नेपाली खबर

नेपाली खबर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली खबर, Butwal.

 #नेपालीखबर  #रुपन्देही रास्वपाले ढाल्यो एमाले काङ्रेसको गठबन्धन सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हरा...
13/07/2025

#नेपालीखबर #रुपन्देही रास्वपाले ढाल्यो एमाले काङ्रेसको गठबन्धन

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै दुई दलका जिल्ला अध्यक्षहरुको वडामा भएको टोल विकास संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी बाजी मारेको छ ।

 #नेपालीखबर  #अर्घाखाँची बाँदर तथा बदेल हेरालू भर्ना सम्बन्धी डिभिजन बन कार्यालय अर्घाखाँचीको  सूचना । । । । वन्यजन्तुजन...
12/07/2025

#नेपालीखबर #अर्घाखाँची बाँदर तथा बदेल हेरालू भर्ना सम्बन्धी डिभिजन बन कार्यालय अर्घाखाँचीको सूचना । । । ।
वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेति सुरक्षित गर्ने, तथा मानव-वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन बन कार्यालय, अर्घाखाँची तथा कार्यालय अन्तर्गतका वन व्यवस्थापन कार्यमा सकृय रहेका र समुह कोषमा मौजदात आय राम्रो रहेका सामुदायिक वन समुहहरुको सयुक्त सहकार्यमा तपसिलमा उल्लेखित कार्यक्षेत्रहरूमा कार्य गर्न १० (दश) जना बाँदर र बदेल हेरालू भर्ना गर्नका लागि योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरिन्छ ।

09/07/2025

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

#नेपालीखबर काठमाडौं, २५ असार । आज सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक बस्दैछ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।

यसैगरी, उनले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न लागिएको छ । यो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री अधिकारीले आजको बैठकमा राख्ने जनाइएको छ ।

सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रिय सभाबाट भएको विचारमाथि संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

09/07/2025

#अर्घाखाँची #नेपालीखबर बिरामीले उचित उपचार नपाउने र पाए पनि लापरबाहीको सिकार हुनुपर्ने हाम्रो नियति नै बनेको छ । चिकित्सकको लापरबाहीका विरुद्ध न्याय खोज्दा चिकित्सकले सेवा बन्द गरेर जनतालाई थप दुःख दिने प्रवृत्तिले हाम्रो राज्य व्यवस्थाको असफलता छर्लङ्ग पारेको छ ।

09/07/2025

बुटवल-नारायणगढ सडक अवरुद्ध

#अर्घाखाँची #रुपन्देही । बुटवल-नारायणगढ सडक अवरुद्ध भएको छ ।

नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडकको केही भाग रातीको वर्षाको कारण बग्न गएकोले हाललाई सो सडक खण्ड पूर्ण अवरुद्ध रहेको सडक आयोजनाले जनाएको छ ।

मर्मतको कार्य यथासम्भव छिटो सुरु हुने भए पनि तत्काल वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । वर्षा लागेसँगै

यो स्थानमा पटक पटक सडक अवरुद्ध भएको छ ।

09/07/2025

गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

#नेपालीखबर । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मङ्गलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शङ्का लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि छ राउण्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ ।

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका-५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको उनले जानकारी दिए । अभियुक्तद्वयबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

08/07/2025

सर्वोच्चको संवैधानिक इजलासले विवादित संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गर्दै रिट निवेदन खारेज गर्नका लागि प्रस्तुत गरेका आधार र तर्कहरु अप्रासंगिक र कमजोर भएको टिप्पणी भइरहेको छ । कुनै विवादित विषयमा निर्णय लिँदा यस्तो प्रकारका आधार र तर्क लिन मिल्छ भने रविलाई जेल मुक्त गर्न यसभन्दा बलिया आधार र तर्कहरु थिए भन्नेहरु पनि छन् ।

ती आधारहरुमा :
– रविविरुद्ध जाहेरी नै परेको थिएन । सरकार फेरिएसँगै ८० माघ २२ मा पुरक जाहेरी लिइयो । त्यही पुरक जाहेरीका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान थाल्यो । सरकारी पक्षको उक्साहटमा रविमाथि पुरक जाहेरी दर्ता गर्न लगाइएको रविको दावी छ ।

