Kantipur Online

Kantipur Online Updated News From Nepal

दशै नजिकिदै गर्दा नेपाल आयल निगम ले २०८० आश्विन १४ गते देखि लागू हुने गरि पेट्रोलियम पदार्थ , एल पि ग्यास र हवाई इन्धन क...
30/09/2023

दशै नजिकिदै गर्दा नेपाल आयल निगम ले २०८० आश्विन १४ गते देखि लागू हुने गरि पेट्रोलियम पदार्थ , एल पि ग्यास र हवाई इन्धन को मूल्य वृद्धि गरेको छ ।

11/08/2023

Vacancy

Vacancy Details Job Code SADBL-080-81-01 Job Title Credit Reviewer (Assistant/Officer Level) Position Jr. Assistant, Assistant, Sr. Assist...

Vacancy : Nabil Bank Limited
14/06/2023

Vacancy : Nabil Bank Limited

Deadline : 28 June 2023 Established in 1984 AD, Nabil Bank has carved a cornerstone in the development of the financial services industry in...

Vacancy : Lumbini Bikas Bank Ltd
07/06/2023

Vacancy : Lumbini Bikas Bank Ltd

Banking Career opportunities at Lumbini Bikas Bank Ltd. For more details, please login at https://www.rollingnexus.com/lbbl Introduction ...

Vacancy :ADBL
02/06/2023

Vacancy :ADBL

Vacancy To apply : https://www.adbl.gov.np/career/ Overview With the main objective of providing institutional credit for enhancing the pr...

23/09/2022

देशैभर विद्युत गएको छ । हजुरहरुकोमा के छ ।

03/02/2021
27/08/2020
25/08/2020

7 new deaths of COVID-19 positive patients in Nepal: 71 years old female, 74 and 66 years old male from Kathmandu. 22 years old male from Siraha. 68 years old male from Parsa. 76 years old male from Dhanusha. 53 years old male from Rupandehi. Now, total number of death of COVID-19 positive patients in Nepal has reached to 164.

Meanwhile, 313 COVID-19 patients have been discharged from respective hospitals recently after recovery in Nepal. After this total number of recovered cases has reached to 19,119 (which is 57% of total confirmed cases) in Nepal.

Source: MoHP Media briefing (4:15 PM)

25/08/2020

New Case Alert: 855 new COVID-19 cases confirmed in Nepal. Now, total number of COVID-19 confirmed cases in Nepal reached to 33,533.

11,327 RT-PCR done in last 24 hours in Nepal.

Source: MoHP Media briefing (4:15 PM)

कोरोनामा सरकारको हिसाबकिताब : खर्च ८ अर्ब ३९ करोडकाठमाडौँ — कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर...
13/06/2020

कोरोनामा सरकारको हिसाबकिताब : खर्च ८ अर्ब ३९ करोड

काठमाडौँ — कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च गरेको भनेको १० अर्बको विवरण सार्वजनिक गर्न माग गर्दै आन्दोलन चर्किएसँगै सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको छ ।

कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब खर्च भयो भनेर सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो ।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्देशनमा सार्वजनिक गरिएको विवरणअनुसार अहिलेसम्म तीनै तहमा गरी जम्मा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ ।

अहिलेसम्म संघीय सञ्चित कोषबाट विभिन्न मन्त्रालयले जम्मा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि रक्षा मन्त्रालयमार्फत सबैभन्दा बढी २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फत एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार ंरुपैयाँ खर्च भएको छ । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयमार्फत् ५ करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी सात वटै प्रदेशले अहिलेसम्म कोरोना रोकथाम र नियन्त्रणका लागि एक अर्ब ३० करोड ४ लाख ९९ हजार खर्च भएको छ । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको छ भने प्रदेश नम्बरमा ५ सबैभन्दा कम ७ करोड ७९ लाख ३० हजार खर्च भएको छ ।

त्यसैगरी स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार खर्च गरेको सरकारले जनाएको छ ।

त्यस्तै औषधि र स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्वाधारमा एक अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टाइन व्यवस्थापनमा १३ करोड ५५ लाख ९८ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ निकासा भएको सरकारले जनाएको छ ।

यसअघि संसद्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा तीनवटै सरकारका तर्फबाट ९ अर्ब ८७ करोड खर्च भएको जानकारी दिएका थिए ।

हेर्नुहोस् कहाँ कति खर्च भयो ?

