Gaurishankar post-गौरीशंकर पोष्ट

Gaurishankar post-गौरीशंकर पोष्ट We produce Local, National and International News posts.

20/10/2025

तिहारको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना सन्देश ।

नेपाली कांग्रेस दोलखा प्रदेश सभा ख ले नेपाली कांग्रेस तत्काल विशेष महाधिवेशनमा जानुपर्ने जनाएको छ । पाटी सभापति विकास खड...
25/09/2025

नेपाली कांग्रेस दोलखा प्रदेश सभा ख ले नेपाली कांग्रेस तत्काल विशेष महाधिवेशनमा जानुपर्ने जनाएको छ । पाटी सभापति विकास खड्का र सचिव हरिहर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल पाटीका सबै संरचनाहरुमा विशेष महाधिवेशन गरि युवा नेतृत्व छनाेट गर्नुपर्ने उल्लेख छ ।

24/09/2025

अबिरल वर्षा सहित आएको चट्याङले रुख ढाल्दा चरिकोट जिरी सडक अन्तर्गत नाम्दुमा बाटो अबरुद्ध भएको छ ।

19/09/2025

सिन्धुपाल्चोकको भोटेकोसी जलविद्युत आयोजनाले १० प्रतिशत शेयर उपलब्ध गराउनुपर्ने मागसहित धर्नामा रहेका स्थानियले भोटेकोशि गाउपालिकामा यसरी तोडफोड गरेका छन् । भिडियो सौजन्य - सिन्धुपाल्चोकका पत्रकार किरण विवाहित ।

डा. सरदहरि गजुरेललाई स्वास्थ्य मन्त्री बनाउन मागकाठमाडौं । अनुभवी चिकित्सक तथा स्वास्थ्य प्रशासक डा. सरदहरि गजुरेललाई स्...
16/09/2025

डा. सरदहरि गजुरेललाई स्वास्थ्य मन्त्री बनाउन माग

काठमाडौं । अनुभवी चिकित्सक तथा स्वास्थ्य प्रशासक डा. सरदहरि गजुरेललाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने आवाज चर्को रूपमा उठ्न थालेको छ। उहाँको दीर्घ अनुभव, प्राविधिक दक्षता र जनविश्वासलाई आधार बनाएर नागरिक समाजदेखि स्वास्थ्यकर्मीसमेतले गजुरेललाई नेतृत्व दिनुपर्ने माग गरेका छन्।

डा. गजुरेलले अस्पताल प्रशासन, स्वास्थ्य व्यवस्थापन र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्। उहाँको नीति निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्ने क्षमता नै स्वास्थ्य सेवामा देखिँदै आएको कमजोरी समाधान गर्ने आधार बन्ने बताइन्छ। नेपालमा स्वास्थ्य सेवा कमजोेर व्यवस्थापन, स्रोतको अभाव र नीतिगत कमजोरीका कारण प्रभावित हुँदै आएको अवस्थामा गजुरेलजस्तो अनुभवी व्यक्तिले मात्र दीर्घकालीन सुधारको बाटो खोल्ने विश्वास गरिएको छ।

स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तर सुधार र पारदर्शिता कायम गर्न सक्ने क्षमता उहाँमा रहेको जनाइएको छ। चिकित्सक र प्रशासक दुवै भूमिकामा सक्रिय भई काम गरेको अनुभवका कारण उहाँप्रति स्वास्थ्यकर्मी र आम नागरिकबीच विश्वास निर्माण गर्न सहज हुने जनाइएको छ।

यद्यपि, कुनै पनि मन्त्रीका लागि राजनीतिक अनुभव, बजेट व्यवस्थापन र नीति निरन्तरताजस्ता चुनौती रहने भए पनि प्राविधिक दृष्टिकोण, जनसेवाप्रति समर्पण र नेतृत्व क्षमताका आधारमा डा. गजुरेललाई जिम्मेवारी दिनु नेपालको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधारको मार्ग खोल्ने कदम हुने तर्क गरिएको छ। डा. गजुरेल अन्नपूर्ण न्युरो अस्पताल माईतिघरमा उपनिर्देशकका रुपमा लामो समयदेखि कार्यरत छन् ।

14/09/2025

यसरी जलेको थियो एमाले अध्यक्ष केपी शर्मा ओलिको बालकोटको घर ।

27/08/2025

७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय !

21/08/2025

शिक्षासेवी एवं राजनीतिज्ञ स्व. नन्दप्रसाद शिवाकोटीको १११ औ जन्म जयन्ती एवं सम्मान तथा पुस्तक विमोचन समारोहमा सम्बोधन गर्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जीपछिरिङ लामा आफ्ना भनाइ राख्दै । जिपछिरिङ लामाको सचिवालय

ईन्द्र बहादुर बानिया नेतृत्वको बागमती प्रदेश सरकारले पुर्णता पाउँदै । यी हुन पुनर्गठित प्रदेश सरकारका मन्त्रीहरु । १. इन...
15/08/2025

ईन्द्र बहादुर बानिया नेतृत्वको बागमती प्रदेश सरकारले पुर्णता पाउँदै । यी हुन पुनर्गठित प्रदेश सरकारका मन्त्रीहरु ।
१. इन्द्रबहादुर बानियाँ– मुख्यमन्त्री (मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय)

२ मधुसूधन पौडेल– मन्त्री (कृषि तथा पशुपन्छी विकास मन्त्रालय)

३ शिवराज अधिकारी– मन्त्री (आन्तरिक मामिला तथा कानुन मन्त्रालय)

४ किरण थापामगर– मन्त्री (स्वास्थ्य मन्त्रालय)

५ उर्मिला नेपाल– मन्त्री (युवा तथा खेलकुद मन्त्रालय)

६ कन्चन चन्द्र वादे– मन्त्री (सामाजिक विकास मन्त्रालय)

७ डा दिनेशचन्द्र देवकोटा– मन्त्री (भौतिक पूर्वाधार विकास मन्त्रालय)

८ प्रभात तामाङ– मन्त्री (आर्थिक मामिला तथा योजना मन्त्रालय)

९ भरतबहादुर केसी– मन्त्री (वन तथा वातावरण मन्त्रालय)

१० सुरेश श्रेष्ठ– मन्त्री (संस्कृति तथा पर्यटन मन्त्रालय)

११ जयराम थापा– मन्त्री (श्रम, रोजगार तथा यातायात मन्त्रालय)

१२ कृष्णकुमार तामाङ– मन्त्री (खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय)

१३ विन्दु श्रेष्ठ– मन्त्री (उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय)

१४ विनु रायमाझी पौडेल– मन्त्री (सहकारी तथा गरिबी निवारण मन्त्रालय)

मोबाइल हरायो , यसो गरौं ।।
10/08/2025

मोबाइल हरायो , यसो गरौं ।।

दोलखा जिल्लावासीहरुमा सतर्कता  तथा सजकताकाे लागि अनुरोध
28/07/2025

दोलखा जिल्लावासीहरुमा सतर्कता तथा सजकताकाे लागि अनुरोध

विद्या भण्डारी र नारायणकाजी श्रेष्ठका बिचमा भएको संवाद बारे माओवादीले सार्वजनिक गर्यो पाटीको धारणा ।
07/07/2025

विद्या भण्डारी र नारायणकाजी श्रेष्ठका बिचमा भएको संवाद बारे माओवादीले सार्वजनिक गर्यो पाटीको धारणा ।

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर.....

Address

Bhimeshwor
Charikot
45500

Alerts

Be the first to know and let us send you an email when Gaurishankar post-गौरीशंकर पोष्ट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaurishankar post-गौरीशंकर पोष्ट:

Share