16/07/2026
मान्छे तनाव सहन नसकेर मर्छ। सोच्छ कि मैले मरेपछी त सुख पाउँछु होला। यो समाजको तिरस्कार बाट उन्मुक्ती पाउँछु होला। यो समाजको बेथिती मा अल्झनु पर्दैन होला। मरे पछि २-४ दिन परिवार रोला, समाजले आँसु झार्ला, अनि मेरो देह अग्निले भस्म गरेपछी मेरो आत्मा ले शान्ती पाउला।
तर यो मिर्त्युलोकमा यस्तो हुदैन। यहाँ त तेहि लास सँग खेल्छन, घिनलाग्दो राजनिती गर्छन। लास उठ्नलाइ मात्र पनि हप्ता दशदिन कुर्नु पर्ने हुनसक्छ। लासमा राजनिती गर्नेहरु कुकुरले हड्डि कुरेको झै ढुकेर बसिरहेका हुन्छन। अनेक बहाना गरि उनिहरुको स्वार्थको रोटि नपाउदा सम्म खेल खेलिरहन्छन। अनि त्यो लासको आत्म तेहि कैद हुन्छ। मरिसके पछि पनि न मर्नु न बाच्नु बनाउछन।
आत्माले शान्ती पाउदैन, पाउन दिदैनन।
त्यसले आत्मदाह गर्नु अगाडी एक पटक सोचौ। बरु यो बेथिती लाई जरै देखि उखेलेर फाल्ने एक योद्धा बनौ। मरे सहिद बाचेँ परिवर्तन। आहा कस्तो राम्रो होस।
आकलमै ज्यान गएका, मृत्युुबरण गरेका र आत्मदाह गरेका सबैमा दुख ब्यक्त गर्दै आत्माको चिर शान्तिको कामना गर्दछु।