काेराेना खर्चमा लेखाको छानबिनसेनाले गरेको खरिद र ओम्नीसँगको सम्झौतामाथि पनि छानबिन गरिँदैसाता दिनभित्र सबै कागजपत्र उपलब...
13/06/2020

काेराेना खर्चमा लेखाको छानबिन

सेनाले गरेको खरिद र ओम्नीसँगको सम्झौतामाथि पनि छानबिन गरिँदै
साता दिनभित्र सबै कागजपत्र उपलब्ध गराउन प्रधानमन्त्री कार्यालय र रक्षालाई पत्राचार
काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि हालसम्म गरेका सबै खर्च विवरण सरकारसँग माग गरेको छ ।

सरकारले कोभिड–१९ को नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको भन्दै सदन र सडकमा खर्च विवरण सार्वजनिक गर्न आवाज उठिरहेका बेला समितिले छानबिन थालेको हो । समितिले सरकारले खर्च गरेको भनेको १० अर्बको विवरण एवं नेपाली सेना र ओम्नी व्यापारिक समूहमार्फत झिकाइएको स्वास्थ्य सामग्रीको खरिद प्रक्रियामाथि छानबिन गर्ने भएको छ ।
छानबिनका लागि समितिले शुक्रबार प्रधानमन्त्री कार्यालय एवं रक्षा मन्त्रालयलाई पत्र पठाएर विवरण माग गरेको छ । समितिले प्रधानमन्त्री कार्यालयलाई १० अर्बको हिसाब माग गरेको छ । संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड–१९ नियन्त्रणका लागि उक्त रकम खर्च भएको अभिव्यक्ति दिएका थिए । रक्षालाई भने पछिल्लो समय सेनामार्फत खरिद गरेको स्वास्थ्य सामग्रीको विवरण ७ दिनभित्र उपलब्ध गराउन भनिएको छ ।

ओम्नी समूहसँगको सम्झौता रद्द गरेर सरकारले औषधि खरिदको जिम्मा सेनालाई दिएको थियो । सोही निर्णयअनुसार सेनाले सरकार–सरकारबीचको सम्झौता (जीटूजी) मार्फत चीनबाट करिब २ अर्ब २६ करोडमा ६७ थरीका २ सय ४३ टन औषधि गरिद गरेको थियो । सेनाले झिकाएको औषधिको मूल्य बजारको भन्दा महँगो भएको आवाज उठेपछि समितिले छानबिन गर्न लागेको हो । तर सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले भने गत २८ गते प्रेस विज्ञप्तिमार्फत सबै प्रक्रिया पुर्‍याएर औषधि र उपकरण खरिद गरेको स्पष्टीकरण दिएको छ । सेनाले चीन सरकारको नियन्त्रणमा रहेको चाइना सिनोफाम इन्टरनेसनल कर्पोरेसनबाट ती सामग्री खरिद गरेको हो । उक्त फर्मबाट प्राप्त मूल्यसूचीलाई रक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालयलगायत सबै निकायको अनुमोदनपछि औषधि आयात गरेको सेनाको दाबी छ । उक्त औषधि र उपकरण ल्याउने क्रम जारी छ ।

