Bikalpa Sandesh विकल्प संदेश

Bikalpa Sandesh  विकल्प संदेश विकल्प नवलपुर मिडिया प्रा.लि. द्धारा संचालित

पूर्णप्रसाद शर्मा१५ पौष गोर्खालायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि , लायन्स क्लब अफ चितवन अतुल्य एवं शहिद लखन गाँउ पालि...
31/12/2023

पूर्णप्रसाद शर्मा
१५ पौष गोर्खा

लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि , लायन्स क्लब अफ चितवन अतुल्य एवं शहिद लखन गाँउ पालिका गोर्खाको सयुक्त आयोजनामा यहि पौष १४ गते शनिबार नामजुङ्ग स्वास्थ्य चौकी गोरखामा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

लायन्स क्लब अप चितवन चौतारी लगायतका अन्य १३ क्लबको सह आयोजना एंव कोसिर क्यान्सर सेन्टर भरतपुर, आईरिस फार्मेसी भरतपुर, शहिद लखन गाँउ पालिका वडा नं ९ तथा नामजुङ्ग स्वास्थ्य चौकीले सहयोग पु¥याएका थिए ।

पूर्णप्रसाद शर्मा १५ पौष गोर्खा लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि , लायन्स क्लब अफ चितवन अतुल्य एवं शहिद लखन ग...

पोखरा । सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा आगामी फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी तीब्र...
21/12/2023

पोखरा । सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा आगामी फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी तीब्र रुपमा जारी रहेको छ ।

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी थालिएको आयोजक समारोह समितिले जनाएको छ । यसका लागि पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो ।

पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यले बताउनुहुन्छ ।

यस महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान् नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो ।

यसका साथै यो महायज्ञको अर्को प्रमुख उद्देश्य जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापीरुपमा दिनका लागि जल संरक्षणको प्रतिकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने र यस यज्ञबाट बाँकी रहेको रकम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने रहेको उहाँले बताउनुभयो ।

यस महायज्ञको राष्ट्रव्यापी प्रचारप्रसारको सिलसिलामा आज गण्डकी प्रदेशको राजधानी पोखरामा यस प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा महायज्ञका सङ्कल्पकर्ता श्रीमुक्तिनाथ बाबाबाट विभिन्न राजनैतिक पार्टीका सचेतक एवं गण्डकी प्रदेशका सांसदहरूलाई महायज्ञको निमन्त्रणा र यज्ञसम्पादन विषयक प्रवचन भएको छ । त्यसैगरी उत्तराधिकारी स्वामी श्रीकृष्णप्रपन्नाचार्य (करपात्री) एवं गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्य लगायतको टोलि लुम्बिनी प्रदेशमा परिचालित रहेको छ । गण्डकी प्रदेशतर्फ भने स्वामी विश्वप्रकाशप्रपन्नाचार्य, भागवत प्रपन्नाचार्य, विदुषी अनुराधा देवी लगायतको समूहले व्यापक प्रचारप्रसार तथा विभिन्न स्थानहरूमा सहयोग समितिहरू गठन भएका छन् ।

गत सोमबार सैनामैनाको पर्होहा परमेश्वर बोलबम धाम, रुपन्देहीको पश्चिमअमुवा र सखुवानी, मिलनचोक लगायतका स्थानहरूमा सहयोग समिति गठन गरिएको छ । महायज्ञको देशव्यापी रुपमा प्रचारप्रसारमा खटिएको टीम पुसभित्र पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म विभिन्न स्थानहरूमा सहयोग समितिहरू गठन गर्दै निमन्त्रणा कार्यक्रम सञ्चालन गर्ने गण्डकी महासभाका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

पोखरा । सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा आगामी फागुन ९ देखि २३ गतेसम्म आयोजित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको त...

.James’s Park, LondonStudent visa वा अन्य visa मा    लण्डन आउने सोचमा हुनुहुन्छ र केही जानकारी लिन चाहानु हुन्छ भने कृपय...
09/12/2023

.James’s Park, London

Student visa वा अन्य visa मा लण्डन आउने सोचमा हुनुहुन्छ र केही जानकारी लिन चाहानु हुन्छ भने कृपया सम्पर्क गर्न सक्नु हुन्छ ! सम्पर्कको लागि हाम्रो विकल्प Bikalpa Sandesh विकल्प संदेश को messenger मा message गर्नु होला..धन्यवाद .... हामी अब यहाहरु माझ लण्डन बाट पनि जोडिने छौं ।

https://www.facebook.com/bikalpa.sandesh

10/11/2023

कबड्डी: नेपाल मावि भर्सेस देवचुली मावि ।

09/11/2023

खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २३। देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रतिकुलतालाई अनुकु....

09/11/2023

सर्वोदयले गर्यो सकलामा वक्तृत्व प्रतियोगिता खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २३ । सर्वोदय (अक्षर र अनुसन्धान) न.....

09/11/2023

खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २३ । देवचुली नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत कराँ.....

09/11/2023

खगेन्द्र पराजुली, नवलपुर, कार्तिक २३ । देवचुली नगरपालिकामा पारिवारिक स्वास्थ्य प्रोफाइल सम्बन्धि अभिमुखीकरण का...

29/10/2023

यही कार्तिक १७ र १८ गते आफ्ना बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन नछुटाऔ ।

27/10/2023

गायिका आनी मानव सेवामा सक्रिय, देवचुलीमा जगाइन् गीतवाटै सेवा भावना, बनाइन् सबैलाई भावुक ।

26/10/2023

खगेन्द्र पराजुली, नवलपुर, कार्तिक ९ । देवचुली जेसीजले जेसीज सप्ताह गर्ने भएको छ । पर्यटकीय र धार्मिक केन्द्र देवच....

24/10/2023

देवचुली नगरपालिकाका तर्फबाट ब्यक्त वडादशैं, तिहार, छठ लगायत पर्वको शुभकामना सहित सन्देशमुलक अपिल/ अनुरोध ।

Address

Nawalpur
Chautara
45306

Alerts

Be the first to know and let us send you an email when Bikalpa Sandesh विकल्प संदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bikalpa Sandesh विकल्प संदेश:

Share