नेतले बताए



डा. निकोलस भुसाललाई रुपन्देही प्रबेश निषेधको चेतावनी ।नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा ...
02/11/2025

डा. निकोलस भुसाललाई रुपन्देही प्रबेश निषेधको चेतावनी ।

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ ।




एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स ।भक्तपुरको गुण्डामा आइतबार जनसंगठन समन्वय संयन्त्रको विशेष भेलाले युथ भोलेन्टि...
02/11/2025

एमालेले घोषणा गर्‍यो युथ भोलेन्टियर फोर्स ।
भक्तपुरको गुण्डामा आइतबार जनसंगठन समन्वय संयन्त्रको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो ।

तस्बिर : केपी ओली सचिवालय

02/11/2025

एमालेले “युथ भोलेन्टियर फोर्स घोषणाका सन्दर्भमा निकालिएको र्याली”





02/11/2025

माइतीघरमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गर्न पुगेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




चर्चा  गाँजाको कस्ले केभने ?काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा सामाजिक सञ्जालमा गरेका आपत...
02/11/2025

चर्चा गाँजाको
कस्ले केभने ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा सामाजिक सञ्जालमा गरेका आपत्तिजनक अभिव्यक्तिपछि आलोचनाको सामना गर्नुपरेको छ। उनले विभिन्न देश र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै अत्यन्तै आपत्तिजनक शब्द प्रयोग गरेका थिए।

उक्त पोस्ट पछि हटाइए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ।

उक्त अभिव्यक्तिप्रति समर्थक र विरोधी दुवै खालका प्रतिक्रियाहरू आइरहेका छन्। कतिपयले बालेनको अभिव्यक्तिलाई ‘अशोभनीय र गैर–जिम्मेवार’ भनेका छन् ।

शाह यसअघि पनि आफ्नै अभिव्यक्तिका कारण विवादमा आइरहेका छन्। केही समर्थकहरूले उनको पछिल्लो पोस्टबारे मानसिक अवस्थाप्रतिको चिन्ता व्यक्त गरेपछि उनले उक्त अभिव्यक्ति हटाएको बताइएको छ।

01/11/2025

एमाले अध्यक्ष केपी ओलीलाई थ्रेट गर्ने निकोलस भुसाललाई कानुनि दायरामा ल्याउन एमालेका प्रभावशाली नेता महेश बस्नेतले युवाहरूलाई निर्देशन दिएकाछ्न ।
कार्तिक १६ गते, बिहान ११:३० बजे, गुण्डुमा हुने
युवा स्वयंसेवक बल (Youth Volunteer Force)
विशेष भेलाको तयारीमा सबै युवाहरुलाई परिचालन गर्ने बताएका छ्न ।






Address

Bhanu Park
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Shrinagar Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shrinagar Online:

Share