ओम्नीसँगको सम्झौतामा शंकैशंका

स्वास्थ्य मन्त्रालयले ओम्नीमार्फत गत चैतमा गरेको खरिद प्रक्रियाका अधिकांश विवरण समितिलाई प्राप्त भइसकेको छ । उक्त विवरणका आधारमा समितिले प्रारम्भिक अध्ययन गरेर ओम्नीसँग भएको सम्झौता र त्यसमा देखिएका त्रुटिको सूची तयार पारेको छ । समितिले ओम्नीसँग सम्झौता गर्दा ऐनमा भएको मूल्यांकन समितिलाई समेत बेवास्ता गरेर स्वास्थ्य मन्त्रालयका सल्लाहकारलाई खरिद प्रक्रियामा संलग्न गराएदेखि नै नियतवश त्रुटि गरेको भन्दै बैठकमा छलफल गर्न एक दर्जनभन्दा बढी प्रश्न तयार पारेको छ ।

समितिका सभापति भरतकुमार शाहका अनुसार मन्त्रालयले ऐन मिच्दै गरेका निर्णयका प्रक्रियामै शंका गर्नुपर्ने अवस्था छ । ‘खरिद प्रक्रियाका सम्बन्धमा धेरै कुरा जोडिएको देखिन्छ,’ शाहले भने, ‘यथार्थ के हो सरकारले प्रमाणसहित प्रस्ट पार्नुपर्‍यो ।’ कोभिड–१९ सँग सम्बन्धित सबै शीर्षकमा भएका खर्चमाथि एकीकृत रूपमा छलफल गर्ने गरी समितिको बैठक बस्ने तयारी गरिएको जानकारी उनले दिए । ओम्नीसँगको ठेक्का सम्झौता रद्द गरे पनि उसले ल्याएको सामग्री भने सरकारले प्रयोग गरेको छ । औषधि विभागबाट स्वास्थ्य सामग्रीको अनुगमन नगरेको, जनस्वास्थ्य प्रयोगशालामा परीक्षण नगरेको, छलफलमै सहभागी नभएको अनिता बिजिनेस हाउसलाई वार्तामा सहभागी गराएको, बजेट स्रोतको यकिन नभई प्रक्रिया अघि बढाएको लगायत विषयमा केन्द्रित रहेर समितिले विवरणको अध्ययन सुरु गरेको छ ।

सरकारद्वारा कोरोना नियन्त्रण खर्चको विवरण सार्वजनिककाठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त...
13/06/2020

सरकारद्वारा कोरोना नियन्त्रण खर्चको विवरण सार्वजनिक

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारन्टिनमा रहेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ । यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टिन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्दआज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गत...
30/05/2020

जेठ ३२ सम्म लकडाउन लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द

आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन ...
30/05/2020

डब्ल्यूएचओसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

१७ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)सँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’

अमेरिकाले डब्ल्यूएचओलाई दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

ट्रम्पले डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप शुक्रबार पनि दोहोर्याए । उनले भने, ‘डब्ल्यूएचओ पूर्णरुपमा चीनको नियन्त्रणमा छ । जबकि अमेरिकाले भन्दा चीनले थोरै मात्र आर्थिक सहयोग दिन्छ ।’

श्रोत :
अनलाइनखबर

चिनियाँ राष्ट्रपतिले सेनालाई भने, ‘युद्धका लागि तयार रहनू’चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदे...
27/05/2020

चिनियाँ राष्ट्रपतिले सेनालाई भने, ‘युद्धका लागि तयार रहनू’

चीनका राष्ट्रपति शी जिनपिङले सेनालाई युद्धका लागि तयार रहन आदेश दिएका छन् । जिनपिङले मंगलबार सेनाका लागि एक आदेश जारी गर्दै पूरा दृढताका साथ देशको सम्प्रभुताको रक्षा गर्न भनेका छन् ।

जिनपिङले यो आदेश संसद सत्रको क्रममा पिपल्स लिबरेशन आर्मी (पीएलए) र पिपल्स आर्म्ड पुलिस फोर्सको प्रतिनिधिको पूर्ण बैठकमा भाग लिने बेला दिएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव तथा करिब २० लाख सैनिकका सेना प्रमुख ६६ वर्षीय जिनपिङले सीमामा तनाव बढिरहेको र थुप्रै देश मिलेर चीनलाई निशाना बनाउन तयारी गरिरहेकोले सेनाले खराब स्थितीका लागि तयार रहनुपर्ने बताएका छन् ।

