Sajilopati Media

Sajilopati Media राप्तीको सेरोफेरो, स्वदेश तथा बिदेशका ताजा खबर अब सजिलोपाटीमा हेर्न, पढ्न र सुन्न मिल्ने । - Sajilopati Media 🌐

जेनजी आन्दोलनमा कारागारबाट भागेका राप्ती ११का लामा भरूवा बन्दुकसहित पक्राउ  चितवनको राप्ती नगरपालिका-११ थाकलटार बस्ने ४५...
02/08/2026

जेनजी आन्दोलनमा कारागारबाट भागेका राप्ती ११का लामा भरूवा बन्दुकसहित पक्राउ

चितवनको राप्ती नगरपालिका-११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई प्रहरीले आइतबार बिहान सवा ३ बजे उनकै घरबाट पक्राउ गरेको हो ।उनी गत भदौ २३/२४ को जेनजी आन्दोलनमा भरतपुर कारागारबाट भागेका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्र भुसन यादवका अनुसार लामाको साथबाट प्रहरीले भरूवा बन्दुक समेत बरामद गरेको छ।
त्यतिबेला एकसिंगे गैँडा मारेको कुसरमा उनीमाथि १५ वर्ष कैद र १० लाख जरिवाना तोकिएको थियो । लामामाथि आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा चार जना पक्राउ सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन्...
01/08/2026

सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा चार जना पक्राउ

सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो ।

उनीहरूले नगरक्षेत्र मा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए ।
प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।

यसैबीच, उक्त कार्यालयले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकालाई हडताल, बन्द, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ ।

कुवेतमा आक्रमणमा परी निधन भएका तामाङको पार्थिव शरीर आज नेपाल ल्याउदैकाठमाडौं, साउन १६ — उत्तरी कुवेतमा गत बिहीबार भएको आ...
01/08/2026

कुवेतमा आक्रमणमा परी निधन भएका तामाङको पार्थिव शरीर आज नेपाल ल्याउदै

काठमाडौं, साउन १६ — उत्तरी कुवेतमा गत बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज कुवेत एयरवेजमार्फत नेपाल ल्याइँदैछ।

नेपाल सरकारले उक्त दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पीडित परिवारप्रति सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै आवश्यक कूटनीतिक समन्वय निरन्तर जारी रहने जनाएको छ।

चितवनको खैरहनीमा निकालियो सद्भाव र्याली
31/07/2026

चितवनको खैरहनीमा निकालियो सद्भाव र्याली

माटो पार्टीका सांसद Aaren Rai ले देशको यस्तो परिस्थितिमा गम्भीर नभएको भन्दै प्रधानमन्त्री बालेन शाहको राजिनामा मागेका छन...
30/07/2026

माटो पार्टीका सांसद Aaren Rai ले देशको यस्तो परिस्थितिमा गम्भीर नभएको भन्दै प्रधानमन्त्री बालेन शाहको राजिनामा मागेका छन्।

प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा बिरोध  प्रदर्शन सुनसरीको...
28/07/2026

प्रहरीको गोली लागेर मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा बिरोध प्रदर्शन

सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका थिए । सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन् ।

गोकुल बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामानेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीना...
27/07/2026

गोकुल बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन्। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीचमा तनाव उत्पन्न भएपछि प्रहरीले गोली चलाएको लागेर एकजनाको मृत्यु भएपछि बास्कोटाले गृहमन्त्रीको राजीनामा मागेका हुन्।

घटनामा प्रहरीसहित २१ जना प्रदर्शनकारी घाइते भएका छन्। कर्फ्यूबीच आगजनी र तोडफोड सुरु भएपछि नेपाली सेना ब्यारेकबाट निस्किएको छ। उनले गृहमन्त्रीलाई लक्षित गर्दै टीओबी प्रतिनिधि संसद्को रोष्ट्रममा फेरि सुकसुकाउँदै रुने टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘सभा हलका केही डाँको छोड्दै भक्कानिन्छन्।

पानी पिउँदै भन्छ– हाम्रा भाइबहिनी माथि गोली चलेकोमा आफ्लाई कति पीडा भइरहेछ। बाहिर केही रफ्फु मिडिया गिड्गडाउँदै भन्छन्–दोष ती मान्छेको थियो, जसले गोली खाए। जवाफदेहिता भए राजीनामा देऊ।’

सहकारी पीडितहरूले गरे काठमाडौंमा प्रदर्शनसहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार दिउँसो काठमाडौंको माइत...
27/07/2026

सहकारी पीडितहरूले गरे काठमाडौंमा प्रदर्शन

सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सोमबार दिउँसो काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रको सडकमा पीडितहरू प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘जग्गा मिलानका नाममा पीडित बचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित बचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित बचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका ज्योति चौधरीको मृत्युसुदूरपश्चिम, ११ साउनः आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको...
27/07/2026

आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका ज्योति चौधरीको मृत्यु

सुदूरपश्चिम, ११ साउनः
आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरीको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत शनिबार साँझ आफ्नै घरभित्र शरीरमा आगो लगाएपछि चौधरी घाइते हुनुभएको थियो । उहाँको शरीरको करिब ६० प्रतिशत भाग जलेको अवस्थामा आफन्तले तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा भर्ना गरेका थिए ।

त्यहाँबाट थप उपचारका लागि भेरी अस्पताल, नेपालगन्ज रिफर गरिए पनि आफन्तले उहाँलाई सिधैँ काठमाडौँ लैजाँदै गरेका थिए ।
त्यसै क्रममा आज बिहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

27/07/2026

कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु

सुदूरपश्चिम, ११ साउनः कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।

सर्पदंशपछि उपचारका लागि उहाँलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी लगिएकामा उपचारकै क्रममा १०ः४० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

Address

Rapti-5, Bhandara
Chitwan
44202

Alerts

Be the first to know and let us send you an email when Sajilopati Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sajilopati Media:

Shortcuts

Share