– सहकारीपीडित भए पनि रवि लामिछानेविरुद्ध आफुहरुले जाहेरी नदिएको भन्दै केही बचतकर्ताहरुले सार्वजनिक रुपमै बोलेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नारायणबहादुर पहराईसहित ४४ जनाले रविविरुद्ध आफूहरुले जाहेरी नदिएका बताएका थिए । उनीहरुले लामिछानेविरुद्धको मुद्दामा प्रहरी र राज्यसंयन्त्रले आफूलाई जबर्जस्ती तानेको र आफ्नै कारण उनी थुनामा गएका भए पापको भारी बोक्न नसक्ने बचतकर्ताहरुले प्रतिक्रिया दिएका थिए ।

– विभिन्न सहकारीबाट रविको नाममा ऋण निकालिएको तर ऋण लिनमा रविको प्रत्यक्ष भूमिका कतै पनि देखिएको थिएन । यो तथ्य संसदीय छानविन समितिको रिपोर्टमा पनि उल्लेख छ । गोर्खा मिडिया र ती सहकारीहरुमा जीवी राई, छविलाल जोशी लगायत मानिसहरु संलग्न भएको तर रविको संलग्नता गोर्खा मिडियामा मात्रै रहेको पुष्टि भइसकेको छ ।

– एकै प्रकारको ठगी प्रकरणमा सरकारले एकमुष्ठ अनुसन्धान गर्न सक्थ्यो । यसप्रकारका मामिलामा एकीकृत ढंगबाट अनुसन्धान गर्ने प्रचलन पनि छ । यसविपरित रविको हकमा जिल्ला जिल्ला घुमाएर अनुसन्धान गरिनु स्वभाविक देखिएको थिएन । जसलाई स्वतन्त्र कानुन व्यवसायीहरुले पनि रविको हकमा फरक पद्धति अपनाइएको प्रतिक्रिया दिएका थिए ।

– मामिला सहकारीको रकम अपचलनको थियो । तर यसमा प्रत्यक्ष नजोडिएका रवि लामिछानेलाई समेत मुछेर संगठित अपराध र सम्पत्ति शुद्धिकरण जस्ता अभियोग लगाइयो । यसो गर्नुको उद्देश्य उनलाई राजनीतिबाट अलग गर्ने मात्रै अभिष्ट रहेको भनेर पनि टिप्पणी भएको थियो ।

–रविको हकमा राज्य संयन्त्रको अधिक प्रयोग, प्रत्येक निर्णयहरुको फटाफट कार्यान्वयन आदिले मुद्दा प्रक्रियामा सरकारमा रहेका राजनीतिक दलहरुको नियतले काम गरेको देखिन्थ्यो ।
–सहकारीबाट गएको रकम कम्पनीमार्फत खर्च भएका कारण रविमाथि कम्पनी ऐन बमोजिम कारबाही हुनु पर्छ भन्नेहरु पनि धेरै थिए ।

जसरी ५२ पदाधिकारीको नियुक्ति सदर गर्न आधार र तर्कहरु सर्वोच्चले यसपटक लियो, अदालतले चाहेको भए रविको हकमा पनि यस्ता अनगिन्ती आधारहरु थिए । जसबाट उनी सजिलै जेलबाट रिहा हुन सक्थे । तर रविको हकमा निकै कडा भएको अदालत, ५२ भाइको हकमा अप्रत्याशित रुपमा नरम भइदियो ।

07/07/2025

समाचार बाचिकालाई नाम पढ्दा भयो यस्तो सम्म #नेपालीखबर #अर्घाखाँची

03/07/2025

सर्वोच्च अदालतले साढे चार वर्षअघि विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारीको नियुक्ति बदर गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतको यो फैसलासँगै नियुक्तिको विवादमा परेका संवैधानिक पदाधिकारीहरूले आफ्नो कार्यकालभर काम गर्न पाउनेछन् ।

ल भन्नुहोस तपाइको भोट कसलाइ
02/07/2025

ल भन्नुहोस तपाइको भोट कसलाइ

30/06/2025

गायिका एलिना चौहान पुगिन् साइबर ब्युरो #नेपालीखबर
निजी जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन्।

उनले सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी छन्।

अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीको माग गर्दै निवेदन दिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए।

निवेदन आएसँगै ब्युरोले त्यसमाथि अनुसन्धान सुरू गरेको छ।

गायिका एलिनाले लगातार अमर्यादित कमेन्ट गर्नेविरूद्ध साइबर ब्युरो पुगेको बताइन्। 'अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,' उनले भनिन्।

अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताइन्।

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाले बताइन्

29/06/2025

हिम्मत नगुमाउनुहोस्, तपाईं नजिक हुनुहुन्छ। good night 🙏🙏🙏

Address

Butwal

Telephone

+9779823191745

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाली खबर:

Share