जिनपिङको भनाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले भनेको छ, ‘सेनाले सबैभन्दा खराब स्थितीको कल्पना गरेर, त्यसबारे सोचेर युद्धका लागि आफ्नो तयारी र प्रशिक्षणलाई बढाउनुपर्छ र विभिन्न जटिल परिस्थितीसँग तुरुन्त र प्रभावकारी तरिकाले जुध्नुपर्छ । साथै, पूरा दृढताका साथ राष्ट्रिय सम्प्रभुता, सुरक्षा र विकास सम्बन्धि हितको रक्षा गर्नुपर्छ ।’

जिनपिङको यो टिप्पणी लद्दाखमा भारत र चीनबीच करिब २० दिनदेखि जारी गतिरोधको पृष्ठभूमिमा आएको हो ।

Sourse: Ratopati

25/05/2020

वेबसाइट ह्याक हुने क्रम रोकिएन

इन्डियन ह्याकरहरूको समूहले नेपालका सरकारी तथा सार्वजनिक निकायका महŒवपूर्ण वेबसाइट ह्याक गर्ने कार्यलाई आइतबार पनि निरन्तर दिएका छन् ।

नेपालको राष्ट्रिय पुस्तकालयको वेबसाइट र बोटानिकल सेन्टर बाँकेको वेबसाइट ह्याक गरेका इन्डियन ह्याकरले आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गरेका हुन् । नागरिक उड्डयन प्राधिकरणको वेबसाइट ह्याक गर्दै भारतको झन्डा राखेका छन् ।

प्राधिकरणले आइतबार दिनभर भारतको ह्याकरको कब्जामा रहेको वेबसाइट नियन्त्रणमा ल्याए पनि फेरि इन्डियन ह्याकरको नियन्त्रणमा पुगेको छ । घोस्ट ०५७—५ पि३सी ७०६ नामको ह्याकरले प्राधिकरणको वेबसाइट ह्याक गरेको हो ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरलले भारतीय ह्याकरको कब्जामा प्राधिकरणको बेवसाइट गएको बताए । उनले ह्याकरको पहुँचबाट फुत्काउने प्रयास भइरहेको पनि बताए ।

नेपालमा साइबर सुरक्षाको अवस्था कमजोर रहेकाले विभिन्न सरकारी निकायमा भएका विवरणहरू ह्याक हुन सक्ने सम्भावना बढेर गएको साइबर सुरक्षाका विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् । अहिले सरकारी तथा सार्वजनिक निकायको वेबसाइटहरू भारतीय ह्याकरले निरन्तर ह्याक गर्न थालेपछि नेपालको साइबर सुरक्षामा झन् चुनौती थपिएको छ ।

ह्याकरहरूले निर्वाचन आयोग, आन्तरिक राजस्व विभाग, राष्ट्रिय परिचय–पत्र, अध्यागमन विभाग तथा विभिन्न बैंकलगायत संस्थाहरूसँग रहेको डाटाबेस ह्याक हुने र ह्याक गरेर महत्वपूर्ण विवरण लिन सक्ने सम्भावना रहे पनि ती निकायले साइबर सुरक्षामा खासै ध्यान दिएको देखिँदैन । ह्याकरहरूले ती निकायसँग भएको विवरण ह्याक गर्ने चेतावनी दिइसकेको छ ।

इन्डियन ह्याकरहरूले सरकारी निकायसँग डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरी सूचना सार्वजनिक गरिदिन थालेका छन् । इन्डियन ह्याकरहरूले डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरी सूचना हेरफेर गर्ने तथा मेटाउनेसम्म धम्की दिन थालेका छन् । ह्याकरहरूको सक्रियता बढेसँगै डाटाबेस तथा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच प्राप्त गरी सो सूचना बिक्री गर्न सक्ने र डाटा दुरूपयोग हुन सक्ने अवस्था आएको आइटी विज्ञहरूको भनाइ छ ।

Source: nagarik news

सरकारले सच्यायो ईदको सार्वजनिक विदा , जेठ १२ गते सोमबार हुनेकाठमाडौं । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजन...
24/05/2020

सरकारले सच्यायो ईदको सार्वजनिक विदा , जेठ १२ गते सोमबार हुने

काठमाडौं । सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक विदा सच्याएको छ । यसअघि जेठ ११ गते आइतबार ईदको सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । सोही निर्णयअनुसार गृहमन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक विदा दिइएको जानकारी गराएको थियो ।

तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याइएको जानकारी दिएको छ । अब ईदको सार्वजनिक विदा सोमबारलाई दिइएको गृह मन्त्रालयको संशोधित सूचनामा उल्लेख छ ।

23/05/2020

नेपाली ह्याकरहरूद्वारा ७ करोड भारतीयको आधार कार्ड विवरण ह्याक !

नेपाली ह्याकरको समुहले भारती आधार कार्डको विवरण ह्याक गरेका छन्। भारतका ह्याकरले नेपालका केहि सरकारी साइट ह्याक गरेको बदलामा आधार कार्ड ह्याक गरिएको नेपालका ह्याकर समुहले जनाएको छ।

ह्याकर समुह 'सतान' ले करिब २ जीबी बराबरको ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबि गरेका छन्। यद्दपी उनीहरुले सार्वजनिक गरेको फाईल मा २१४५ जनाको आधार कार्डको विवरण छ।

ह्याक गर्ने खेल भारतीय ह्याकरले सुरु गरेको र आफुहरुले प्रतिकृया मात्रै दिएको भन्दै ह्याकर समुह सतान ले यो काम दुवै पक्षको हितमा नभएको बताएको छ। 'हामि कहिल्यै युद्ध चाहदैनौं तिमीहरुले गर्न बाध्य गर्यौं, अन्ततस् तिमिनै हो यो सुरुवात गर्ने, केहि समयको लागि यो गलत काम बन्द गरौं, एउटा गलत कदम र तिमीलाई थाहा छ हँसिलो अनुहारमा सिंहको परिणाम, आफु पहिले सुरक्षित बन र अरुमाथि आक्रमण गर' सतान समुहले ट्वीट गरेको छ।

भारतको एकीकृत राष्ट्रिय परिचय पत्रलाई आधार कार्ड भनिन्छ। भारतमा बस्ने मानिसहरूलाई यो परिचय पत्रमा ‘यूनिक आइडेन्टिफिकेसन नम्बर (यूआईडी) प्रदान गरिएको हुन्छ, जसमा उसको पूरै व्यक्तिगत विवरण हुन्छ ।

Source : bizpati.com

23/05/2020
11/08/2019

भोलि बकरिदको कहाँ–कहाँ छ सार्वजनिक बिदा ? सबै शिक्षण संस्था बन्द

भोलि १० गते विप्लव नेकपाको नेपाल बन्द (विज्ञप्तिसहित)काठमाडौं, असार ९ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यु...
24/06/2019

भोलि १० गते विप्लव नेकपाको नेपाल बन्द (विज्ञप्तिसहित)

काठमाडौं, असार ९ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंगलबार (भोलि) नेपाल बन्दको घोषणा गरेको छ । गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएपछि त्यसको विरोधमा नेकपाले मंगलबार बन्द घोषणा गरेको हो । विस्तृतमा तलको विज्ञप्ति हेर्नुस्-

भोलि सार्वजनिक बिदा
04/06/2019

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

काठमाडौं– सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा भोलि जेठ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले मंगलबार साँझ सूचना जारी गर्दै भनेको छ, ‘जेठ १० गतेको मन्त्रिपरिषदले मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘ईदुल्ल फित्र’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको र उक्त पर्व जेठ २२ गते पर्ने भएकाले भोलि सार्वजनिक बिदा हुनेछ।’

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै ईदमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए।

गत वर्ष सरकारले बिदा कटाैती गरेपछि मुस्लिम अगुवाहरूले ईदमा बिदाकाे माग गर्दै आएका थिए। सरकारले मुस्लिम आयाेगकाे सिफारिसमा बिदा दिने निर्णय गरेकाे हाे।

ईदमा बिदाको माग गर्दै मुस्लिम संघका प्रतिनिधिले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँगसमेत भेट गरेका थिए। भेटमा ओलीले आफूले बिदाको विषयमा पुनर्विचार गर्ने आश्वासन दिएका थिए।

17/04/2019
भोलि बिप्लब माओवादी बाट हुने भनिएको लुम्बिनी बन्द फिर्ता लियेको छ ।
19/02/2019

भोलि बिप्लब माओवादी बाट हुने भनिएको लुम्बिनी बन्द फिर्ता लियेको छ ।

06/02/2019

भोलि देशव्यापी शैक्षिक संस्था बन्द आह्वान !

29/01/2019

प्रदेशले दिएको बिदा काठमाडौं उपत्यकामा हुन्न: गृह मन्त्रालय

09/01/2019

कृष्ण प्रसाद भट्टराईले देखेको सपना 'मेलम्चीको खानेपानी आयोजना' लगभग २०-२२ बर्ष भईसक्दा पनि काठमाडौं आइपुग्न सकेको छैन ‌| मेलम्चीको खानेपानी आयोजना बारे हाम्रा प्रधानमंत्री भन्नु हुन्छ " मेलम्चीको पानी जापानिज गाडीको बेग जसरी आइरहेको छ |" के साँच्चिकै जापानिज गाडीको गति सुस्त भएको हो ? कि तिब्र गतिको कारणले काठमाडौंमा नभई भारतको समुन्द्रमा पुगेको हो ?

28/12/2018

गण्डकी प्रदेशमा पुस १५ तमु ल्होसारको सार्वजनिक बिदा

१३ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले ल्होसारमा सार्वजनिक बिदा घोषणा गरेको छ । तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा दिन लागेको हो ।
प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन दिन पाउने व्यवस्था सुरुवात ल्होसारबाट गरिएको गण्डकी प्रदेश सरकारको भनाइ छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ल्होसारका दिन बिदा दिने निर्णय गरेको हो ।

22/09/2018

भोलि असोज ७ गते आइतबार बिप्लब माओवादीद्वारा काठमाडौ बन्दको घोषणा गरेको सुचना प्राप्त भएको छ । नेपाल बन्द होइन ।

20/09/2018

पछिल्लो बिधेयक को बिरोध मा सवारी चालकहरुको अघोषित आन्दोलनका कारण आज पनि सार्वजनिक साधनहरु निकै न्यून मात्रामा चलेको छ । यद्यपि संगठनले भने बन्द नगर्न आग्रह गर्दै आएको छ ।
पुनश्व : सार्बजनिक सवारी साधन नचलाएको मात्रै हो , बन्द आव्हान गरेको छैन अन्य सवारी साधनहरु निर्बाध रूपमा चलेका छ्न ।

11/09/2018

भाद्र २६,२७ र २८ गते तीन दिन देश्भरका सामुदायिक विद्यालय बन्द, शैक्षिक हड्ताल घोषणा

काठमाडौं – संघीय संसदमा पेश गरिएको संघीय शिक्षा विधेयक–२०७५ को मस्यौदामा झण्डै डेढ दशकदेखि कार्यरत राहत शिक्षकहरूलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै नेपाल राहत शिक्षकहरू आन्दोलनमा उत्रिने भएका छन् ।

संसदमा पेश भएको संघीय शिक्षा विधयेकमा वर्षौंदेखि कार्यरत राहत शिक्षकहरूको पेशागत सुरक्षा र वृत्ति विकासमा मस्यौदा मौन रहेको र झण्डै डेढ दशकदेखि राहत शिक्षकले पुगाएको योगदानलाई पूर्णरूपमा वेवास्ता गर्दै ४० हजार राहत शिक्षकहरूको भविष्य अन्यौलपूर्ण देखिएकोले आन्दोलनको विकल्प नभएको बताएका छन् ।सात वटै प्रदेश कार्य समितिमा सर्कुलर गर्न अध्यक्ष अधिकारी र महासचिव कर्णबहादुर मगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा आफ्ना माग सम्बोधन नभए भदौ २६–२८ गतेसम्म सामुदायिक विद्यालय आम शैक्षिक हड्ताल घोषाण गरिएको छ ।

24/06/2018

बिध्यार्थी संगठन द्वारा ३ दिने शैक्षिक आम हडताल आव्हान

काठमाडौँ । निजी स्कुल तथा कलेजमा गरिएको मूल्यबृद्धि खारेज गर्न सरकारलाई दबाब दिँदै आएको संयुक्त विद्यार्थी संगठनले शैक्षिक आम हडताल गर्ने लगायत दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनमा आवद्ध विद्यार्थी संगठनहरुले यही असार २०, २१ र २२ गते तीन दिन शैक्षिक आम हडताल गर्ने लगायतका आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गरेका हुन् ।

कार्यक्रम अनुसार असार ११ गतेदेखि १६ गतेसम्म प्रधानमन्त्री, मन्त्री, नेताहरुसँग भेटगरी आफूहरुको माग सम्बोधन गराउन पहल गर्ने, १७ गते काठमाडौँको प्रर्दशनी मार्गमा सडक कक्षा संचालन गर्ने, १८ गते काठमाडांैको माईतीघर मण्डला र देशका सम्पूर्ण जिल्लाको सदरमुकाममा आँखामा कालोपट्टी बाँधि सिटी जुलुस निकाल्ने तय गरिएको छ ।

नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतमले आफूहरुको माग सम्बोधन गराउन आम शैक्षिक हडतालसहितको आन्दोलनको दोस्रो चरणको कार्यक्रम घोषणा गर्नु परेको स्पष्ट पारे ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालमा आवद्धसहितका विद्यार्थी संगठनहरुले शिक्षाको क्षेत्रमा मौलाएको माफियाकरणको अन्त्य गर्न सरकारसँग माग गर्दै आएका थिए । उनीहरुले शिक्षा क्षेत्रमा बजेटको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै आएका छन् ।

SOURCE :RATOPATI

आज सरकारबाट प्रश्तुत बजेट कस्तो लाग्यो ?
29/05/2018

आज सरकारबाट प्रश्तुत बजेट कस्तो लाग्यो ?

17/05/2018

एमाले माओवादी पार्टी एकता घोषणा कार्यक्रम लाईभ

17/05/2018

Comunist Party Unification Programme At Rastriya Sava Griha Kathmandu

16/05/2018

प्रतिनिधि सभा बैठक LIVE

03/05/2018

काठमाडौं, वैशाख २० – सिन्डिकेट पक्षधर यातायात व्यवसायीले शुक्रबार गाडी ठप्प पार्ने चेतावनी दिएपनि बिभिन्न कम्प.....

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Kantipur Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kantipur Online:

Share


Comments

कर्मचारीहरु चाहियो ।यस देवि पाथीभरा सहकारी लिमिटेड ।रभिभवन -१३,काठमाडौ ।महिला/पुरुष :7जना तलब :9,000+भत्ता ।समय:10 बजे देखि 6:15 सम्म ।काम:सहकारीको नयाँ सदस्य बनाउनु पर्ने।सम्पर्क :01-5909813/9845918470
गाईहरु बिक्रीमा छन्
सम्पर्क नम्बर: 9866007038
गाईको मुल्य: रु. 90000 देखि 140000 सम्म!
ठेगाना: थानकोट काठमाडौँ
=============
=============
=============
=============

#गाईहरुबिक्रीमा
#काठमाडौँ
Donation of Medical supplies Related to COVID -19 to Gajendra Narayan Singh Zonal Hospital Rajbiraj, Saptari thorough Primary Ear Care Center, Rajbiraj, with the support of IMPACT NEPAL and UK IMPACT FOUNDATION.